2010-11-14

विजया दशमी - एक बहस - नारायण गाउँले

विजया दशमीका अवसरमा भएको यो बहसलाइ मैले फेसबुकका मित्र नारायण गाउँले ज्युको प्रोफाइलबाट बिना अनुमति यहाँ जस्ताको तस्तै राख्ने चेष्टा गरेको छु । विस्तारै अनुमति माग्ने नै छु । यदि आपत्ती हुन गएको खण्डमा तु. हटाउने वचन पनि दिन्छु । यो यहाँ राख्नुको मेरो उद्देश्य, दशैँ, तिहार वा हाम्रा मोलिक चार्डपर्वहरू प्रति हुँदै आएक प्रहार र भ्रम केही मात्रमा भए पनि यसबाट हट्न सकोस भन्ने मात्र हो । अन्य कुनै प्रयोजन होइन । मैले यस लेखमा भएका वा यस लेखमाथी आफ्नो विचार राख्नुहुने सबैको प्रतिकृया समेत राखेको छु । यो यसरी यहाँ राखिनु उचित हो वा होइन, यो पढेर आफ्नो प्रतिकृया अवश्य दिनुहुने नै छ भन्ने आशा गरेको छु । धन्यवाद, - युवा आवाज Speak Freely
विजयादशमीको शुभकामना
लेखक- नारायण गाउँले, Friday, October 22, 2010 at 2:55pm
दशैं नेपालीहरूको महान् चाड हो नेपालीहरूले महानता-पूर्वक मनाउने हुनाले यो नेपालीको चाड हो आजको परिप्रेक्षमा बुद्ध-पूर्णिमाइदउभौलीलोसारक्रिसमसलगायतका सबै चाड नेपाली चाड हुन् ती सबै महान् चाड नै हुन् दशैंमाथि सुनियोजित तरिकाले
विगत केही वर्षदेखि सङ्गठित रूपमा हमला हुँदै आएको दशैंबाहेकका अन्य चाडहरूको बहिष्कारको कुरा सुनिएको छैन तर दशैंसित बहिष्कारको गहिरो नाता जोडिएर आउने गरेको पाइन्छ बहिष्कार शब्दसित बच्न चाहने केही विद्वान् मित्रहरूले पनि दशैंलाई हिन्दु धर्मसित अलग्याएर मनाउनुपर्ने तर्क गरेको भेटिन्छ बहिष्कारले बरु दशैंलाई बचाइरहला विवादित रूपमै भएपनि तर धर्मसित सम्बन्ध टुटेको दिन दशैंको मृत्यु सुरु हुनेछत्यो स्लो-प्वाइजनझैं घातक माग हो धर्मसित नजोडिने हो भने पशुपति जीर्ण खुला शौचालयमा परिणत हुनेछ चाडहरूसित धर्मको नाता जोडिनु अस्वाभाविक होइन ती धार्मिक/सांस्कृतिक सम्पदा हुन्
काठमाडौको मुटुमा रहेको जामे मस्जिदलाई इस्लामबाट अलग गरेर नेपालीको साझा बनाऊँपशुपतिनाथलाई हिन्दूत्वबाट मुक्त गरेर सबैको बनाऊँस्वयम्भूलाई बौद्ध धर्मबाट अलग्याएर नेपालीको बनाऊँ अनि काठमाडौमा खुलेका चर्चलाई इसाइ-मुक्त पारेर सबै धर्मको साझा बनाऊँ भन्ने नारा जति रोचक लाग्ला त्यति नै असान्दर्भिकअसम्भव हिंसात्मक हुन्छ ती सम्पदाहरू तीसित गाँसिएका धर्मसित सम्बन्धित भएरै बाँच्न सक्छन् मूल्यवान् रहिरहन्छन् सहिष्णुता भ्रातृत्व बढाउँदै धर्मको लक्ष्मण-रेखा कमजोर पारेर अन्य धार्मिक समुदायलाई पनि आकर्षित गर्नु अलग पाटो हो तर तिनको पहिचान नै समाप्त हुने तरिकाले समावेशी बनाउने चाह प्रत्युत्पादक साबित हुनेछ दशैंसित गाँसिएको प्रसङ्ग पनि यही हो व्यक्तिगत रूपमा क्रिसमस भव्यताका साथ मनाउँछु तर त्यसलाई ईसाई धर्मको सम्बन्धबाट अलग्याउने माग गर्न सक्दिनँ ईद मैले मनाएको छैन तर बहिष्कारको डङ्का बजाउन सक्दिनँ बुद्धपूर्णिमा मनाउँछु नै तर बुद्धसित नगाँसिएको पूर्णिमाको कल्पना गर्न सक्दिनँ ती चाडपर्व मैले जसरी पनि मनाउन सक्छु तर तिनलाई परम्परागत रूपमा मनाउनेरूप्रति अनास्था या तिरस्कार गर्ने मेरो अधिकार छैनकम्तीमा मानवता सभ्यताको ख्याल राखेर पनि तिनको आस्थामाथि धावा बोल्न सक्दिनँ चाडपर्वसित गाँसिने कथाहरू मानवनिर्मित हुन् ती कालक्रममा परिवर्तन हुँदै जान्छन् भोलिका कथाहरूमा विष्णुले इमेलबाट आशीर्वाद दिन सक्छन्

दशैं हिन्दू चाड होयो धरातलीय सत्य हो । तर यो हिन्दूहरूको मात्र रहेनयो पनि सत्य हो । अधर्ममाथि धर्मको र असत्यमाथि सत्यको विजयका रूपमा परम्परागत रूपमा मनाइँदै आएको यो पर्व म यसरी नै मनाउन चाहन्छु । धर्म र सत्यको विजय विषाक्त हुनसक्दैन । संस्कृत भाषाको छेउटुप्पो थाहा नपाएका केही विद्वान्ले आर्य र अनार्य शब्दको प्रसङ्ग दशैंसित गाँसेर त्यसलाई जातिसित जोड्ने बदनियतपूर्ण कसरत गरेको देखेको छु । आर्य शब्दको जातिसित सम्बन्ध नभएर श्रेष्ठ विचारसित रहेको छ । आर्यत्व जन्मजात नभएर संस्कारबाट प्राप्त हुने तथ्यले पनि त्यो छर्लङ्ग छ । एकै घरमा प्रह्लाद आर्य र हिरण्यकश्यप अनार्यविभीषण आर्य र रावण अनार्य हुनुले ती शब्दसित जातित्वको सम्बन्ध नरहेको स्पष्ट छ । आर्यको अर्थ बाहुनक्षेत्री र अनार्यको अर्थ जनजाति लगाउनु षड्यन्त्रपूर्ण र हास्यास्पद छ । त्यो सरासर भ्रमको खेती हो । भारतबाट सुरु भएको त्यो खेतीका बारेमा थप लेख्दै गरौंला
राइट दाजुभाइले उडाएको विमान अब हामी सबैको भइसक्यो । तिनलाई नबिर्सेर पनि त हामी त्यसलाई आफ्नो मान्न सक्छौं नि । हिन्दु चाड भएपनि कालान्तरमा दशैं अधिकांश नेपालीको साझा चाडका रूपमा विकास हुँदै गएको इतिहास छर्लङ्ग छ । आजको बहुलवादी   युगमा जसरी क्रिसमस मनाउन ईसाई नै हुनु पर्दैन या चर्चसम्म पुग्नुपर्दैन त्यसरी नै हिन्दु नभई पनि दशैंलाई मनाउन सकिन्छ । त्यसरी मनाउनेहरूका लागि धार्मिक कथाको सम्बन्ध असान्दर्भिक छ । सामाजिक चाडका रूपमा यसको विकास गर्न सकिन्छ । दशैंसित पैसाको सम्बन्ध हामीले गाँसेको होदशैंलाई दोष किन यसलाई परिष्कार गर्दै लैजान सकिन्छ । तरदशैंलाई धार्मिक रूपमा मनाउने शतप्रतिशत हक हिन्दूहरूलाई हुनुपर्छ र छ । हामी धर्मनिरपेक्ष राज्यमा छौं । बिदाभत्तालगायतका कुरामा राज्यसित माग राख्नसंशोधन गर्न सकिन्छ । दशैं नमनाउन पनि सकिन्छ । आफूलाई सुहाउँदोमन रमाउँदो र व्यावहारिक तरिकाले मनाउने छुट छ सबैमा । दशैं मनाउँदाको ट्याक्स तिर्नुपर्दैन । तर कसैको आस्थामाथि खेलबाड गर्दै बहिष्कार गर्ने र पर्चापम्प्लेट टाँस्ने कार्य मानवीय कृत्य होइन ।   धर्मबाट अलग्याऊ भन्ने माग पनि जायज होइन । हाम्रोजस्तो बहुधार्मिक देशमा जनमानसमा यसरी भिजेको पर्वलाई एकात्मकता र सहसम्बन्धको विकासमा प्रयोग गर्नसकिन्छ । परस्पर तिक्तता बिर्सेर अँगालोमा बाँधिने अवसरका रूपमा विकास गर्न सकिन्छ । तर आस्थासित गाँसिएको विषयमा जोडजबर्जस्ती जायज हुँदैन ।
सबैमा सद्भावसहिष्णुताहार्दिकता र सम्मानको भाव विकास गर्न यसपालिको दशैंले मद्दत गरोस् भन्ने कामनाका साथ दशैंको शुभकामना टक्र्याउन चाहन्छु ।  ------------------------------------------------------------------------
प्रतिकृयाहरूः यसैलेखसंग गरिएका प्रतिकृयाहरूः (यसमा शुभकामना मात्र भएका र विषयबस्तुसंग सरोकार नभएका प्रतिकृयाहरू समेटिएका छैनन् ।)
Gopi Krishna Prasai:  GOOD ANALYSIS...NICE ARTICLE NARAYANJI!
Saroz Paudel: narayan ji, suru ma ta lamo lagyo...but when i did start,i didnot know when it was finished...it is nice one...
Anurag राना: thumps up ! And happy dashain.
Navin Chintan: Sahi kura ! Happy vijaya dashami narayan sir.
Kedar सङ्केत : रमाइलो गर्नुको निम्मित्त चाडहरु राखेका हुन्, हमलाको कुरो छैन कतै पनि, तर दशैमा खसि बोका काटेर रमाउने एक्थरी का लागि मात्रै हो यो दशै, नेपाल ५० प्रतिसत् ले यो चाडमा माशु र भात खान पाउदैन । तिनीहरुको लागि दशैको के औचित्य भयो त ? झन् टीका लगाएर आयु बढ्ने कुरो सुन्दा चै कसैलाई पनि चित्त बुझ्दैन। हराउनु पर्ने कुरा हराउनु पर्छ नयाँमोड को धार् छाम्न खोज्नुस् फेरी त्यो धारले नरेटोस नि कसैको मुटु कलेजो !!!! जसरी भारत बर्सबाट नेपाल भित्रियो र रेटियो त्यो बेलामा मानव पशुका घाँटिका नशा र छालाहरु ।
Narayan Gaunle : केदारजी, दशैं कसका लागि हो भन्ने कुरा मनाउनेहरूले निर्धारण गर्ने हो । खसीबोका काट्नेहरूको मात्र दशैं हो भन्नु मेरो परिवारलगायतका लाखौं शाकाहारी श्रद्धालुहरूको अमानवीय अपमान हो । लोसार किन, कसरी र कहिले मनाउनुपर्छ भन्ने निर्धारण मैले गर्ने होइन, तर दशैंको निर्णय मैले गर्दा कसैले टाउको दुखाउनुपर्ने किन ? मासुभात या भात खान नपाउनेहरू धेरै छन् भने यसमा दशैंको या लोसारको होइन राज्यको कमजोरी हो । सामान्य अध्ययन गर्नुभो भने पनि हिन्दूहरूभन्दा गैरहिन्दूहरू मासुको उपभोग बढी गर्छन् विश्वभर । त्यो
उनीहरूको जीवनशैली हो, हामी औंला ठड्याउन सक्दैनौं । हामीले श्रद्धा र सम्मानले हेर्ने १०००० कुखुरापालक किसान १०००० निर्दोष कुखुराको हत्यारा होइन र ? ती किसानको विरोध गर्दै पर्चा बाँड्न थाल्ने कि ? बलि-प्रथाको शास्त्रीय रूप बेग्लै थियो । इन्द्रिय र अहङ्कारको बलि दिने र असल मानिस बन्ने कल्पना गरिएको थियो । 'अग्निर्देवता वातो देवता....' जस्ता वैदिक मन्त्रमा पृथ्वीमा भएका सबै प्राणी, वनस्पति र अग्निलगायतका तत्वहरुलाई देवता मानेर तिनको सम्मान गर्न आग्रह गरिएको छ । जसरी 'काकबलि' भनेर कागका लागि बलि (खानेकुरा) दिने प्रसङ्ग आउँछ त्यसरी नै पशुबलि भनेर पशुका लागि बलि दिने वैदिक विधान छन् । पछि कालक्रममा मानिसले पशुबलिलाई पशुको बलिका रूपमा विकास गरे खासगरी नेपालमा । भारतीय हिन्दुमा बलिप्रथा १% भन्दा मुनि छ । दाँत माझ्नका लागि दतिवनको हाँगा भाँच्दा त क्षमा माग्ने मन्त्र भएको धर्ममा पशुबलिको विकास हुनु दुर्भाग्य हो । तर त्यसैका आधारमा दशैंको विरोध जायज होइन । दशैं बलिमात्र होइन ।
रह्यो टीका लगाएर आयु नबढ्ने कुरा । हस्पिटलमा भएको बिरामीलाई एकथुङ्गा फूल र शुभकामना दिएर स्वास्थ्य बढ्छ र भन्नुजस्तै हो । जन्मदिनमा शुभकामना दिएर प्रगति हुन्छ र ? त्यसैले मलाई शुभकामना या फूल चित्त बुझ्दैन भन्नुजस्तै हो । तपाईले 'मेनीमेनी ह्याप्पी रिटर्न्स अफ द डे' भनेर वर्षभरिमा जति आयु बढाउने कामना गर्नुहुन्छ त्यो भन्दा थोरै नै कामना हुन्छ दशैंमा । 'आयुर्द्रोणसुते...' यो शुभेच्छा हो केदारजी, शुभकामना र आशीर्वाद हो । कसैले कसैलाई दिएको शुभकामनामाथि किन चित्त दुखाउने ? विश्वभर मैनबत्ती निभाएर लङलाईभ को कामना दिने चलनमाथि किन चित्त नदुख्ने होला ? त्यसमा पनि त पैसा चाहिन्छ । सेलरोटी र केकको फरक न हो । टीका लगाएर 'तेरो आयु घटोस्' भन्नुभन्दा 'बढोस्' भनेकै राम्रो होला कि । पशुअधिकारमाथिको तपाईको चिन्ता जायज छ । म पनि त्यसको पक्षपाती हुँ । काठमाडौमा खुलेका पाइलैपिच्छेका बुचरलाई गाली गर्नु बढी फलदायी होला त्यसका लागि । बेलुकी 'भुटन-च्युरासित ह्विस्की' चाहिने हामीमध्येका केहीले बलि प्रथाको विरोध गर्नु विरोधका लागि विरोध हो । भारतवर्ष (इन्डियन सबकन्टिनेन्ट) के हो, कुन हो र त्यहाँबाट भित्रिएको भन्ने प्रसङ्ग आयो ? नेपाल त्यहीँ छ नि होइन र ? तपाईहामी बौद्धिक प्राणी हौं, खस्रै कुरा जाती होला भनेर यसरी लेखें । अन्यथा नलिनुहोला । म तपाईको प्रतिक्रियाभित्र रहेको आत्मा 'सबै आर्थिक समूहले मनाउनसक्ने र अहिंसात्मक दशैं' को आग्रहलाई हजारपटक समर्थन गर्दछु ।
Prashant Kharel : नारायण जि पुरापुर सहमत । कुनै कुराको छेउटुप्पो नबुझि कागले कान लगेको हल्लाकै भरमा कानै नछामी र कान के हो भन्ने नै नबुझि कागको पछि लाग्ने प्रवृति प्रति म खेद जनाउन मात्र सक्छु । म नास्तिकलाइ तपाइको यो विश्लेषणमा ल्याप्चे लगाउँदा धर्मभिरूको उपनाम दिइन्छ भने म स्वीकार गर्दछु । धार्मिक सहिष्णुताको नाममा अरूको धर्म र संस्कार प्रति हिलो छ्याप्ने र बहिस्कार गर्ने प्रवृति ठिक होइन । मलाइ कुनै संस्कार मन पर्दैन भने म असवीकर गर्दछु बहिस्कार होइन । विचारको निषेध गर्ने विचार विचार होइन तानाशाहि हो । मेरो यसमा पुर्ण असहमति छ । मलाइ साकेला, ल्होसार मन पर्छ भने त्यो मनाउन मेरो संस्कारले छेक्न सक्दैन अहिलेको शताब्दिमा । मैले इद र क्रिसमस मनाउन मुस्लिम वा इसाइ बन्नु पर्दछ भन्ने भनाइ सरासर हास्यास्पद हो । साथै धर्म र संस्कारको नाममा हुने कुनै पनि प्रकारको वलि प्रथालाइ स्विकार गर्न सकिन्न । त्यो चिचिण्डोलाइ नै बोको मानेर वलि दिने नै किन नहोस् । धर्म र संस्कारका कुरा उठ्दा एक पटक यता पनि हेरेर सार्थक बहशको सुरूवात गर्ने कि http://www.facebook.com/notes.php?id=1230084280&notes_tab=app_2347471856#!/note.php?note_id=445306016235
Kedar सङ्केत : नराएन जी कुरा मोड्नु भयो मैले सजिलै बुझे, मेरा हजुरबा पनि कैष्न प्रनामिनै थिए तर मैले लिन त्यो मेरो बिचार् हो। तपैको लेख् नरम्रो भनेको छैन अनि मैले खन्डन गरेको पनि छैन मात्र यो हरफ का कुरो आफैइले राम्ररि सोचेर लेख्नु पर्दथ्यो। यो चै के भनेको भाइले कि तमाम् नेपली ले तपैको कुर बुजदैनन् ? 'दशैंमाथि सुनियोजित तरिकाले विगत केही वर्षदेखि सङ्गठित रूपमा हमला हुँदै आएको छ' कस्ले गर्यो हमला ? प्रने त्यो मात्र भन्नुस् मलाई । बरु गाउले जी ले अझ भागओत गीता पढ्नुस न है जस्तै तपाइले ई हरफ्त पध्नु भाकै होला ' राम चन्द्र जि ने वहा शे बिजया दसमि के दिन प्रनये किय और समुन्द्र के किनर आए । उनक नियेम् था प्रतिदिन शिबजिकि पुजा कर्न । ओहा कोइ शिब लिङग नहि मिला तो हनुमन्न् जि को काशी शे शिव लिङ ले आने कि आग्या दि' राघब शरण गत: ट्यो त गर्नै थियो हैनत गाउले जी।
like wise:
pussy cat pussy cat where have you been ?
i have been to London to visit the queebn
Pussy car pussy car what did you do there?
i frightened the little mouse under the chair.
जस्तो देखिन्छ तेस्तै ओकलिन्छ कि कसो ?
मनस्यन्यद् बोच्स्येन्त् कर्मन्यद दुरात्मनम् ।
मनस्य्क ओचस्येकं कर्मन्येकं महात्मनम् ।।
भनाई के भने मेरो तपाईहरुको जस्तो दुरात्मा ले भरिएको भने हैन छैन है मन । किनकि दुई चार हरफ् शर्स्क्रित् अनि एङ्लिश् पडे भन्दैमा बिद्वन् सम्झने धेरै भए यो फेस बूक मा तर गाँुले भाइलै भने भनेको हैन । अरु कमेन्ट गर्ने वाला मा म छैन तेस्को मतलब मेरोमा धार्मिक ग्यान नभाको खोपडी पनि हैन। हाम्रो साहित्य यात्रा नमरोस भन्दै बिदा । some words are not as Ne[lai and sharskriti because poor knowledge of unicode, hope all sentences are read able and understood able. if any one would like to discus about above matter i am here on 07848237162.
Kedar Sangket, Farnborough, UK
Bhagawati बस्नेत : हाम्रोजस्तो बहुधार्मिक देशमा जनमानसमा यसरी भिजेको पर्वलाई एकात्मकता र सहसम्बन्धको विकासमा प्रयोग गर्नसकिन्छ । परस्पर तिक्तता बिर्सेर अँगालोमा बाँधिने अवसरका रूपमा विकास गर्न सकिन्छ ...यी भनाइमा पूर्णसहमत भए समय शान्दर्भिक मननयोग्य लेखको यहाँलाइ हार्दिक धन्यवाद।
बि = विश्वभरी शान्ती छाओस् ।
ज = जहाँ गए पनि नेपालीको शिर ऊच्च रहोस् ।
या = यादगार बनोस २०६७ सालको बडा दशै ।
द = दुनियाँ आस्चर्यचकित हुने गरी प्रगती होस् ।
श = सधैंभरी उत्साह र उमङ्ग मा जीवन बिताउन पाइयोस् ।
मि = मित्रता र भाइचाराको बन्धनले सम्पूर्ण नेपालीलाई बाधिरहोस् ।
"
बिजय दशमी २०६७ को पावन अवसरमा सुख, शान्ती, दिर्घायु तथा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना ।।
Pokhrel Kumar : narayanji le galat kura garnu bha jasto ta lagena malai, kura ko bhitri taha samma pugne kosis garda hune ho, bahas kai kura garne ho bhane ta anek tarka haru niskanchan, hindu haru mathi ko prahar kunai naulo haina yo ta hijo dekhi bholi samma chali nai rahane cha, nepal ma bideshi dollar ko kheti garne thuprai ngo ingo haru chan tini haru ko ka kam nai yahi ta ho ni, anastha failaune !!! sayad gore bahadur khapangi prabriti birudhha sanket huna sakcha yo narayanji ko... dharma kai kura garda ta harek kan kan ma bhawan ko bas cha bhanera lekheko dekheko thiye kunni ho ki haina ...? natra ta khasi boka ra lauka chichindo dubai ma iswar ko bas cha ni haina ra? baru khasi boka ko bali bhanda bekashur nepali haru ko jun katmar chaleko cha teslai banda garne tarfa lagda hune thiyo, tara k garnu narayan ji le bhane jhai pashu bali pratha ko birodh garne haru sukuti , sekuwa nabhai daru tanna sakdainan hhahahaha yahiho nepali tal...
adha jal bhari gagari chalkat jaya bhaneko. sabai ma happy vijaya dashami ....
Kedar सङ्केत: Pokhkeral kumar ji, namaskar tapaiko bhanai sabai thikai chha tara yoo analysisb garne ankha haru paremera chaai, mata jhan bahun gaum ahurkeko manchhe jasle garda mero sunuwar vhasa pani sudhha bolnu sakdina. yoo khandan haina, tarka pani haina, Dashain namanaunu vanekopani maile chaina. tara kuro ke 6 banne ma isswar namanne manchhe paretapani dashain sabaiko chaad vanehaina tara pahila itihas herda manauna lagaiyoo, ajjako dharma nirapachhedesma , SANSHARMA @BAHUNLE HALO JOTNUHUDAINA, BAHUNKO JAT JANCHHA@ vanne jasta kuro auchha ya-
हैन् कस्ले बनाको यो निएम् र कनुन नेपाल् मा भन्या ?
,'बाहुन्ले गोरु जोत्नु हुन्न, अरुले जोत्नुपर्ने भन्ने निएम ?
, खसी,बोका मात्र खाने, शुँगुर नखाने निएम ? (आज भोली त ५० प्रतिसत ले खानछन्)
, मरेका मान्छे का नाम मा राम्रा कुरा,चिज बाहुनलाई दान् दिने निएम ?
, दुध, मोही उनिहरुले खाने, सोमरस अरुले खाने निएम ?
राई, सुनुवार, लिम्बु, गुरुङ, मगर, नेवार् ले त राखेको कुरो त कतै लेखेको पाइनन्न्
त गांठे हो । 'abo lato deshma gado tanneri ' vanejhai kunai pani janajati arthat chetri bramhan le naya kuro lai ausharan garnu parchha. 1. mero bauko janma dina mero baulai tha chaina maile janmadin manayera mahango cake katdaima mero bektitwo jhalkindiana Kumar ji. 2. ma feri pani bhanchhu this is not a right word that Gaule bro has been written 'दशैंमाथि सुनियोजित तरिकाले विगत केही वर्षदेखि सङ्गठित रूपमा हमला हुँदै आएको छ ' 3. who is the person or group that our historic Dashian Puja has been marked and doing counter attack as majority reflecting on its surface ? bolnu lekhnu ta thikai ho tara manma je payoo tehi lekhnale le alik suhaudaina/ pachna layek ko hudaina. herum arule ke vandai jado raichh ayoo lekh ko barema. tara abo vane boldina. mero malmam lageko kura vane ra malai tha chha ma thik batoma hedeko 6u. malai kunai bekti wa samajle jhuto harkat gareko apach lagchha.
tapai haru (manaune jatiko lagi matra) Dasahina chaad ramro bitos.
Kedar sunnuwar@sangket@
Narayan Gaunle: केदार दाइको पछिल्ला प्रतिक्रिया बुझिनँ । गीता पढ्ने सल्लाह राम्रै लाग्यो । मैले केही वर्ष पढाएको पनि हुँ । तपाईले उद्धरण गरेको पङ्क्ति कुनै नौसिखिया हिन्दी लेखकको हो, गीताको होइन । संस्कृतजस्तो लाग्ने श्लोक त पठनीय रूपमा छैन नै । तपाईले नेपालको नियमकानुन भन्नुभएछ त्यो कहाँ कहिले लालमोहर लागेर सदर भएको हो जानकारी पाएहुन्थ्यो । दशैं बाहुनक्षेत्रीको मात्र हो भन्ने तपाईको आशय हो ? नत्र यहाँ बाहुनक्षेत्रीको प्रसङ्ग किन ? तपाई बेलायतको फानबोरो बस्नुहुन्छ, १० माइल टाढाको अल्डरसटमा दुर्गापूजा हुँदैछ, गएर हेर्नुस् त थाहा पाउनुहुन्छ दशैं सबै नेपाली जातजातिको हो । तपाईलाई राम्ररी थाहा छ, पेसा, खाना र नाना मानिसले आफ्नो रोजाइमा छान्न पाउँछ । कसैले सुँगुर नखाला, कसैले सर्प नखाला, कसैले फट्याङ्ग्राको चटनी नखाला, खानेहरू पनि छन्, योसित दशैंको सम्बन्ध ? कसैलाई सुँगुर खानै पर्ने गरी लेखेको शास्त्रको कुनै उद्धरण भए दिनुहोला, म कलम छोडिदिन्छु । अरुले रक्सी खाने नियम बाहुनले बसाएको भन्ने तपाईको तर्क कति गजपको लाग्यो । रक्सी बनाउने पनि बाहुन नै हो कि ? दूध-दही नखानू अरूले भन्ने नियम बाहुनले बसाएछ विचरा । मृत पिताको नाममा दानको कुरा गर्नुभो, त्यो संस्कृति हो, दशैं होइन नि । जङ्गलै सखाप हुनेगरी कसैले चिहानमाथि ढुङ्गाका शालिक बनाउला, सिमेन्टको पर्खाल ठड्याउला, कसैले सम्झनामा स्कुल बनाउला अनि कसैले दान गर्ला, ती त व्यक्तिविशेषका रोजाइका कुरा होइनन् र दाजु ? किन श्राद्धमाथि नै औंला ? आस्थामाथि यसरी औंला ठड्याउनु जायज होला र ? कर छैन, नदिए पुगेन र ?
"
भनाई के भने मेरो तपाईहरुको जस्तो दुरात्मा ले भरिएको भने हैन छैन है मन ।" तपाईको मन हाम्रोजस्तो दुरात्माले भरिएको रहेनछ । खुसी लाग्यो । मेरो मन दुरात्मा भएको तपाईको ठोकुवालाई मैले दशैंको शुभकामनाका रूपमा लिएँ । तपाईलाई चित्त नपरेको कुरा टीका र लामो आयुको आशीर्वाद थियो पहिले । अहिले फेरिएर 'हमला' भएछ । कम्तीमा समाचार सुन्नुभएको भए थाहा हुनुपर्ने हो बहिष्कारका पर्चापम्प्लेट कसले टाँस्दै छ भन्ने ? मेरो मामाको छोरो भर्खरै क्रिस्चियन भएको छ, उसलाई पढाइएको छ दशैंको टीका थाप्नु या आशीर्वाद लिनु 'मान्छेको मासु खानु' हो । ऊ विगत ३ दिनदेखि घरको सम्पर्कमा छैन । जन्मजात क्रिस्चियनहरूले निधार रङ्ग्याएर हिँडेको तपाईले नदेख्नुभएको छैन होला । कुरा भाइले टीका नलगाउनु होइन, यो उसको छनोट हो, तर धर्मका नाममा उसलाई सिकाइएको विभाजनकारी विषाक्त पाठको हो । मैले समग्र हमलाको कुरा गरेको हुँ, व्यक्तिविशेषको कुरा होइन ।
दाइ, तपाईहामीबीच कुनै फाटो या दूरी छ जस्तो लाग्दैन । तपाईको आशय र चित्त दुखाइ यदि 'दशैंमाथि हमला भयो' भन्नेमा मात्र हो भने असहमति कहाँ बाँकी रह्यो र ? लेख्दै जानुहोला दाजु, यसले थप प्रष्ट्याउने र सहमतिमा पुर्‍याउनमा मदत गर्छ । अनि यो दशैंमाथिको विचार र बहस अलग पाटो हो र हाम्रो सम्बन्ध, नेपालीत्व अलग पाटो हो । हाम्रो आत्मा त यौटै त हो नि ! October 15 at 3:17pm 
Durga Prasad:  Pokhrel It is a good article. It tries to clearify what is to be thought as nationalistic one. Happy Dashain to the writer as well as the readers.
Pokhrel Kumar: kedarji aba ta ali ali kura bujhnuhuncha ki jhai lagyo hai narayanji ko comment padhera , tarka ta jati garepani hunch tara satya yahi ho.
Kedar सङ्केतwait la kumar ji maile gaule bhai ko mangadante kurako pusti by the book garchhu by the hook le haina, pokhrel ra gaule bhai ji yoopani sunnus nahia ? tapaile mathai buje jasto garnu vo ta sabai thok baru yeta kitabai lekhnus ta abo dasaiko barema hunan ra ! kina fb ma tapai jasta bidwan haruko time wast hagareko.
l ahernus sunus sahed डा. कृष्ण भट्टचन pani tapai haruk alagi ta koi haina ta hola tara maile ta vetera tin din samma tarkaka kuro gareko huu http://www.nayasamachar.com/?p=3757#
Narayan Gaunle: http://www.nayasamachar.com/?p=3757  केदार दाजु तपाईले उपलब्ध गराउनुभएको यो लिङ्कपछि मैले तपाईको कुरा बुझें । पहिचान नै नभएको पर्वलाई अनुमानका भरमा मनाएर र दशैंलाई परित्याग गरेर आफ्नो पहिचान जोगिन्छ भने कुनै पनि हिन्दुले दशैं मनाउनुपर्छ भनेर कर गर्दैन । मानवीय हक हो त्यो । पहिचान भएछन् र राम्रो लागेछ भने म पनि मनाउनेछु भविष्यमा । तर दशैंलाई 'लादिएको' चाड या हावादारी रूपमा राणाकालमा रक्तपञ्जाको कल्पनाले हाँसो उठ्यो । अहिंसक, बलिविरोधी हिन्दु समुदायको बाक्लो उपस्थिति भएको त्यो कालमा दशैंको पहिचानस्वरूप रगतको पञ्जा लगाउनुपर्ने कुरा तर्कसम्मत छैन । बाँकी कुरामा मेरो सम्मान छ । दाजु धर्म एकपुस्ता लामो भएपछि आफ्नै हुन्छ, नत्र त सबै धर्मको केही सय वर्ष पुरानो इतिहास त हुन्छ नि । त्योभन्दा पहिलेका हाम्रा पुर्खाको धर्म के थियो होला ? अनि हिन्दु धर्ममा पनि त सबै पूजा भूमि पूजा गरेरमात्र सुरु हुन्छ । नमनाऔं, मनाऔं, अन्य चाड पनि सबै मिलेर मनाऔं...जे गरौं तर हिन्दुले लोसार र आफूलाई गैरहिन्दु मान्नेले दशैंप्रति नकारात्मक भ्रम नफैल्याऔं । मिलेर सबै चाड मनाऔं न हुन्न र ? October 15 at 3:42pm 
Kedar सङ्केत : Gaule bhai yesori bujahu haita.
1.तपाईले उद्धरण गरेको पङ्क्ति कुनै नौसिखिया हिन्दी लेखकको हो, गीताको होइन
la la hunchha HITOPADES HERNUS LA, alik kitab padhuparyoo , man ma lageka kura ta sana nanile pani vanchhan, tara ti pakeka kera jasta guliya hudainana, ani yoo book pani padhnus
yo hindi batta ho sharkirt bhasa tapailai alik tha chaina vanera maile hindi ko geeta ko Page no 503 ko doshro haraf batta lekheko .
2.
किन श्राद्धमाथि नै औंला ? आस्थामाथि यसरी औंला ठड्याउनु जायज होला र ? कर छैन, नदिए पुगेन र ?
anta mage pachhi dinunai parena ra? tyo panita astha nai honi hainara?
3.
मेरो मन दुरात्मा भएको तपाईको ठोकुवालाई मैले दशैंको शुभकामनाका रूपमा लिएँ
tyo ta yele po vanchh ra haina
मनस्यन्यद् बोच्स्येन्त् कर्मन्यद दुरात्मनम् ।
मनस्य्क ओचस्येकं कर्मन्येकं महात्मनम् ।।
sunuwar ko choro vaye pani mitra ho alikati sabaiko gyan chha tapai haruko jatti nahunu arkai kuro ho, hunuparchh bhannepani 6ina ki 6 ta gaule,durga ra Pokrel kurar ji ? October 15 at 3:50pm 
Narayan Gaunle: केदार दाइ, तपाईको पछिल्लो भाषा सामान्य मर्यादाभन्दाबाहिरको छ । मैलेमात्र बुझेको घोषणा मैले गरेको छैन, न त तपाईलेजस्तै मैले तपाईलाई दुरात्मा भनेर गाली गरेको छु । मेरो विचार पोखेको हुँ । कृष्ण भट्टचन तपाईका अगाडि कोही होइनन् होला भनेर के सन्देश दिन खोज्नुभएको हो ? घटिया व्यङ्ग्यबाहेक त्यो केही हुनसक्दैन । मैले त दाजुसित विचारमन्थन गर्दैछु भनेर यतिबेलासम्म तर्क गर्दै थिएँ । तपाई गालीगलोजमै उत्रिनुभो । तपाईजत्तिको महात्मालाई यो नसुहाउनुपर्ने हो ।
१. तपाईसित मैले कुन किताब पढ्ने भन्ने सल्लाह माग्नुपर्दैन । तपाईले भन्दा म कम संस्कृत बुझ्न सकौंला तर धेरै कम बुझ्दिनँ, मैले मास्टर सकेर अध्यापन गरेको भाषा हो त्यो । गीता संस्कृत भाषामा लेखिएको ग्रन्थ हो हिन्दीमा होइन भन्ने स्मरण रहोस् ।
२. अन्तर्राष्ट्रिय भिखमङ्गाहरूले मात्रै संस्कृतिलाई भीकसित तुलना गर्छन्, तपाईजस्ताले नगर्नुपर्ने ।
३. संस्कृतकै श्लोक लेख्ने भए शुद्ध किताब खोजेर, पढेर कम्तीमा पढ्नसकिने गरी शुद्ध लेखेको राम्रो ।
मलाई यति तल झरेर जबाफ दिनुपर्लाजस्तो लागेको थिएन । खेद लागेको छ । October 15 at 4:03pm
Kedar सङ्केत : narayen bhai yesko barema pachhi patrikama hernus hai dherai ke khokai vor aface book jabama, tapaikai sabai sahamat vo mera bhanai sabai galat sabita maile afai gare, kinaki yoo nai mero fb ma lamo bahas hola, chapter mero batta close gareko ghosana gare. tapai tala jharera kuro gardai ma kedar sunuwar n ata la na mathi nai pugchh!!!!!!!!!!!!!!!!!!111 October 15
 Khagendra Limbu: हल्लै हल्लाको खेति ! जबसम्म सामाजिक प्राणीमा चेतनाको पूर्ण बिकाश हुँदैन , तब सम्म जसले जे भुके पनि केहि ख्याँसिनेवाला छैन lसंसारमा चाड-पर्व क्रमश: आफैं लोप भएर जाँदैछन्, किन भने विज्ञानले चाड-पर्वमा नअल्मिनु भन्ने संकेत गर्छ lहामी बुबुरोहरु बाँसझ्यांग रुपी ! October 15
Pokhrel Kumar: haina ho kedar ji, sunuwar ko choro bhayara pani ali ali sanskriti ko gyan cha bhanera dhak jamauna khoje ko jhai po garnu vo ta , eh rata makai ab kyarnu, fal lageko hanga ali ali jhukeko huncha tara tapai ko hak ma yo lagu nahune raicha..., abhiman le gyan lai nasta garcha . tapai ko kura ta uhile ka kura khuiliy bhane jasto bhayo ni ,teso hoina khojna saknu bhayo bhane kaha bata aaunu bha ho bhetnu hun6 pakkai pani. kosis garnus la... October 15
Kedar सङ्केत : khagendra ji pakkai pani tara kina ajja pni lamalama leh haru tanginchhna ta face book ma, mero chamal kin aaruko nakina vane jattikai ta honi hainara bhanya? ख्याँसिनेवाला ta kasaile pani 6ina mero ta gaule vai ra Kumar jikai 6, hernu sa na uha haruko bhanai haru. kura dobryera kura garne sanga ma jasto yethatha kuro garneko bolbolai chaina tesaile ma hide hai ailk talako gauma jaha alk santi milchha. October 15 at 4:30pm 
अल्पबिराम पोखरेली : malai kunai pani chad parb sang kunai lagav chhaina ta pani eed,crishmas,dashain tihar , udhyauli, ubhauli ,maghi,lhosar ,buddha purnima sabai mero lagi saman chhan ra smman garchhu.chad parv euta utsav ho . angreji 4 r sang harek chad parvko mahatwo jodieko chha , remove , recharge,renew,restore maile jb lai harek angle bat aafno kura rakhna khojen tar uha sabaiko chad saman hunu prchha ra kirat magaratle dashain manne bhae hamro pani kura sunnu parchh natra hami bahiskar garchhaun bhanne kura ma lidi kasna thalnu bho ra tyo khulla patra lekheko hun. October 15 at 5:28pm 
Baldev Bhatta : नारायण जी ले मेरो मनको कुरो पनि प्रष्ट नै राखी दिनु भयो, हामि बैचारिक दरिद्रताको प्रदर्शन गर्दैछौं, बहिष्कारको नाम मा! बेलाको बोलि को निम्ति मेरो न्यानो अभिवादन!! October 15
Bibash Bipra: समयलाइ तोकेर लेखिएको उत्कृष्ट लेख ! दशमीको यहालाई पनि शुभकामना October 15 at 7:58pm 
 Min Ranabhat: कुनै पनि चाड पर्ब कुनै पनि धर्म संग जोडीएर आएका हुन्छन् र खुलेर मनाउन पाउने ति धर्म संग जोडीएका समुदायको अधिकार हो, अनिबार्य मनाउन पर्छ भनेर कसैलाई लादिएको छैन, बहिष्कार गर्नुपर्छ भनेर खुले आम बिरोधमा उत्रनु त्यो ब्यक्ती, समुदायको बैचारिक दरिद्रता हो । यो तितो सत्य सहन नसकेर गाली गलौजको स्तरमा झर्नु झन् घटियापन हो ।October 15
Mohan Swaroop: दशैं मनाउँदाको ट्याक्स तिर्नुपर्दैन । तर कसैको आस्थामाथि खेलबाड गर्दै बहिष्कार गर्ने र पर्चापम्प्लेट टाँस्ने कार्य मानवीय कृत्य होइन । धर्मबाट अलग्याऊ भन्ने माग पनि जायज होइन । हाम्रोजस्तो बहुधार्मिक देशमा जनमानसमा यसरी भिजेको पर्वलाई एकात्मकता र सहसम्बन्धको विकासमा प्रयोग गर्नसकिन्छ । परस्पर तिक्तता बिर्सेर अँगालोमा बाँधिने अवसरका रूपमा विकास गर्न सकिन्छ । तर आस्थासित गाँसिएको विषयमा जोडजबर्जस्ती जायज हुँदैन ।
यति सुन्दर विचारका लागि नारायण ज्यूलाई धेरै-धेरै धन्यवाद् । काँही नभएको जात्रा हाँडी गाउँमा भने झै भईरहेको छ नेपालमा । म यस विषयमा धेरै बोल्न चाहन्न । नारायण ज्यूले सबैकुरो समेट्नु नै भएको छ । बुझ्नेलाई यो कुरो गहिरो छ । नबुझ्नेलाई बाह्र बर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा हाले नि बाङ्गा को बाङ्गै भने जस्तै हो । जाति र सम्प्रदायका नाममा राजनिति गर्ने र तिनीहरूका पृष्टपोषक कथित विद्वान्हरूलाई सद्बुद्धि प्राप्त होस् भगवान् सँग मेरो यही प्रार्थना छ । यस्तो राजनितिको उपज हेर्न कतै टाढा जानुपर्दैन, छिमेकी मुलुक भारतमा झाँगिएको प्रान्तवाद भारतको विकासमा कति वाधक छ अध्ययन गरे पुग्छ । नेपाल लाई पुनः बाईसे चौबिसे राज्यको अवस्थामा धकेल्ने हो भने मेरो भन्नु केही छैन । विजया दशमी २०६७ को हार्दिक मङ्गलमय शुभकामना । आसुरी शक्ती जतिनै बलवान् देखिए पनि यसको अन्त्य अवश्यम्भवी छ । October 15
Krishna P. Pandey"हाम्रोजस्तो बहुधार्मिक देशमा जनमानसमा यसरी भिजेको पर्वलाई एकात्मकता र सहसम्बन्धको विकासमा प्रयोग गर्नसकिन्छ । परस्पर तिक्तता बिर्सेर अँगालोमा बाँधिने अवसरका रूपमा विकास गर्न सकिन्छ । तर आस्थासित गाँसिएको विषयमा जोडजबर्जस्ती जायज हुँदैन ।" October 15
Mukesh Rai: एउटा उत्कृष्ट अनि चेतनामय लेख, धन्यवाद नारायण जि,
साथै हजुर अनि परिवारमा बिजया दशमी अनि तिहारको सुखद उप्लक्ष्यमा सुख, शान्ती, सु-श्वासथ्य एवं प्रगतिको हार्दिक शुभकामना ! October 16
Indra Narayan Chongbang: नारायण बन्दु ; अमुल्य विचार सम्प्रेसन गरेर केहि सोचनीय धरातलमा उत्रने मौका दिनु भो यसको लागि हजुरलाई मुरी मुरी धन्यवाद ,हजुरले उठान गरेको बिषय बस्तु आजको सन्दर्भ हो नेपाली संक्रमणकालिन समाजको , नासा मङ्गल ग्रहमा पुगोस यो बिज्ञानको कुरो हो तर हामी बाचेको धरति हामीले बोकेको आकाश अनि हामीले मानेका आस्थाहरु चाहे संगुरै किन नहुन् या अविकसित किन नहुन ति हाम्रा परिचय हुन् हाम्रा अनुहार हुन् ...नारायण बन्दुले आर्य र अनार्य भनेर छुट्याउनु भएको कुरोमा म पूर्ण सहमत छु भागवत गिताले पनि -ब्रम्हज्ञानी लाई ब्राह्मण , राजशी चरित्र गुणलाई क्षेत्री , कर्मयोगी चरित्र लाई वैश्य , र सेवागुणी चरित्र पेशाका मानिसलाई शुद्र भने ब्याख्या गर्दछ , तर कुरो यहाँ गएर अड्किन्छ ति कुरो किन यो भारोपेली समाजमा अटयेना वा लागु भएन- किन ब्राह्मणको छोरो मात्र ब्राह्मण भो, क्षेत्रीको छोरो मात्र क्षेत्रीभो कहिँ उत्तर छ ?????????????????????? सायद पण्डित चरित्रले गर्दा मात्र यस्तो सामाजिक विखण्डित परिबेस सिर्जना भो ( प्रपन्नाचार्य कालु राइको उदाहरण चि न आवोस है हा हा हा हा उ एउटा अपबाद हो )......अनि अब दसैंको कुरो : दसैं हामी सबै नेपालीको चाड हो , साझा चाड .हिन्दु , बौध , किरातको ....यो लिम्बुको ज्ञान चेत ले थाहा पाए सम्म -सतामी अस्तामी नवमीको बिसय अनि एतिहासिक पृष्टभुमि दुर्गादेबीको साहस युद्ध विजयको थोरै लोक कथा किंबदन्ती पढे पनि गहिरो ज्ञान छैन (यी कथा भित्र बिष कन्याका कथाहरु पनि केहि पढेको छु ) तर दशमी -टिकोको सवालमा मेरो आफ्नै तर्क छ -रामायण एउटा महाकाव्य हो धर्मग्रन्थ : क्रिस्चियनहरुको ट्रोजनवार हिन्दुहरुको महाभारत र रामायणलाई उही धरातलबाट हेर्न सकिन्छ , रामायण महामनाब "राम" आर्य पुत्र अयोध्या बाशी राजा र द्रबीन जति "रमण"को युद्ध हो यहाँ नेपालका मंगोलियन जातिको कहिँ पनि सम्बन्ध छैन नातो छैन तर यहाँ जातीय कुरो कहाँ बाट आयो भने ....राजनीति बाट .......,यो सहि हो ..तर मेरो धारणामा महामनाबको बिजयलाई बिजय-दसमीको रुपमा अनुनायीले मनाए ,मनायिदै छ र मानिने छ ....तर नारायण बन्दु सित यस ठाउँमा असहमत छु , दसैंलाई धर्मको रुप हो धार्मिक चाड हो यो मान्नु पर्छ मानेको छु तर समय सन्दर्भ .परिस्थिति अनुकुल सुधार परिमार्जन गर्न धर्म-भीरुहरुले पनि साहस गर्नु पर्छ--------" काठमाडौको मुटुमा रहेको जामे मस्जिदलाई इस्लामबाट अलग गरेर नेपालीको साझा बनाऊँ, पशुपतिनाथलाई हिन्दूत्वबाट मुक्त गरेर सबैको बनाऊँ, स्वयम्भूलाई बौद्ध धर्मबाट अलग्याएर नेपालीको बनाऊँ अनि काठमाडौमा खुलेका चर्चलाई इसाइ-मुक्त पारेर सबै धर्मको साझा बनाऊँ भन्ने नारा जति रोचक लाग्ला त्यति नै असान्दर्भिक, असम्भव र हिंसात्मक हुन्छ ।" -----यी ठाउँहरु बिनारोक तोक नेपाली भएर टेक्न पाउन , नेपाली भएर आफन्ती अनुभूति गर्न पाउन , यहाँ त् हिन्दु ..त बुद्धिस्ट ....त् क्रिस्टियनको प्रस्न नहोस ...... एक नेपाली को कामना हो .........मन्दिर मेरो तेरो नहोस , तिर्थ तेरो मेरो नहोस यति मात्र कामना हो बन्दु ...... "बन्दु" हजुरलाई बिजयादसमीको हार्दिक मंगलमय सुभाकानना है ....सेवारो आदन्ग्बे October 16 at 8:08am 
Kshitij Shrestha: धन्यवाद तपाईंलाई ^^^>>>>>>>>>>>
मनको पुकार सधै जगमा फैलियोस नाम तपाईंको
प्रार्थना यो छ सधैं सफल होस् हर काम तपाईंको
मीत बनी यो जीवनभरको साथ र यही चाहना छ ।।
हर खुशी मिलोस तपाईंलाई दसैंको शुभ कामना छ ।
Shreeram Gautam: दशैं मनाउन चाहने र नचाहने सबैलाइ छुट छदै छ नि Kedar सङ्केत जी, आधारहीन तर्कहरु गर्दै तल्लो स्तरको शब्दहरु किन ओकल्दै हुनुहन्छ Kedar सङ्केतजी ? "आफ्नो आङ् कनाइ आफैलाइ छारो" भयो तपाइको तर्क तपाइ आफैलाइ । नमनाउनुस् दशैं- नलिनुस् आशिर्बाद, नगर्नुस् बाउको श्राद्ध, नलाउनुस् निधारमा टिका कसैलाइ आपत्ति छैन तर किन बिरोध गर्ने श्रद्धालुहरुको ? मलाइ त लाग्छ कि तपाइले लेख्न खोज्नुभएको कुरा तपाइ स्वयंलाइ नै थाहा भएन प्रत्येक टिप्पणीमा फरक-फरक धारणा र घुर्क्याई मात्र ! अरुलाइ किताब पढ्न अनुरोध गर्नेले आफै भुल्नुभयो जस्तो लाग्यो । २/३ वटा अशुद्ध श्लोकहरु किताब हेरेर टाँस्दैमा महान बन्ने गलत धारणा नराख्नु नै बेश होला । तपाइले भन्न खोज्नुभएको के हो स्पष्ट रुपमा आउनुहोला है एकपटक आफै क्लियर भएर ? मलाइ लाग्दैन नारायणजीले मिथ्या कुरा र अपाच्य शब्दहरु कहिं कतै लेख्नुभएको छ भन्ने ! पबित्र पर्बमा यस्ता अनर्गल बहस हुनु भनेको वास्तबमै धर्म र पर्बहरुप्रतिको अपमान हो अपराध हो । नेपालभित्र मनाइने सबै चाडलाइ हामि आफ्नै चाड मानौं र सोहि हैसियतले मनाऔं-एक अर्का प्रति आपत्ति र बिरोध किन सबैमा सद्भाव, सहिष्णुता, हार्दिकता र सम्मानको भाव विकास गर्न यसपालिको दशैंले मद्दत गरोस् भन्ने कामनाका साथ दशैंको शुभकामना टक्र्याउन चाहन्छु । नारायणजीलाइ हार्दिक धन्यबाद मीठो लेखको लागि अनि दशैंको हार्दिक मंगलमय शुभकामना पनि !!
Baldev Bhatta: म आफु नास्तिक हुँ, मलाई भगवानहरु प्रति जीवन को कुनै दिन आस्था आएन, आउदैन पनि! मैले केदार जी जस्ता स्रष्टाहरु को कमेन्ट पढे, धेरै ठाउँमा दुखे! दशैँ, हिन्धुत्वको कुरा संग भन्दा पनि यो जातीयता तिर बहस मोडिएको देखे मैले! हामि ले बाहुन क्षेत्री लाइ सखाप पर्ने गरि आवाज उठाउन खोजेका त हैनौ भनेर सोच्न बाध्य भए! हामि सबै नेपाली हौँ, हामि जातीयतामा आफ्ना बिचारहरु को पक्ष पोषण नगरौं! लेख्ने साहित्यिक मित्रहरु लाइ पनि जातीयता ले गाँज्यो भने, भावी नेपाली सन्ततिको दुर्दशा स्पष्ट छ! मलाई साच्चिकै दुख्यो केही बिचारको सम्प्रेषणले!! सबै मा मित्रता कायम रहन सकोस, मेरो शुभ-कामना छ!! October 16 at 12:58pm 
 Uma Subedi: यो धरतीमा विभिन्न जातजाती,भाषाभाषी विभिन्न धर्मावलम्बीहरू छन् ।जसरी रङ्गीबिरङ्गी फूलहरूले एउटा बगैँचा शोभायमान देखिन्छ, त्यसरी नै कुनै पनि देश विभिन्न रूचि, बिचार,आश्था भएका मानिसहरूले गर्दा नै सुन्दर बनेको हुन्छ। यदि एउटै बिचार,एकै ,धर्म,...एकै वर्ण .... भएका मानिस मात्रको देश हुँदो हो त त्यो देश कति बिरङ्गी वा कति खल्लो हुन्थ्यो होला ।सधैँ एउटै रङ्गको कपडा पहिरिए जस्तो दिक्क लाग्दो । संस्कृतमा भनिएको छ, ''भिन्न रूचिर्हि लोक:'' यसको अर्थ हो, जनमानस या जनसमुदायको अर्को नाम नै भिन्न रूचि हो ।त्यसैले आजको सभ्ययुगमा आएर सबैले एक अर्काको रूचिको सम्मान गर्न सके मात्र समाजमा सद्भाव कायम हुन्छ।
''
अयं निज परोवेति गणना लघुचेतसाम् उदार चरितानां तु वसुधैव कुटुम्बकम् ''
यो आफ्नो यो परार्इ भन्ने गणना गर्नु सानो सोचाइ हुन जान्छ ।उदार मन भएका व्यक्तिका लागि पूरै धरती नै आफन्त हो । विद्धानहरूलार्इ यहाँ भन्दा बढी म अल्पज्ञानीले के भन्नु र । यो मेरो नितान्त निजी सोचाइ हो यसले कसैको पनि मन नदुखोस् भन्न चाहन्छु । October 16 at
Kedar सङ्केत: jo jaslai sambanda 6 unaii mitra harulai. , म सधेै क्लिएर हुन्छु र बोल्छु कुन कुरोको चुरोमा अड्किनु भयो मित्र बन्धुहरु ? , हजार शब्दहरु राम्रा लेखेर काम छैन, एउटै हरफमा अकर्मको ब्याख्या मिल्छ भने । , मैले एउटै कुरा, एउटै प्रश्न मात्र सोधेको छु तर कसैले उक्त प्रश्नको जबाफ नदिएर नाना थरिका कुराले आफ्ना बिचारहरु मात्र माथिल्लो स्तरका थानेर÷कुराहरु गरेर जातीय द्वन्दको असमानन्तर रेखाचित्र कोरेर आकाश सबै मेरै घरको माथि मात्र छ भन्ने एकदम न्युनतम बिचारहरु प्रस्तुत भएको पनि पाईयो ÷देखियो धन्य छ ती बिचारका आत्माहरुलाई ।४, फलाम खानीमा फलाम खोज्दा सून पाउदा त खुसिनै लाग्ला तर सून खानीमा सून खोज्दा फलाम पाउँदाभनेचैँ मन निमोठिनु सान्दर्भिक नै ठहर्ला । , मैलेत दूधलाई दूध र पानीलाई पानी नै हो भनेर भन्ने गर्छु , तर्क गर्छु तर यहाँ दूई चार जना मित्रहरुले सेतो कन्चन दूधमा कालो मसि मिसाएर पिउदै गरेको पाँए । कस्तो स्वाद आयो होला मेरा परम मित्रहरुलाई ? , दशै बहिस्कारको कुरो कसैले गरेको मैले देखिन, जौगाऔ भन्नेमा चै धेरैको लेखहरु पढियो । , श्रीराम गौतम र बलदेभ भट्टका लेखाईका आक्रोशलाई क ख रा पढ्नेले पनि सहजै टुङ्गामा पुर्याइदिन्छन्, मािथल्ला स्थरका लेख्नेहरुलाई आजकलको जमानमा । श्लोक छाटेर÷टासेर म उपल्लो स्तरको काष्ट हुनखोजेको होइन, जो सम्झछन् बहुत, आफैले आफैलाई परम शुद्ध ठानेर काधमा जनैको डोरा भिरेर भट्टि उदि मातेर तँ तल्ला जातको चल्ला भनेर कुर्लने पनि परिएन ।एकदिन एकजना परmमित्र जनै लगाउने साथीले मातेर साह्रै तथानाम भने मलाई सँुगुर अघायो डुड पल्टायोभन्ने उख्खान झट्ट सँझे । पछि मैले यसो भने (बाहुन मातेको अलिक सुहाउदैन मित्र कृष्ण) भन्दा मात्र झसँङ्ग भए, साएद मैले संस्कृत लेखेको पनि अपच्य भयोकी यहाँहरुलाई ? नत्र बागमतीमा बाँढी आँउदा किन पाखा घरको ढोकाका गोबरले लिप्नु हतारमा ? , शास्त्र पढेर मूर्ख नबनून भनेर ल यो हरफहरुले यस्तो ब्याख्यापो दिन्छ भनेकोमैले त । हेनैुस अझै ती हरफहरु र अझै नबुझेमा हाम्रा गीताका शिक्षक नारायण गाँउले जीलाई सोध्नुस । , मेरो प्रश्न नबुजेझैँ पो लाग्यो नारायण जी, मोहन सोरुप जी, श्रीराम गौतम जी र बलदेभ भट्ट जी, मित्रहरुले । ल यस्को उत्तर खोजेर सबैलाई भन्दिनुसन त ?
'
दशैंमाथि सुनियोजित तरिकाले विगत केही वर्षदेखि सङ्गठित रूपमा हमला हुँदै आएको छ ' कहाँ कस्ले गर्याे हमला ? को को मारे? मरे ? अनि कस्ले मारे कहाँ र कस्लाई ? HAPPY BIJAYA DASHAMI 2067 TO ALL OF YOU THOSE WHO CELEBRATE IT. October 16
 Arjun Lamichhane: Wishing u all a very happy, prosperous ,friendly and peaceful Vijaya Dashami. Dashain le sabaiko bhalo garosh, mitrata ko jag bashaosh, ek arka ko samman ko bani basaos. Jaya Dashain. narayn ji lai badhai chha bilsheshanatmak ra sandharmik lekha ko lagi. Alpa gyan bhayenkari kasailai nahosha yehi Dashai ko shubhakaamana.
Tanka Wanem: फेस बुक खोल्ने बितिकै दशैँकै बहस आँखामा ठोकिन आइपुगेको करिव हप्तादिन नाघेकोछ । शुरुमा डा कविताराम श्रेष्ठले "सुन्नु होस दशैं किरातको चाड हो" भन्ने शिर्सकबाट फेस बुकको महल तातेको थियो । येतिवेला नारायण जिको लेखले पनि फेस बुक तताएको रहेछ । वास्त्वमा दशैं सांस्क्रितिक चाडको रुपमा विकास गर्न सके यस्तो विवादमा आउदैन थियो । दशैंलाई किन विरोध गरियो त्यसका पृष्‍ठभूमीहरु नखोजी विरोध गरेकै कुरालाई विरोध गर्नु पनि बुद्दिमानी होईन । केही कुरो नभइ कसैले कसैलाइ विरोध गरिन्दैन । मैले देखेको कुरो पाठकहरु समक्ष्य राख्न चाहन्छु । नेपाल बहुभासिक बहुधर्मिक देश हो । नेपालमा संघिय गण तन्त्रको सही छाप लाग्न सम्विधान लेखिन बाँकी रहे पनि नयाँ सम्विधान नलेखिकन देशले मुक्ती पाउनेवाला छैन । यस्तो अवस्थामा जो गैर्हा हिन्दू हौ भन्नेहरुले आफ्नो चाडबाडलाई पनि राज्यले सौताको ब्यबहार नगरोस भन्ने ठान्छ । दशैँमा १ महिनाको विदा दिने राज्यको जो नितिछ त्यो नितिनै गैर्ह धर्म मान्नेहरुले आफु प्रति समान व्यबहारको तुलोबाट खसालेको भान परेको हुन सक्छ । दशैँमा खुशी साट्ने र आफु भन्दा माथिकोबाट टिका थाप्ने चलन अति राम्रो सम्मानित सांस्क्रिती हो । तर देव देवीको नाममा हजारौं पशु प्राणीको ज्यान लिएर प्रसाद मान्दै रमाउने गरिन्छ । यो पक्षलाई हेर्दा दसैंले हिँसा र भोग बली दिने परम्परालाई उकासेको भान हुन्छ । हिन्दू धर्मको जजनी भारतमा समेत कालिमाको मन्दिर बाहेक अन्य मन्दिरहरुमा यस्तो बली प्रथाको चलन हराइ सकेकोछ त्यसैले यस्तो प्रथा र अन्य धर्म मान्नेहरुको लागि हिँसावादी चाड अर्घेलो लागेको हुन सक्छ । नारायण जीले भन्नु भए जस्तै सबैको सहअस्तित्वलाइ सम्मान गर्दै समय सापेक्ष दशैं मनाउन सकियो भने दशैंको बहस र बहिस्कार यसरी चर्केर जाने छैन । सत्य कुरो दशैं भारतमा विकास भएर नेपालमा आइ पुगेको चाड पनि होईन । नेपालको यकिकरण गर्ने साह बङ्सले आफ्नो जनता भएको स्वीकार गरे कि गरेनन भनेर अन्य जात जातिमा दशैंको विस्तार गर्दै लागेका हुन । यस्मा हिन्दू धर्ममा भएका केही कथाहरु क्रमस जोदिन्दै गएको हो । २४० बर्षको इतिहासमा यो सामान्य कुरो हो । पश्चीम नेपालमा यस्ता प्रमाणहरु कति छन् तर पूर्व नेपालमा यस्का थुप्रै ईतिहास,सनद सवाल,इस्तिहार र हस्त लिखित प्रमाणहरु छ्दै छन् । अव अहिलेको सन्दर्भमा हामीले एक अर्कोमा मान्ने नमाने भनेर दुन्दुभी बजाउनु भन्दा स्व इत्छाले मान्नेको विरोध पनि नगरौ । नमान्नेलाई दशैं मान्न कर पनि नगरौं । समाजको आँखा भन्ने स्रस्टाहरु नै यो विबादमा उत्रिन्छौ भने यो देशले अव अर्को हिँसाको पर्दा च्यात्नेछ । सबैले केही न केही कुरो बुझ्ने खोज्ने र त्यसवारे सही र गलत केहो ? छुट्याउने भएका छन् । दशैंको महिमा गाएर न हाम्रो समस्याको समाधान हुन्छ न विरोध गरेर भलो हुन्छ । देशको सीमाना मिचिन्दा किन बहस हुदैन ? लेन्दुव दोर्जेहरुले देस बेच्न लाग्दा खोइ हाम्रो हुटहुटी ? १२ पल्ट सम्म प्रधान मन्त्री चुन्न नसकेर देस प्रधान मन्त्री विहिन हुँदा किन चुप लागेर बस्छौं ? र दसैंको वारेमा कन्धनी कसेर फेस बुकमा बहस गर्न हाजिर हुन्छौ बरु रास्ट्र र सामुहिक विसयमा वहस गरौंन........दशैँको विसयमा बहस गरेर यति राम्रो फेस बुकको मधुर समन्धलाई किन च्वाट्टै चुँडाउँनु ? October 16 at 10:13pm 
 Kedar सङ्केत : This is only a tiny debate among us , no one needs to take it seriously.. it was not intentionally created to hurt anyone's relationship.. debates only make things come to a certain point where everything is clear.. no one needs to involve their ego between all this.. time will tell itself.. there is no need to pretend anything about this subject there will be no more words from me for this topic. for me this chapter has been closed!!!!!!!!!!!!! October 17
Anju Subedi : Thank you Narayan ji for such relevant issue.I wonder why do people get scared with name Dharma and want to replace it with this or that Name.Religion in today's world has been misused a lot ,but this does not mean religion itself is bad.Both extremes are bad in my opinion,the one who says God is dead,the one who says God does everything.When people cultivates the spiritual feeling,that makes him good person.It is the spirituality in people that is needed ,no sculptures alone.What is there to fuss to link Dashain with Hindu.I am not a christian ,but I respect Christ.Depriving God Durga,symbolic epitome of power,how will we explain the background.There are so many things today that has already sipped in religion and are needed to reform,but religion and god themselves can not be replaced,it is people again who has made the bad version of sth.I read comments too,I wonder why people become mad with facebook,face book mun napare nahere bhai halyo ni,and again one more thing,my words are my mirror where people can see me,so it is not necessary to justify me saying i am polite or mad ,by myself,we are watching people in words and can surmise whose point is what. I am not a scholar,nor i know to write any books.This is my personal opinion. All the Best wishes of Dashai to all of you,May God bless you! October 19

5 comments:

  1. प्याकुरेल जी निकै मनन योग्य र विचारणीय लेखलाइ संग्रह गर्नु भएकोमा यहाँ लाइ र लेखक शिव गाउले दाइ लाइ धेरै धन्यबाद !
    अनि निकै गरमागरम बहस पनि निकै रोचक रहेछ !

    ReplyDelete
  2. सरि है ...नारायण गाउँले हुनु पर्ने ठाउमा शिव गाउले भएको मा !

    ReplyDelete
  3. सहि र यथार्थपरक लागो ।
    -नेपाली केटो

    ReplyDelete
  4. hi, new to the site, thanks.

    ReplyDelete


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।