2010-02-13

फोल्डर हाइलाइट


फोल्डर हाइलाइट एउटा सानो तर कम्प्युटरका फाइल-फोल्डहरूलाइ रंगिन बनाउन निकै उपयोगी टुल हो । यसले जस्तो सुकै फोल्डरको पनि रंग परिवर्तन गर्न सक्छ ।

यद्यपि, विन्डोजमा यसका लागि पूर्ववत् नै फोल्डरका आइकन लाइ कस्टमाइज गर्न सकिने सुविधाहरू उपलब्ध नभएका भने होइनन् । तर विन्डोजमा भएको भन्दा छोटो अनि सबैका लागी सहज र सरल छ यो प्रोग्राम । तपाइ, फूले रंग परिवर्तन गर्न चाहेको फोल्डरलाइ right-click गरेर चाहे अनुरूपको रँग विना अन्य झन्झट नै परिवर्तन सक्नुहुनेछ । यसबाट, तपाइले चाहेको रँग परिवर्तन गर्दा स्मरण गर्न सजिलो त हुन्छ नै साथै विभिन्न रँगका कारण फोल्डर पत्ता लगाउन पनि सहज हुन जान्छ ।

शा छ तपाइहरूलाइ यो प्रोग्राम मन पर्ने छ । यो तलको लिङ्कमा क्लिक गरि डाउनलोड गर्नुहोस् र तपाइको  कम्प्युटरमा यसलाइ इन्सटल गरेर यसको फाइदा उठाउनुहोस् ।
डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् वा यहाँ क्लिक गर्नुहोस्।

1 comment:

  1. सार्है उपयोगी जानकारी पस्कनुभयो तपाईले । मेलै पनि डाउलोड गरी हाले है । धन्यवाद है जानकारीका लागि ।

    ReplyDelete


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।