2010-01-02

जनताको बहुदलीय जनवादको मार्गदर्शन



जनताको बहुदलीय जनवादको मार्गदर्शन
२०६६ जेठमा प्रकाशित 'नवयुग' को यो अङ्क जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रतिप्रति र्समर्पण गर्न चाहन्छौ
०५० जेठ ३ गते आफ्ना घनिष्ठ सहयोद्धा जीवराज आश्रतिसगै षडयन्त्रपर्ूण्ा हत्याको निशाना बन्नुभएको थियो जननेता मदन भण्डारी । त्यसयता १५ वर्षरु बितिसकेका छन् । यी उथलपुथलका, अनिश्चयका वर्षरुमा पनि आफ्नो भौतिक अनुपस्थितिका बाबजुद मदन भण्डारी बाचिरहनुभयो, नेकपा -एमाले)पङ्क्तिबीच मात्र हैन, राष्ट्रिय राजनीतिका अनेक महत्वपर्ूण्ा घटना-परिघटना र कतिपय अन्तराष्ट्रिय प्रसङ्गहरुमा समेत । मदन भण्डारी बाचिरहनुभयो, वैचारिक पथपर््रदर्शक बनेर, आदर्श र प्रेरणाको स्रोत बनेर । भौतिक रुपमा जीवित रहदा जाज्वल्यमान विचारको प्रवाहमा बाचिरहनुभयो र आफ्नो भौतिक अवसानपछि पनि विचारको प्रज्वलनलाई कायम राख्नुभयो, मदन भण्डारीले । जीवित रहुञ्जेल नेकपा -एमाले)को अत्यन्त प्रिय र आदरणीय नेतामा मात्र सीमित रहनुभएन जननेता मदन भण्डारी, नेपालमा मार्क्सवादको सिर्जनात्मक प्रयोगका प्रणेता र त्यसको कुशल व्याख्यातासमेत रहनुभयो उहा। आज पनि सबैले बुझदछन्- नेकपा -एमाले), मदन भण्डारी र जनताको बहुदलीय जनवाद अन्योन्याश्रति छन्, छुट्याउनै नसकिने गरी अन्तरसम्बन्धित छन् । र, तीनवटै विषयको सम्बन्ध-सेतु बनेको छ, नेकपा -एमाले) । जनताको बहुदलीय जनवादको अभावमा नेकपा -एमाले)को अस्तित्व सम्भव छैन र जननेता मदन भण्डारीलाई अलग गरेर जनताको बहुदलीय जनवादको सार र महत्वलाई बुझन नै सकिन्न ।
जनताको बहुदलीय जनवादलाई आत्मसात गरेर अथवा यसको मार्गनिर्देशनमा रहेर नेकपा
-एमाले) ले १७ वर्षबिताइसकेको छ । यसबीचमा नेकपा -एमाले)ले जबजको प्रबल पक्षपोषण गरिरह्यो । कार्यक्रमिक रुपमा मात्र होइन, आफ्ना काम र विचारलाई मार्गनिर्देशन गर्ने विचारका रुपमा समेत जबजलाई अगाडि सार्यो । आफ्नो सर्न्दर्भमा र समग्र नेपालको सर्न्दर्भमा मार्क्सवाद-लेनिनवादसगै जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रुपमा समेत नेकपा -एमाले)ले प्रस्तुत गरिसकेको छ । जनताको बहुुदलीय जनवादप्रति नेकपा -एमाले)को यो उचाइको प्रतिबद्धता र पक्षपोषणलाई जोकसैले पनि बुझन सक्दछ, यद्यपि विगतका अन्य कालखण्डमा जबजकै नाममा नेकपा -एमाले)बाट भएका काम र कतिपय व्यवहारहरु टिप्पणीका विषय बनेका छन्, गम्भीर समीक्षाका विषय पनि बनेका छन् । आज जनताको बहुदलीय जनवादको अपरिहार्यताबोध गरिरहेको, यसकै मार्गनिर्देशनमा अगाडि बढ्ने सङ्कल्प गरिरहेको र यसका लागि स्वयम् जबजलाई समेत समृद्ध बनाउदै अगाडि बढ्नुपर्ने अठोट लिएको नेकपा -एमाले)को नेतृत्व अवसर र चुनौतीहरूको बीचमा छ । खासगरी सहमतिको राष्ट्रिय राजनीतिलाई कुशलतापर्ूवक नेतृत्व गर्न यतिबेला प्राप्त भएको अवसरलाई कुशलताका साथ सफलतामा पुर्याउनर्ैपर्छ एमालेले । जबजको निर्देशनमा अगाडि बढिरहने र यसो गर्दै स्वयम् जबजलाई समेत समृद्ध बनाउने दुबै काम एमालेले गर्नैपर्छ, गर्ने आट गर्नैपर्छ यतिबेला । मदन-आश्रतिको १६ औस्मृतिदिवस मनाइरहेका बेला नेकपा -एमाले)सम्बद्ध हामी सबैले आफ्नो यो अपरिहार्य भूमिकालाई बुझ्नर्ैपर्छ ।

'नवयुग'को यस अङ्कलाई यसै पर्रि्रेक्ष्यमा हामीले ँजननेता मदन भण्डारी/जबज विशेषाङ्कका रुपमा प्रस्तुत गरेका छौ। जबजका सर्न्दर्भमा अहिले माथि उल्लिखित आवश्यकतालाई मध्यनजर गर्दै हामीले यसका सामग्रीहरुको संयोजन गरेका छौ। धेरै साथीहरुले नेकपा -एमाले), जबज र मदन भण्डारीमा केन्द्रित गरेर तथा यी तीनवटै विषयका अन्तरसम्बन्धलाई केन्द्रित गरिकन आफ्ना रचनाहरु तयार गर्नुभएको छ । वास्तवमा विविध कोणहरुबाट नेकपा -एमाले), जबज र मदन भण्डारीबीचको अन्योन्याश्रति सम्बन्धलाई केलाउने प्रयत्न गर्नुभएको छ साथीहरुले । समीक्षा र विश्लेषणमा मात्र हैन, जबजलाई समृद्ध बनाउने सर्न्दर्भमा समेत साथीहरूले केही नयाप्रस्ताव अगाडि सार्नुभएको छ । समग्रमा जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारीका विषयमा यस विशेषाङ्कमा अत्यन्त उपयोगी सामग्रीहरु समेट्न सफल भयौभन्ने हामीलाई लागेको छ ।
अहिले मुलुकमा राष्ट्रिय सहमति आवश्यक छ, राष्ट्रिय सहमतिको राजनीति आवश्यक छ । यसैले राष्ट्रिय सहमतिको सरकार आवश्यक छ । र, स्थितिले नेकपा -एमाले) लाई यस ऐतिहासिक कामको नेतृत्व गर्ने जिम्मेवारीमा पुर्याएको छ । हाम्रो पार्टर्ीी लागि यो ऐतिहासिक अवसर त हो नै । तर जबजको निर्देशनमा पार्टर्ीी यो अभिभारा कसरी पूरा गर्ला भनेर कतिपय मानिसहरूको मनमा आशङ्का पनि छ । विगतका कतिपय समयमा जबजकै नाममा एमालेबाट भएका अनुचित र विसङ्गत कुराहरूले मानिसहरूलाई झस्काएको कारणले पनि यस्तो आशङ्का उत्पन्न भएको छ । त्यसैले अहिले राष्ट्रलाई नेतृत्व गर्न पाएको ऐतिहासिक अवसरलाई एमालेले तत्कालको राष्ट्रिय सहमतिको राजनीतिलाई कुशलताकासाथ नेतृत्व गर्ने मात्र होइन, जनताको बहुदलीय जनवादलाई नयाउचाइमा स्थापित गर्ने ऐतिहासिक अभिभाराका रूपमा पनि लिनु पर्दछ ।
'नवयुग'को यस अङ्कमार्फ् हामी जनताको बहुदलीय जनवादप्रतिको पर्ूण्ा प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं र जननेता मदन भण्डारीका महत्वपर्ूण्ा विचार र योगदानप्रति हार्दिक श्रद्धापर्ूवक सम्मान पनि व्यक्त गर्न
चाहन्छौं ।

खाका अपूरो लाग्यो
सम्पादकज्यू,
२०६६ को वैशाख अङ्क पढें । नयावर्षो सुरुआतमा 'नवयुग'ले आफ्ना पाठकहरुलाई दिन खोजेका सामग्री र सन्देश मननयोग्य छन् । खासगरी, राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा रहेको संविधान निर्माणको कामलाई आफ्नो पार्टर्ीी अवधारणाहरुमार्फ् अघि बढाउने सिलसिलामा प्रस्तुत नयासंविधानको प्रस्तावित खाका पढ्न पाउदा खुसी लाग्यो । पार्टर्ीीरा प्रस्तावित सङ्घहरुको स्पष्ट खाकासहित राज्यको पुनःसंरचना र नयासंविधानको खाका जतिसक्दो छिटो जनसमक्ष ल्याउनु आवश्यक छ । तर, त्यतापट्ट िपार्टर्ीी त्यति साह्रै ध्यान नदिएको जस्तो लागेको छ । पार्टर्ीी सन्तुलित, वैज्ञानिक र सही खाका जनसमक्ष ल्याउन केले रोकिरहेको छ - बुझ्न सकिएन । त्यसैले, छलफलका लागि प्रस्तुत गरिएको नयासंविधानको खाका पनि अपूरो लाग्यो ।
यस्ता विषयमा पार्टर्ीीे गतिशीलता, सक्रियता र ध्यान व्यवहारमा अनुभूति हुने गरी देखिनुपर्यो । 'नवयुग'मार्फ् सम्पर्ूण्ा न्यायपे्रमी जनसमुदायमा हार्दिक शुभकामना
- हरिहर पौडेल
नागढुङ्गा, कास्की


विश्वमामिला चाहियो
हाम्रो पार्टर्ीीे मुखपत्रका रुपमा प्रकाशन हुदै आइरहेको 'नवयुग' मासिकको म नियमित ग्राहक हु। पत्रिका विचारप्रधान छ । पार्टर्ीी महत्वपर्ूण्ा निर्ण्र्ाार विचार एवम् समसामयिक विषयवस्तुहरुमा सुस्पष्ट दृष्टिकोणहरु आइरहेका छन् । यसलाई अझ परिस्कृत र पठनीय बनाउन विश्व कम्युनिस्ट आन्दोलनको इतिहास तथा वर्तमान अवस्थासम्बन्धमा स्थायी स्तम्भ प्रकाशित गर्ने सुझाव दिन चाहन्छु ।
- कर्ण्र्ााादुर थापा
अखिल नेपाल किसान महासङ्घ, सदस्य, जिल्ला समिति, म्याग्दी
दासढुङ्गाको रहस्य खोतल्नुपर्यो
छलकपटरहित र निडर विचारकका रूपमा स्थापित राजनेताको त्रासद् अवसान भएको १५ वर्षपूरा भइसकेछ । उहाकोे त्यो अकल्पनीय मृत्युले सम्पर्ूण्ा देशका साथै मेरो गाउलाई पनि शोकाकुल बनाएको थियो । त्यसले इतिहासका शिखरपुरुषप्रति ममा अगाध श्रद्धा पलायो जो उमेरको बढाइसगै निरन्तर बढ्दै गयो ।
समकालीन विश्वपरिस्थिति, पुजीवादको दबदबा, विश्वव्यापीकरणको कालो भूतलाई अघि सारेर पुजीवादीहरूले विश्वमा फैलाइरहेको नवउपनिवेशवाद र तत्कालीन र्-वर्तमान -) विश्वकम्युनिस्ट आन्दोलनको तथ्यपर्ूण्ा र वैज्ञानिक विश्लेषणसहित जननेता मदन भण्डारीले अघि सारेको विचार जनताको बहुदलीय जनवाद -जबज)का बारेमा मेरो त्यो बालहृदय पक्कै जानकार थिएन तर जबजब मदन भण्डारीका रचनाहरू र विचारहरूको अध्ययन गर्न थालेतबतब म यो निष्कर्षा पुगेकि समकालीन विश्वकम्युनिस्ट आन्दोलनमा साच्चैको कार्लमार्क्स नेपाली भूमिमा रहेको भन्ने 'न्युजविक'को विश्लेषण सही रहेछ । उहाको विचारमा रहेको स्पष्टता र जनताप्रतिको निर्ःशर्त र्समर्पणभाव बुझ्न सकिने गरी अन्त कहीपढ्न पाएको छैन । त्यो अद्भूत क्षमता, राष्ट्रवादिता एवम् राष्ट्रिय हितप्रतिको अडानले नै सायद उहालाई त्यस किसिमको मृत्युवरण गर्ने बाटोमा पुर्याइयो भन्ने मेरो मान्यता छ । साम्राज्यवाद, विस्तारवाद र प्रभुत्ववादप्रतिको उहाको त्यो स्पष्ट र प्रतिबद्ध दृष्टिकोण तथा अडानलाई कसैले किन्न सकेन र किन्न नसकेकै कारण उहाहरूलाई भौतिक रूपमा समाप्त पार्न बैरीहरूले षड्यन्त्र गरे । यो कुरा जगजाहेर भएको कुरा हो । तर, नेपाली राजनीतिका खेलाडीहरू त्यस कुरालाई खोतल्न किन हिच्किचाइरहेका छन् - त्यो अचम्मलाग्दो विषय बनेको छ ।
जननेता मदन भण्डारीले यो स्थानमा पुर्याइदिएको र भण्डारीले देखाएकै बाटोमा हिडिरहेको पार्टर्ीीेकपा -एमाले)का जिम्मेवार नेताहरूले मदन-आश्रतिको प्रत्येक स्मृतिदिवसका अवसरमा उहाहरूका हत्यारा पत्ता लगाइछाड्ने भाषण गर्नहुन्छ र जनतामा एक किसिमको आशा सञ्चारित गरिदिनुहुन्छ । तर, त्यसको भोलिपल्टैदेखि त्यस विषयमा एउटा शब्द सुन्न पनि गाह्रो पर्छ । दीनहीन र गरिब नेपाली जनताका आशाको केन्द्र बनेका जनप्रिय नेताको रहस्यमय हत्या कहिलेसम्म रहस्यको गर्भमै रहने हो - थाहा छैन । आफ्नो भौतिक जीवन सुम्पेर भए पनि देशलाई हार्न नदिने राजनेताप्रति हार्दिक श्रद्धाञ्जलि
- जनार्दन बराल, सिन्धुली

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।