2009-12-22

हामी

अधिकार दिने पनि हामी,
अधिकार खोस्ने पनि हामी
अधिकार माग्ने पनि हामी
अनि फेरि
सडक तताउने पनि हामी
मर्ने पनि हामी
मार्न लगाउने लाइसेन्स दिने पनि हामी
पाल्ने पनि हामी
हिैसा गर्ने पनि हामी
हिंसा गराउने पनि हामी
भत्काउने पनि हामी

नारा लगाउने हामी
टायर बाल्ने हामी
रत्नपार्कको बार भत्काउने हामी
छिमेकीको मिचाइ सहने नी हामी
मेलम्चीको अाश गर्ने हामी
भतुवालाइ पाल्ने हामी
गद्दारको सरण हामी
राष्ट्रद्रोहीको सेवब हामी
के के हो के के
सबै हामी नै त हुम ।
यो वाहियात नाटक
किन गर्ने हामी ?



- विष्णु प्याकुरेल, उदयपुर, हाल अरब

2 comments:

  1. dhanywad chh. yati shrijanatmak nirmaan ka lagi. dherai gajyang- gujulto nahos. angreji ma bhanchhan ni User friendly hos.
    badhaai.
    Subodh

    ReplyDelete
  2. तर यही हामी भित्र धेरै 'म' मिसिएको छ ।

    ReplyDelete


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।