2009-12-28

समाचार सार

http://www.dainikee.com/newscategory-1.html 28 December, 2009
• राजनीति
• माओबादी स्थायी समिति बैठक आज पनि
• काठमाडौं, १३ पुस (दैनिकी)
• चौथो चरणको आन्दोलनका थप कार्यक्रम गर्न एकीकृत नेकपा माओवादीको स्थायी समिति र पोलिटव्युरो वैठक आज वस्ने भएको छ। स्थायी समिति र पोलिटव्युरो वैठकको आज वस्ने वैठकले तयार पार्ने आन्दोलनका कार्यक्रम १५ गते वस्ने केन्द्रिय समितिको वैठकले अन्तिम रुप दिने माओवादी प्रवत्ता दिननाथ शर्माले जानकारी दिनुभयो। सदस्यहरूको कार्यव्यस्तताका कारण हिजो बस्ने भनिएको दुवै बैठक आजको लागि सारिएको हो।

संसदमा सभासदहरुको आरोप प्रत्यारोप
• काठमाडौं, १२ पुस (दैनिकी)
• व्यवस्थापिका संसदको आज बसेको बैठमा एकीकृत नेकपा माओवादीका सभासद्हरुले आफ्नो पार्टी कार्यकर्तालाई झुठा मुद्दा लगाएर राज्य आतंक मच्चाएको आरोप लगाएका छन् । माओवादी सभासद्हरुले भारतीय सेनापतिले नेपालको शान्ति प्रक्रिया विरुद्ध खुलेआम अभिव्यक्ति दिँदासमेत सरकार मौन बसेको आरोप लगाएका छन् । व्यवस्थापिका संसदको आज बसेको बैठकको शून्य र विशेश समयमा माओवादी सभासदहरुले द्वन्दका क्रममा नागरिक वेपत्ता पार्ने व् बाँकी»
प्रधानमन्त्री नेपाल चीनको सियानमा
• काठमाडौं, १२ पुस (दैनिकी)
• चीन भ्रमणमा जानुभएका प्रधानन्त्री माधवकुमार नेपाल आज सान्ची प्रान्तको सदरमुकाम सियान पुग्नुभएको छ । चिनको स्वशासित क्षेत्र तिब्बतको ल्हासाबाट सियान पुग्नुभएका प्रधानमन्त्री नेपालले आज साँझ सियान प्रान्तका गभर्नर या युआन छुवाङ छिङसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री भोलि चिनको राजधानी बेइजिङ पुग्नु हुनेछ । प्रधानमन्त्री नेपालले आज ल्हासाका विभिन्न क्षेत्रको निरीक्षण गर्नुभयो । बाँकी»
देशभक्त युवाहरु एक जुट हुन आग्रह : पुन
• रोहित कुमार मण्डल लहान,१२ पुस
• योङ् कम्युनिष्ट लीग, नेपाल –वाई.सी.एल.) का केन्द्रीय संयोजक तथा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य गणेशमान पुनले राष्ट्रिय स्वाधीनता र वैदेशिक हस्तक्षेप विरुद्ध सम्पूर्ण देश भक्त गणतन्त्रवादी युवाहरुको वृहत् मोर्चा बन्नु पर्नेमा जोड दिनु भएको छ। बाँकी»
• आज ब्यवस्थापिका संसदको बैठक
• काठमाडौं, १२ पुस (दैनिकी)
• लामो समयदेखि सुचारु हुन नसक्दा विभिन्न महत्वपूर्ण विधेयकहरुमाथिको छलफललाई निरन्तरता दिन नसकेको ब्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बैठक अपरान्ह सविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा बिभिन्न बिधेयकहरु पेस गर्ने कार्यक्रम रहेको छ । आजको बैठकमा लामो समयदेखि पेण्डीङ बनेको गणतन्त्र संस्थागत गर्ने संबन्धी विधेयक सहीतका विधेयकहरु पेश गर्ने कार्यक्रम रहेको छ । बैठक एक बजे बस्ने कार्यक्रम रहेको छ । बाँकी»
• सूदले एकाबिहानै प्रचण्डलाई भेटे
• काठमाडौं, १२ पुस(दैनिकी)
• नेपालका लागि भारतीय राजदूत राकेश सूदले आइतबार बिहानै प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेका छन । भेटमा राजदूत सूदले केही दिनअघि प्रचण्डले अबको वार्ता सोझै दिल्लीसँग गर्ने भनेर सार्वजनिक मञ्चमा गरेको भाषणका बारे दिल्लीको चासो व्यक्त गरेको स्रोतले बतायो ।
सूद भेटका लागि प्रचण्ड निवास नयाँबजार पुगेका थिए । बाँकी»
• प्रधानमन्त्रीद्वारा पोतला दरबारको अवलोकन
• ल्हासा , १२ पुस (दैनिकी)
• सात दिने औपचारिक चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री माधवकुमार नेपालको आइतबार बिहान ल्हासाको प्रसिद्ध पोतला दरबारको अवलोकन गर्नु भयो । उहाँले आजै त्यहाँको प्रसिद्ध झोखाङ मन्दिरको अवलोकन भ्रमण गरी अपराहृन सान्सी प्रान्तको सदरमुकाम सिआन जाने कार्यक्रम छ । यसअघि गए राती उहाँको सम्मानमा तिब्बत स्वासित क्षेत्र सरकारका अध्यक्ष सिङ्ता पिङ्छोले शनिबार रात्रि भोजको आयोजना गर्नुभयो । बाँकी»
• बन्दले १० जिल्ला प्रभावित
• हप्तादिन बित्न नपाउँदै पुनः राष्ट्रिय जनमोर्चाको बन्द आहवानका कारण सर्वसाधारणहरु ठूलो मारमा
• विजय नेपाल पोखरा, १२ पुस
• संघीयताको बिरोधमा आन्दोलित राष्ट्रिय जनमोर्चाले पूर्वघोषित कार्यक्रम अन्तर्गत आज गण्डकी र धौलागिरी अञ्चल बन्द गराएको छ। बन्दका कारण दुई अञ्चलका १० जिल्लाको जनजीवन प्रभावित बनेको छ।
बन्दले सवारी, उद्योगधन्दा, कलकारखाना, शिक्षण संस्था, पसल खुल्न सकेका छैनन्।
प्रमुख पर्यटकीय सहर पोखराको जनजीवन पनि बन्दका कारण प्रभावित बन्न पुगेको छ। एकीकृत नेकपा माओवादीले गत पुस ५ देखि लगातार ३ दिन बन्द आहवान गरेको ह बाँकी»
• २५ दलको बैठक सम्पन्न
• काठमाडौं, ११ पुष (दैनिकी)
• चीन भ्रमणबारे जानकारी दिन प्रधानमन्त्री माधवकुमार नेपालले शनिबार विहान आयोजना गर्नुएको २५ राजनीतिक दलको बैठक सम्पन्न भएको छ। बैठकमा प्रधानमन्त्री नेपालले आफ्नो चीन भ्रमणका कार्यसूचीहरुका बारेमा संविधानसभामा रहेका दलहरुलाई जानकारी दिनुभएको थियो।नेपाल र चीनका बीचमा रहेको हार्दिक र मैत्रीपूर्ण सम्बन्धलाई आफ्नो भ्रमणले अझ प्रगाढ बनाउने अपेक्षा गरेको बताउ“दै प्रधानमन्त्री नेपालले चिनियाँ उच्च नेतृत्वस बाँकी»
• माओवादीले भन्यो- टीका विष्ट आफैले आत्महत्या गर्न खोजेकी हुन
• काठमाडौं, ११ पुष (दैनिकी)
माओवादीले टीका विष्ट आफैले आफ्नो हात चिरेर आत्महत्या गर्न भीरबाट हाम्फेली र पछी षडयन्त्रमूलक ढ‌गले आक्रमण भएको बताएकी आरोप लगाएको छ । माओवादीको कथित छानबिन समितिको प्रतिवदेनमा भनिएको छ -"घटनाको पृष्ठभूमि र घटना अत्यन्तै सुनियोजित छ, घटनामा निज टीका विष्टलाई योजनाबद्ध ढंगले प्रयोग गरिएको छ। तथ्य छिपाएर राजनीतिकरण गरिएको छ।" बाँकी»

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।