2009-12-12

संविधान लेख्नेहरू मसाज सेन्टर धाउँदा रै छन्


विकासका नाराहरू जताततै छरिएका छन् ।
संविधान लेख्नेहरू मसाज सेन्टर धाउँदा रै'छन् ।
कामरेडहरू मृतसंस्था (राज संस्था) बेला बेला ब्युँताउँछन् ।
कस्ले बुझ्ने नुन लिन कालिकोटे दुइदिन अझै धाउदैछन् ।।


कोही छैन बुझी दिने नेपालीको दुःख-मर्म ।
जन्मेनछन् नेता यहाँ मात्र जान्ने कर्म गर्न ।
कार भित्र बेकारमा जान्ने रै छौ कुरा गर्न ।
बुझिदेउन हे नेता हो कस्तो हुन्छ देश प्रेम ।।


नयाँ नेपाल हैन हाम्लार्इ , विकसित नेपाल चाहिएको छ ,
थोत्रा भाषण अति भो , गर्ने हात चाहिएको छ ।
नेता मात्र होइन अब राष्ट्र सेवक चहिएको छ,
हेपाहा छिमेकी टुङ्गो लाउन नेपाली लादेन चाहिएको छ ।


कसरी बन्छ नयाँ नेपाल अनुहार त त्यही पुरानै छ ?
बाग्मतीमा ढल छ , भित्र पशुपतिनाथमा विदेशी छ ।
सरकार विनाको शासनमा देश चलेको छ ।
कुर्सी ताना तान छ , देश भरी हानाहान छ ,


............शायद नयाँ नेपाल यस्तै हुन्छ ।।।

विष्णु प्याकुरेल, उदयपुर

2 comments:

  1. बोलीमा मात्रै हुने "नयाँ नेपाल मलाइ पनि चाहिएन।

    नयाँ नेपाल हैन हाम्लार्इ , विकसित नेपाल चाहिएको छ

    यसमा मेरो पनि समर्थन ।

    ReplyDelete
  2. नयाँ नेपाल हैन हाम्लार्इ , विकसित नेपाल चाहिएको छ ,
    थोत्रा भाषण अति भो , गर्ने हात चाहिएको छ ।
    नेता मात्र होइन अब राष्ट्र सेवक चहिएको छ,
    हेपाहा छिमेकी टुङ्गो लाउन नेपाली लादेन चाहिएको छ ।

    राम्रो विचार !!

    ReplyDelete


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।