2011-02-26

अनुत्तरित प्रश्न - २


थाहा छैन
म के को खोजीमा छु
म किन यसै भौँतारिन्छु
म देख्छु, मान्छेहरू-
निश्चिन्त, निस्फिक्री
म देख्छु मेरै वरिपरि
प्रफुल्ल र उत्साहित
मानव अस्थिपञ्जरहरू
आनन्दले बसेका
अनि
आफैलाई सोध्छु  
किन सक्दिनँ म रमाउन
अशान्त मनको शान्ति प्राप्तिमा
विचलित मनको स्थिर खोजमा
यी भीडहरूमा, यी बस्तीहरूमा
शान्ति, स्थिरता र उत्साहका
बीजहरूको खोजीमा
म उत्तर खोज्दै छु
अन्तिम शान्तिका लागी ।।।
(
एक मित्रको केही शब्दहरू सापट लिँदै)
फाल्गुन १४, २०६८ -विष्णु प्याकुरेल, उदयपुर हाल अरब