2010-01-02

म आफूलाइ मात्र एक सामान्य, आम नागरिक भन्न रूचाउँछु । यहाँ मैले मेरा केही भावनाहरू पोख्ने जमर्को गरेको छु । साथै विभिन्न स्रोत र माध्यमहरूबाट केही मित्रहरूको पूर्व स्वीकृत लिएर मात्र कविताहरू राखेको छु ।



राजनैतिक विचारहरू भने मैले संवन्धित पार्टिका उपलब्ध Web Sites मार्फत COPY/PASTE जस्ताको त्यस्तै मेरो संकलन हेतु राखेको छु । यदी यो गैह्र कानूनी हुन गएको छ भने कृपया मलाइ जानकारी गराइ सहयोग गरिदिनु हुनेछ भन्ने विस्वास गरेको छु ।

यसमा म सम्वन्धित मेरा आफ्ना भावनाहरूसंगको सम्मती वा विमती जे पनि हुन सक्छ, म स्वतन्त्र विचार बोक्छु त्यसर्थ स्वतन्त्र भएरै आफ्ना विचारहरू यहाँहरू समक्ष प्रस्तुत गरेको पनि छु । कसैसंगको वैरभाव मेरो छैन, यदी मेरो विचार राजनैतिक छ भने ।





देश भन्दा ठूलो र महत्वपूर्ण केही पनि हुनै सक्दैन । वर्तमान अस्थिरमयी राजनैतिक उहापोहले जन्माएको बबन्डरबाट कोही अछुत रहन सकेको छैन । स्कूले साना केटाकेटी देखि लिएर डाक्टर इन्जिनियर, उद्धोगपति, प्राध्यापक, अथवा एक सामान्य जीवन व्यतीत गरिरहेको सामान्य खेती-कृषक सबै सबैलाइ यो आँधीले गाँजेको छ । डसेको छ । पिरोलेको छ । अनि पिडित छन् हरेक व्यक्ती र समाज ।





अन्योलमयी यथार्थबाट गुज्री रहेका हामी सम्पूर्ण नेपालीहरू, जहाँ एकछाक खान र एक धरो लुगाले आँङ छोप्न सम्म पनि नसकिरहकै बेला खुट्टामा चप्पल पिटिक पिटिक पार्दै सिँहदरबारको गेटबाट भित्र छिराएका थियोँ हाम्रा महान नेताहरूलाइ ।




गणराज्य र उपराज्यको निरन्तर विस्तारका कारण राष्ट्र पतन को महाकुम्भमा होमिन सिवाय अर्को कुनै लक्षण देख्दिन म त । एउटा सम्पूर्ण सिंगो राज्य जब गण वा उप हुन्छ, तब ती उप वा गण भित्रैको वैचारिक मतभेद, गण-गण विचकै सिमा विवाद अनि यसको सिधा फाइदा भने विदेशी क्रान्ताहरू नै उठाउने छन् ।


यो मुलुक अब सर्वनास र पतनको कगारमा ठिंग उभिएको छ । भोलिका दिनहरू नेपाल र नेपालीका लागी अझ प्रलयकारी बन्दै जाने छ । सम्भवतः विलयको अधोगती तिर उन्मुख नेपाल हाम्रो भागमा पुर्पुरोमा हात राखेर रूनु सियाव केही हुने छैन । ज मेरो कुरो धेरैलाइ चित्त नबुझ्ला तर यही स्थीती कायम रहेमा यो अवश्यमभावी छ ।