2013-10-14

भोट माग्न जानेलाई भन्नुहोेस् र भन्न लगाउनुहोस् !

फेसबुकबाट कपि गरेर यहाँ पोस्ट गरेको हुँ । तपाइले पनि कपि पेस्ट गर्न सक्नुहुनेछ ।
...................
भोट माग्न जानेलाई भन्नुहोेस् र भन्न लगाउनुहोस् ! १.तिम्रो घोषणा–पत्रमा कालापानी, सुस्तादेखि मानेभञ्ज्याङसम्मको भारत अतिक्रमित भूमी नेपालको हो भनि लेखिएको हुन्छ कि हुँदैन ? २.तिम्रो घोषणा–पत्रमा देश लुटेरा अपराधिहरुको सम्पत्तिको राष्ट्रियकरण र त्यस्तामाथि कार्वाहिको प्रतिबद्धता हुन्छ कि हुँदैन ? ३.तिम्रो घोषणा–पत्रमा देशलाई लुटेर जोडिएको तिमी तिम्रा आसेपासेहरुको जायजेथाको स्वेतपत्र जारि गर्ने बाचा हुन्छ कि हुँदैन ? ४.तिम्रो घोषणा–पत्रमा सन् १९५० लगायतका अपमानजनक संधि–संझौताहरुको खारेजिको विषय पर्छ कि पर्दैन ? ५.तिम्रो घोषणा–पत्रमा भारतिय अतिक्रमणको मूख्य श्रोतका रुपमा रहेको खुला सिमाना बन्द गर्ने संकल्प हुन्छ कि हुँदैन ? ६.तिम्रो घोषणा–पत्रमा ‘जन्म’का आधारमा बाँडिएका नक्कलि नागरिकताहरुको खारेजिको बचनबद्धता हुन्छ कि हुँदैन ? ७.तिम्रो घोषणा–पत्रमा विदेशिएका नेपालीहरुको रोजगारि सहित घर फिर्तिको कार्यक्रमिक योजना हुन्छ कि हुँदैन ? ८.तिम्रो घोषणा–पत्रमा देशभित्रका बेरोजगारहरुलाई रोजगारिको ग्यारेन्टी सहितको विकास योजना हुन्छ कि हुँदैन ? ९.तिम्रो घोषणा–पत्रमा किसानहरुद्वारा उत्पादित उपभोग्य सामग्रीहरुको बजार र मूल्यको ग्यारेन्टीको बचन हुन्छ कि हुँदैन ? १०.तिम्रो घोषणा–पत्रमा आफ्नै पार्टीभित्रका विदेशी गुप्तचरहरुलाई निकाल्ने इच्छाशक्ति प्रकट हुन्छ कि हुँदैन ? ११.तिम्रो घोषणा–पत्रमा वीरेन्द्र, मदन भण्डारी, जमिम साहहरुका हत्याराहरुमाथि कार्वाहिको अडान हुन्छ कि हुँदैन ? १२.तिम्रो घोषणा–पत्रमा नेपालभित्र भारतिय पुलिस र सेनाहरुको आक्रमणकारि घुसपैठको निन्दा हुन्छ कि हुँदैन ? १३.तिम्रो घोषणा–पत्रमा आफ्नो पार्टीको सामन्ति व्यक्तिवादी संरचनाको लोकतान्त्रिकिकरण गर्ने प्रतिज्ञा हुन्छ कि हुँदैन ? १४.तिम्रो घोषणा–पत्रमा आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने विदेशि दुताबासहरु बन्द गर्ने देशभक्तिको आवाज हुन्छ कि हुँदैन ? १५.तिम्रो घोषणा–पत्रमा भ्रष्टाचार, लुट, विदेशिको दलालि गर्ने दलहरुमाथि प्रतिबन्धको व्यवस्था हुन्छ कि हुँदैन ? १६.तिम्रो घोषणा–पत्रमा अनाहकमा मारिएका २० हजार नेपाली र तिनका परिवारहरुको जीवनको भर्पाइ हुन्छ कि हुँदैन ? १७.तिम्रो घोषणा–पत्रमा अघिल्लो संविधानसभालाई शिखण्डीहरुको मञ्च बनाएकोमा प्रायश्चित हुन्छ कि हुँदैन ? १८.तिम्रो घोषणा–पत्रमा फेरि संविधान नबने खाएको तलब भत्ता सावाँ ब्याज सहित तिर्ने कबोल हुन्छ कि हुँदैन ? १९.तिम्रो घोषणा–पत्रमा निर्वाचितहरुले बाचानुसार काम नगरे पदबाट बर्खास्त गर्ने मतदाताको प्रत्याह्वानको अधिकार हुन्छ कि हुँदैन ? २०.तिम्रो घोषणा–पत्रमा तिम्रो तन्त्रले देश किन भाँड्यो भन्ने प्रश्नको जबाफ हुन्छ कि हुँदैन ? यदि यी मध्ये कुनै पनि कुराहरु हुँदैनन् भने तिम्रो चुनावी घोषणा–पत्रमा देश र जनताका लागि बाँकि के हुन्छ ? यी कुनै पनि कुरा नहुने तिम्रो चुनावसंग देश र जनताको के संबन्ध हुन्छ ? तिम्रो नेपालीपन अब के कुराले बाँकि राख्दछ ? विदेशिहरुको रणनीति कार्यान्वयन गरेर र तिनीहरुप्रतिको बफादारिता सिद्ध गरेर कुर्सिमा पुगि देश लुट्ने तथा राज्यको पुनर्संरचनाको बहानामा विदेशि योजनामा देशको बँटवारा गर्ने मात्र तिमीहरुको योजना हो भने तिमीहरु गर्भमैं तुहिनु पर्ने मातृघातिहरु हौ । तिमीहरु जस्ता ‘साइलक’हरुलाई भोट हाल्नु भन्दा अरु एक पुस्ता कष्ट बेहोरेर सदाका लागि तिम्रो चंगुलबाट मुक्त हुन उचित छ ।

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।