2011-05-04

गन्थन

एक्काइशौं शताब्दी सम्म आइपुग्दा पनि अझै हाम्रा केही मित्रहरु हराउंदै गएको जातीयता र विभेदका कुरा उठाएर नेपाली नेपाली बीच लडाउने र जुधाउने काम गर्दै हुनुहुन्छ । आफ्नो संस्कार र सोच अनि प्रबृत्ति कत्ति पनि सुधार्नु त कहाँ हो कहाँ उल्टै बिद्रोह र युद्ध जस्ता अमानविय कुराहरु गर्दै हुनुहुन्छ । खै कहिले होला साथीहरुको बुद्धि र विवेकको दैलो खुल्ने ?  मानसिक युद्ध गरमना हौ साथी हो । आफैं माथि विजय प्राप्त गर्न सक्नु पर्यो । घूस खान नछोड्ने, भ्रस्टाचार गर्न नछोड्ने, मनपरी गर्न नछोड्ने अनि खाली गोलि-गाँठा र बारुद पड्काउने कुरा गर्ने ? कहिले सुध्रिने हौ हामी ?

1 comment:

  1. त्यै त, झटारो काइला पनि यो दारीवाला युवाको कुरोमा हो मा हो भन्न चाहन्छ ।

    ReplyDelete


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।