2011-01-07

भारतिय चेलीको रगत छोप्न नेपालीको बली

नेपालीहरु कामको खोजीमा भारत पुग्छन्। वफादार भएकैले सुरक्षागार्डका रुपमा प्रयोग गरिन्छन्। मालिकको सुरक्षाका लागि ज्यान दिन पछि पर्दैनन्। नुनको सोझो गर्दा गर्दै कहिलेकाहीं नखाएको विषको भागी हुन वाध्य हुन्छन्। आरुषी हत्याकाण्डमा नेपालीहरुले नखाएको विषको भागी हुनपर्‍यो। हत्याका प्रमुख शंकास्पद आरुषीका बाबु राजेश तलवारले दोष नेपाली कामदार हेमराज अर्थात यामप्रसाद बञ्जाडेमाथि लगाए। अनी बन्जाडे भोलिपल्ट हत्या गरिएको अवस्थामा तलवारकै निवासमा भेटिए। आरुषीको हत्याको दोष लगाइएका हेमराज मारिएपछि घटना थप रहस्यम बन्यो। भारतीय जासुसी संस्था
सीबीआईले समेत घटना पत्ता लगाउन सकेन। अधकल्चो प्रतिवेदन बुझायो। विचरा नेपाली बलीको बोको बनाइए।
लालाबाला घरमा भएका हेमराजको हत्यारा त पत्ता लागेन लागेन उनको परिवारको बेहाल भएको छ। सीबीआईले घटनाको दोषी पत्ता लगाउन लाखौं खर्च गरिसकेको छ। यता हेमराजको परिवारले केही पाएको छैन।
दन्त चिकित्सक राजेश तलवारकोमा काम गर्नेमध्येका कृष्ण र राजकुमार नेपालीनै हुन्। इमान्दार दुवैमाथि हत्याको दोष नलगाइएको होइन। दुवै हिरासतको चिसोमा जाकिए। पछि निर्दोष भन्दै मुक्त गरिए। घटनाक्रम हेर्दा आरुषीका बाबु राजेशलाई उन्मुक्ति दिन उनीहरुलाई बलीको बोको बनाइएको थियो। हत्याको आरोपमा पक्राउ परेका गरिब नेपालीहरुको हालत अझै खराब भएको छ। उनीहरु काम नपाउने अवस्थामा छन्। भनेको बेलामा सीबीआईले डाक्दा पुग्नुपर्ने वाध्यता अर्कातिर छ।
भारतको नयाँ दिल्ली नजिकै नोयडामा मारिएकी १४ वर्षीया आरुषी तलवार कक्षा ९ मा पढ्थिन्। सन् २००८ मा भएको यो घटनाको जाँचबुझ भारतको अपराध क्षेत्रकै चर्चित मध्ये बनेको छ। उनीमाथि बलात्कार भएको थियो थिएन खुलेको छैन। उनको संवेदनशील अंग हत्यापछि सफा गरिएकोले त्यसबारे केही तथ्य बाहिर ल्याइएको छैन। हत्यको कारण यौन नै हो भन्ने आशंका सबैको छ। उनको को सँग यौन सम्बन्ध थियो भन्ने प्रमुख विषय हो। सबैले हेमराजसँगको सम्बन्धका थाहापाएर उनकै बाबुले दुवैको हत्या गरेको हुनसक्ने आशंका गरेका छन्।
भारतको विशेष अनुसन्धान निकाय सीबीआईले बुधबार बुझाएको अन्तिम रिपोर्टमा कुनै पनि शंकास्पद व्यक्तिहरुका बारेमा ठोस सबुत मिल्न नसकेको उल्लेख गरिएपछि अनुसन्धान विफल भएको हो। सीबीआइकी प्रवक्ता विनिता ठाकुरले टाइम्स अफ इन्डियालाई बताएअनुसार अन्तिम प्रतिवेदन बुझाइएको छ। उनका अनुसार आवश्यक प्रमाण विनानै अनुसन्धान अवधिमा प्राप्त उपलब्धि र कार्यसहितको प्रतिवेदन बुझाइएको हो।
घटना इतिहासकै गर्भमा लुक्ने खतरा मडारिएको छ। बलीको बोको बनेका नेपालीको आत्माले शान्ति पाउन हत्यारा पत्ता लगाउनै पर्छ। आफ्नो चेलीको रगत छोप्न नेपालीलाई बलीको बोको बनाइएको छ। यस्तो कहिलेसम्म?
सभारः 

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।