2010-12-15

पारस र बंगाली ज्वाँइ

पारस र बंगाली ज्वाँइ

यसो सोच्दा त पारसले ठिकै नी गरे भनेर भनम् फेरि यो त राजा वादी पो रैछ भन्दै मर्केडहरू ए ए गल्ती भए छ, कम्रेडहरूले प्रतिकृयावादीको बिल्ला निःशुल्क भिराइदी हाल्छन् । पारसका विषयमा तेतीका विधीलेखे लेख्न पनि । अँउरेजी, नेपाली सबैतीर, यत्र , तत्र , सर्वत्र पारसै पारस । हुन पनि पारस जी (जी नै लाइदिम क्यार) लाइ पनि कस्तो मिडिया पिरेम बसेछ भन्या । कहिले सिङ्गापुर त कहिले चाइना, बेला बेलामा मिडियामा फुटो टाँस्ने रहर नै हो कि क्या र । फेरि हान्छु मात्तै पो भनेछन् त । हान्द्या भा के हुन्थ्यो होला खै ? जे होस् उता अम्रिकाको खुफिया कागज दुनियाँमा बाँड्दै सार्वजनिक गर्दै बसेका असाङ धरोउटीमा छुटिनु र यता हाम्रा पारस थुनिनु कस्तो गज्जबकै अचम्म गाँठे ।


यो मुलुकको गणतन्त्रको के कुरो भो र
हात्ती र हात्ती छाप
उस्तै उस्तै भन्नै परो
हामी विचरो जनताको कस्ले पो वास्ता गर्थो र
बाहिर बाहिर यसो देखाउने नाटक
बेला बेलामा हेर्नै परो
यो देशको कानून
झन्डा र डन्डाको हाताँ परेसी
निमुखाको थाप्लोमा भ्वाङ पारेसी
यस्तै हो,
सबैको जय भन्नै परो ।।



हन ती चउधरीको चैँ फेरि किन केही नलेखेका होलान् यी पत्रिकाहरूमा चैँ ? यी बंगाली महाशय तेती राती जाँडखान स्वास्नी र लालाबाला छोडेर किन गाथे त रिसोर्टाँ ? खै त खोजी गरेका पत्रकार ज्युहरूले ? खाली ओरालो लागेकै मृग समाउन पल्केका रान कि के हो ? बँगालीका विषयमा चैँ सबै चुप ? यो त भएन है भएन ।
पारस जी जेल जाने भएछन्, अब बंगाली जी चैँ कता जाने नी ? लु हउ तिमी तेती राती स्वास्नी छाडेर किन रीसोर्टाँ गा भन्देउ त ज्वाइ? हन तिम्लाइ चैँ काँग्रेसले छाडा छोड्या हो राती राती रिसोर्टाँ जाने त नियत ठिक भाका पक्कै हुँदैनन् । ए ए तस्करीमा मिलिभगत होला नी है न । परराष्ट्र सासुले हेरिदिने भएसी के को टेन्सन् ।
(बाँकी तपै नै भन्नुस है जे जे भन्न मुन छ ) अब फेसबुकाँ यो सबै अटेन यतै टाँसे है ।

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।