2010-01-27

सिराहाका सिमा स्तम्भ गायब



भारतसँग सिमा जोडिएका सिराहाको ५३ वटा सिमा स्तम्भ गायब भएको तथ्य सार्वजनिक भएको छ । यहाँ रहेको कुल २ सय ८१ सिमा स्तम्भ मध्ये ५३ वटा सिमा स्तम्भ गायब भएको हो । सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय, सिराहाको तथ्यांक अनुसार कुल २ सय ८१ सिमा स्तम्भ मध्ये ५३ वटा सिमा स्तम्भ गायव भएको छ भने ८५ वटा सिमा स्तम्भ मर्मत सम्भारको अभावमा जीर्ण बनेको छ । ९ वटा सिमा स्तम्भ भत्किएको अवस्थामा रहेको सिमा सुरक्षा बलका प्रमुख रबिन्द्र ठाकुरले बताए ।

यहाँको दक्षिणी सिमावर्ती क्षेत्र अन्तर्गत पूर्वमा ठाढीदेखि पश्चिममा माडरसम्म ४२ किलोमिटर क्षेत्रफलमा नेपाली सिमा रहेको छ । यहाँको दशगजा क्षेत्र मिचेर भारतीयहरुको बस्ती बसेको छ भने कष्टम कार्यालय पनि दशगजा क्षेत्र भित्रै रहेको सिमा सुरक्षा कार्यालयले जनाएको छ । माडर गाबिसको इनरवा टोलमा भारतीय पक्षबाट दशगजा अतिक्रमण गरी टहरा निर्माण गरी भारतीयहरुको बसोवास भैरहेको छ । माडरको लचका टोल नजिक दशगजा अतिक्रमण गरि भारतीयहरुले केरा खेती गरिरहेको र लगडीगोठ नजिकको सम्पुर्ण दशगजा क्षेत्र अतिक्रमण गरीएको छ भने लगडीगदीयानी देखि सन्हैठा सम्मको दशगजा क्षेत्र पनि पूरै अतिक्रमण गरी भारतीयहरुले खेती गरिरहेको कायालयले जनाएको छ ।

यसैगरी पूर्वमा आभेनगरदेखि ठाढीसम्मको दशगजा क्षेत्रभित्र भारतीयहरुले फुसको घर बनाएर बस्ती बसाएको छ भने ठाढीकै दशगजा क्षेत्र भित्र भारतीय कष्टम कार्यालय रहेको छ । ठाढीका स्थानीय बुद्धिजीवी कन्हैयालाल भट्टका अनुसार भारतले दशगजामा कष्टम कार्यालय राखेको वर्षौ भैसक्यो तर, कुनै निकायले यसप्रति चासो ब्यक्त गरेन । पहिला कष्टम कार्यालय राखे अनि बिरोध नभएपछि बिस्तारै पुरै दशगजामा बस्ती नै बसाउन लगाए, उनले भने । दशगजा क्षेत्र अतिक्रमण र सिमा स्तम्भ गायव भएको विषयमा भारतीय सुरक्षा अधिकारीसँगको छलफलमा उनीहरु उदासिन पाइएको सशस्त्र प्रहरी उपरीक्षक रबिन्द्र ठाकुरले बताए ।

सिमा स्तम्भ नै गायब भएपछि यस क्षेत्रमा भारतीयहरुको बसोवास बढ्न थालेको छ।लगडीगोठमा सिमास्तम्भ गायब भएपछि ३५ घर भारतीय परिवारले नेपाली भूभागमा बसोवास थालेको छ । बरियारपटी नजिक रहेको २५३ नम्बरको सिमास्तम्भ ७ मिटर नेपाली भूमितर्फ सारिएको छ ।




No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।