2010-01-01

नेपालमा जनयुद्ध र प्रचण्डपथ- किरण

नेपालमा जनयुद्ध र प्रचण्डपथ- किरण
 (SOURCE:: KRISHNSHE ONLINE)

क्रान्तिका व्यावहारिक अनुभवहरुका बीचवाट क्रान्तिकारी सिद्धान्तको जन्म र विकास हुन्छ । क्रान्तिकारी सिद्धान्तको पथ पर््रदशनबाट क्रान्तिले नयाउचाई हासिल गर्दछ । विश्व क्रान्तिका समृद्ध अनुभवहरुका बीचवाट मार्क्सवाद , लेनिनवाद , माओवाद जन्मिएको हो र ठिक यही कुरा प्रचण्डपथका बारेमा पनि लागू हुन्छ । आफ्नो विकासको प्रक्रियामा क्रान्तिले अनेकौं आवरोह अवरोह पार गर्दै अग्रगति हासिल गर्दै जान्छ र त्यसलाई अर्को गुणात्मक उत्कर्षा पु-याउनका लागि सिद्धान्तले पनि अर्को गुणात्मक उत्कर्षहासिल गर्न अनिवार्य हुन्छ । क्रान्ति र क्रान्तिकारी सिद्धान्त बीचको द्धन्द्धात्मक सम्बन्ध यस्तै हुन्छ । हामीले यो सम्बन्धलाई राम्रोसंग बुझ्न जरुरी छ ।
व्यवहारवाट सिद्धान्त र सिद्धान्तवाट व्यवहार फेरी पनि व्यवहारवाट सिद्धान्त र सिद्धान्तवाट व्यवहार यो ज्ञान प्राप्तिको द्धन्द्धात्मक प्रक्रिया हो र क्रान्तिकारी सिद्धान्तको विकास पनि यसै प्रक्रियामा आधारित रहेको छ । हामीले प्रचण्डपथको वैचारिक संश्लेषण र त्यसको विकास प्रक्रियालाई पनि यसरी नै बुझ्नु पर्दछ ।

नयां ढंगले वैचारिक संश्लेषण र त्यसको विकासको प्रक्रियालाई ठिकसंग बुझ्नका लागि दर्ुइ प्रकारका गलत चिन्तनका विरुद्ध संर्घष्ा चलाउंदै जानु पर्दछ , ती चिन्तन हुन जडसुत्रवाद र अनुभववाद । जुन गतिमा क्रान्तिको विकास हुंदै जान्छत्यसै गतिमा सिद्धान्तको पनि विकास हुदै जानु आवश्यक हुन्छ । परन्तु जड्सुत्रवादले यो कुरा वुझ्न सक्दैन । जड्सुत्रवादले सिद्धान्तमा त निकै जोड दिन्छ, तर सिद्धान्तलाई क्रान्तिका अनुभवहरुद्वारा  हासिल नयंँअन्तरवस्तुले समृद्ध तुल्याउने कुराको पुरै विरोध गर्दछ । यसरी हर्ेदा सिद्धान्तको विकासमा जडसुत्रवाद हमेशा वाधक वन्न पुग्दछ । अर्कोतिर अनुभववादले क्रान्तिका व्यवहारिक अनुवभवहरुतिर पुरै जोड दिएको त हुन्छ, तर त्यसले क्रान्तिका अनुभवहरुद्वारा प्राप्त नयां अन्तरवस्तुलाई आत्मसात गर्ने र त्यसलाई सिद्धान्तको स्तरमा उठाउने तर्फपटक्कै ध्यान दिदैन । सारतः त्यसले सिद्धान्तलाई नै लत्याउन पुग्दछ । सिद्धान्तवाट विचारको विकास प्रक्रियामा हामी यी दुवै प्रकारका गलत चिन्तन प्रति पुरा र्सतक रहनु पर्दछ ।
        अन्तर्रर्ााट्रय कम्यूनिष्ट आन्दोलनको इतिहासमा जडसुत्रवाद र अनुभववादका


दुष्परिणामलाई भोग्नु परेका प्रशस्तै उदाहरण पाइन्छन् । यस प्रकारको दुष्परिणामका अन्तिम कडीका रुपमा होक्जापंथी जडसुत्रीय संशोधनवाद र अनुभववादी वा वहुलवादी संशोधनलाई लिन सकिन्छ । नेपाली सर्न्दर्भमा भन्नु पर्दा जडसुत्रीय संशोधनवादका एम.वि.सिंह र अनुभववादी वा वहुलवादी संशोधनवादका एमाले नेतालाई ठेट प्रतिनिधिका रुपमा लिन सकिन्छ । आज नेपाली क्रान्ति र कम्युनिष्ट आन्दोलनमा वैचारिक संश्लेषणको त्यस प्रकारका जड्सुत्रीय संशोधनवाद र अनुभववादी वा वहुलवादी संशोधनवादीका विरुद्धको निर्मम वैचारिक संर्घष्ाको श्रृंखला रहेको छ ।
        आज हामी महान् जनयुद्धका सात गौरवशाली वर्षपार गरी आठौं वर्षा प्रविष्ट भैसकेका छौं । यो अवधिमा हामीले महान् उपलव्धिका रुपमा नयां विचार, नयंँ ढंगको पार्टर्ीीनयंँ जनसेना र नयाँ जनसत्ता प्राप्त गरेका छौं । आज हामीसंग सिंगो पार्टर्ीीजनमुक्ति सेना र जनसमुदायको त्याग, वीरता, वलिदानका असंख्य अत्कृष्ट गतिविधि र उदात्त कर्ीर्तिमानका भण्डार छन् । यो अवधिमा हामीले वैचारिक तथा राजनैतिक क्षेत्रमा प्रतिक्रियावाद र संशोधनवादलाई क्षतविक्षत तुल्याएका छौं र व्यावहारिक क्षेत्रमा पनि चुर चुर पारेर थकाएका छौं । अहिले हामी राजनैतिक र फौजी दुवै दृष्टिले रणनैतिक सनतुलनको चरणमा खडा हुन पुगेका छौं्र । दर्ुइ विशाल शक्तिशाली देशहरुका वीचमा खडा एक सानो भू-परिवेष्टित देश नेपालमा यो एक प्रकारको विलक्षणता नै हो । नेपाली जनयुद्धको यो सात वर्षो अवधि राष्ट्रिय रुपमा मात्र होइन अन्तर्रर्ााट्रय रुपमा पनि अत्यन्तै विलक्षण र भब्य रहेको छ । यथार्थमा भन्नु पर्दा नेपाली जनयुद्ध मात्र नेपाली होईन विश्वको २१औं शताव्दीको जनयुद्धको एक उदात्त आदर्श र मोडेल वन्न गएको छ ।
        विश्वर्सवहारा क्रान्तिको इतिहासमा विशिष्ट प्रकारका मोडलहरु वन्ने गरेका छन् । मार्क्सको जमानामा पेरिस कम्युन, लेनिनको समयमा महान् अक्टुवर समाजवादी क्रान्ति, माओको समयमा येनानको आधारइलाका र महान् र्सवहारा सांस्कृतिक क्रान्ति -यस्तै मोडेल वा नमुना थिए । रोल्पा, रुकुमका आधार्रइलाकाहरुले माओकालिन नेपाललाई सम्झाउने गरेका छन् । संक्षिप्तमा भन्नुपर्दा विश्व र्सवहारा वर्ग र न्यायप्रेमी जनसमुदायका निम्ति नेपाली जनयुद्धले एक उत्कृष्ट मोडेल वा नमुनाको भूमिका निर्वाह गरेको छ ।
        मोडेल वा नमुना विविध क्ष्ेात्रमा र विविध ढंगका हुने गर्दछन् । मोडेल भनेको कुनै आदर्श, आस्था वा इच्छित भविष्यको एक उत्कृष्ट रेखाङ्कन हो । यस प्रकारको मोडेल वा नमुना कुनै उत्कृष्ट विचार, संगठन, नीति, योजना र काम कार्वाहीका रुममा अभिव्यक्त हुने गर्दछ । यहाँ हामीले भन्न खाजेको मोडेल क्रान्तिको आदर्श, आस्था र इच्छित भविष्यको एक सुन्दर तथा मर्ुत रेखाङ्कनसंग सम्वन्धित रहेको छ ।
        आज हामीले मार्क्सवाद - लेनिनवाद - माओवादको जगमा खडा भै तथा त्यसभन्दा पनि अझ माथि उठ्तै नेपालमा कसरी क्रान्ति सम्पन्न गर्ने र सम्भावित प्रतिक्रान्तिलाई कसरी रोक्ने भन्नेवारे एक उत्कृष्ट सर्न्दर्भमा हामीले प्रचण्डपथका रुपमा वैचारिक संश्लेषण गरेर मोडेल निर्माणको सैद्धान्तिक आधार तयार पारेका छौं । त्यसै वैचारिक आधारमा हामीले महा्न जनयुद्धका राजनीतिक तथा फौंजी कार्यदिशा, तिनका विभिन्न योजना, रणनीति र कार्यनीतिका श्रृंखला तयार पार्दै र तिनलाई दृढ संकल्पका साथ कार्यान्वयन गर्दै आएका छौं । यसै प्रक्रियामा नयाँ ढंगलको पार्टर्ीी नयाँ जनसेना र नयाँ जनसत्ता बनेका छन् । यी सबै मिलेर नेपाली माओवादी जनयुद्ध बनेको छ र यो वर्तमान विश्वका विभिन्न जनयुद्धहरु मध्ये अग्रिम पंक्तिमा रहेको छ । नेपाली जनयुद्धवाट विश्वर्सवहारा वर्ग र मुक्तिकामी जनसमुदायले अत्यन्तै ठूलो आशा र अपेक्षा गरेका छन् । ठिक यसै अर्थमा नेपाली जनयुद्ध आजको विश्वमा एक सुन्दर मोडेल बन्न गएको छ । हामीले कुनै मनोगत इच्छावाट अभ्रि्रेरित भएर मोडेल निर्माण गर्न गएका होइनौं , अपितु नेपालमा विश्व क्रान्तिको एक आधारइलाका बनाउने वस्तुगत आवश्यकताअनुरुप महान् जनयुद्धको प्रक्रियामा लाग्दा यसो हुन गएको हो र यसलाई हामीले विश्वर्सवहारा वर्गले पूरा गर्नु पर्ने एक महान् ऐतिहासिक दायित्वका रुपमा लिएका छौं ।
     आज नेपाली जनयुद्ध राष्ट्रिय दृष्टिले मात्र होइन अन्तरराष्ट्रिय दृष्टिले हर्ेदा पनि एकसंगीन ऐतिहासिक मोडमा खडा छ । अहिलेको रणनीतिक सन्तुलन र वार्ताको प्रक्रियामा आउँदा नेपाली जनयुद्धका सामू इतिहासमा कहिल्यै देखा नपरेका महान् संभावना र गम्भिर चुनौति खडा छन् । देश भित्रको स्थितिलाई हर्ेदा हामी करीब विजयको सन्निकट छौं र हाम्रा लागि क्रान्तिकारी परिस्थिति धेरै नै अनुकूल छ । प्रतिक्रियावादी वर्ग, तिनका संगठन तथा जनाधार र पुरानो सत्ता आसन्न ध्वंस र महाविपत्तिको स्थितिमा छन् । उज्जवल भविष्य बोकेको नयाँ वर्ग र जनसमुदाय, तिनका संगठन र नयाँ जनसत्ता शक्तिशाली लहरका रुपमा विकसित र स्थापित हुँदै गएका छन् । परन्तु अहिलेको अन्तरराष्ट्रिय परिस्थिति भने हाम्रा लागि धेरै नै प्रतिकूल रहेको छ । नेपालको प्रतिक्रियावादी वर्गको अस्तित्व र पुरानो राज्यसत्तालाई बचाउनका लागि आर्थिक , राजनैतिक र फौंजी रुपमा अमेरिकी साम्राज्यवादले नेपाली धर्तीमा सिधै र नाङ्गै हस्तक्षेप गर्न गैरहेको छ । अहिले नेपाली जनसमुदाय र अमेरिकी साम्राज्यवादका बीच आम्ने-साम्नेको टक्कर चल्न गैरहेको छ । विश्व र्सवहारा वर्ग र न्यायप्रेमी जनसमुदायको नेपाली जनयुद्धप्रति व्यापक राजनैतिक तथा नैतिक र्समर्थन रहेपनि आवश्यकता अनुरुप भौतिक सहयोग प्राप्त हुन सक्ने स्थिति छैन । यही नै आज हाम्रो लागि एक गम्भीर चुनौती वन्न गएको छ ।
        प्रतिकुलतालाई अनुकुलतामा कसरी फर्ेर्ने - यही नै अहिले हाम्रो लागि गम्भीर चासोको विषय हो । क्रान्तिका लागि अन्तर्रर्ााट्रय रुपमा पनि महान् सम्भावनाका ढोकाहरु खुल्दै छन । अमेरिकी साम्राज्यवादको एकछत्र हैकम र एक ध्रुवीय विश्वव्यवस्थालाई तोड्दै जाने वहुध्रुवीय प्रयासहरु अगाडि वढ्दै छन्  र विश्व जनसमुदाय पनि विष्फोटको प्रकृया तर्फलामवद्ध हुदैछन् । विश्वका कम्युनिष्ट क्रान्तिकारीहरुले पनि आत्मगत तयारीको दिशामा आवश्यक पाइला चाल्दैछन् । तर यति सवै भएर पनि ती प्रयास अहिलेको हाम्रो खाचो र्टार्न अपर्याप्त रहेका छन् । अहिलेको प्रतिकुलतालाई अनुकुलतामा फर्ेनको लागि यो वेला हामीले आफ्नै तर्फाट विशेष पहल र प्रयत्न गर्नु वाहेक कुनै अर्को विकल्प छैन ।
        यो वेला हामीले विज्ञानलाई आधार वनाएर र त्यसमा भर परेर अगाडि वढ्नु पर्दछ । त्यो विज्ञान भनेको मार्क्सवाद-लेनिनवाद-माओवाद र प्रचण्डपथ हो । नेपाली धर्तीमा मार्क्सवाद-लेनिनवाद-माओवादको प्रयोग गर्दा प्रचण्डपथ जन्मिएको हो । महान् जनयुद्धलाई अहिलेको रणनीतिक सन्तुलनको अवस्थामा ल्याई पुर्याउनमा प्रचण्डपथको नेतृत्वकारी भूमिका रहेको छ । जनयुद्धको यो सिंगो अवधिमा मालेमावाद र प्रचण्डपथद्वारा निर्देशित पार्टर्ीी नीति योजना र निर्ण्र्ाारुको वैज्ञानिकता शानदार रुपमा पुष्टि भैसकेको छ । यस अर्थमा हामीलाई के विश्वास छ भने प्रचण्डपथलाई ठिकसंग वुझ्ने र लागु गर्ने कामलाई गम्भीरतापर्ूवक लिएमा जनयुद्धलाई विजयको अर्को शिखरमा पुर्याउन अवश्यै सकिन्छ ।
        प्रचण्डपथलाई ठिक संग वुझ्ने र लागु गर्ने कुरामा विभिन्न पाटा छन् ति मध्ये वर्तमान सर्न्दर्भमा मुख्यतः दर्ुइ पाटामाथि विशेष ध्यान दिन आवश्यक छ । ती दर्ुइ पाटा हुन -
पहिलो ः अन्तरविरोधहरुको सही पहिचान र सिर्जना गर्ने काम ।
        राष्ट्रिय रुपमा अन्तरविरोधहरुको सही पहिचान, परिचालन र सृजना गर्ने काममा हामीले महत्वपर्ूण्ा सफलता हासिल गर्दै आएका छौं र अब हामीले यो कामलाई अन्तरराष्ट्रिय रुपमासमेत शानदार रुपमा अगाडी बढाउन जरुरी छ ।
        दोश्रो ः रणनीतिमा दृढ र कार्यनीतिमा लचकदार बन्ने काम ।
        विगत सात बर्षो अवधिमा हामीले रणनीतिक दृढता र कार्यनीतिक लचकताको द्धन्दवादलाई राजनीतिक र फौंजी दुवै क्षेत्रमा कुशलातापर्ूवक प्रयोग गर्दै आएका छौं । तर पनि यो अवधिमा मुख्यतः रणनीतिक दृढता तर्फनै हाम्रो विशेष जोड रहिआएको छ । परन्तु अहिले हामी आवश्यकतानुसार देश, क्रान्ति र जनताका सर्वौत्तम हितका नीम्ति अत्यधिक लचकदार पनि बन्न सक्नु पर्दछ । अग्रगामी छलाङ हान्ने उद्देश्य प्राप्तिका लागि कहिलेकाहिं केही पछाडि र्फकन पनि आवश्यक हुन्छ ।
        परन्तु, यहाँ प्रश्न प्रचण्डपथलाई बुझ्ने र लागू गर्ने मात्र होइन । अपितु मुख्य प्रश्न त प्रचण्डपथलाई अर्को नयाँ उँचाइमा विकसित गर्ने हो । हामीले प्रचण्डपथको रुपमा वैचारिक संश्लेषण गरेको दर्ुइ बर्षपूरा भैसकेको छ । यो अवधिमा वैचारिक क्षेत्रमा विभिन्न पाटाहरुमा जनयुद्धको नयाँ उँचाइसँगै प्रचण्डपथको विकास हुँदै गएको छ । पार्टर्ीीेन्द्रमा पछिल्ला हरेक योजनाको निर्ण्र्ाार तिनको कार्यान्वयनको बीचवाट प्रचण्डपथ विकसित हुँदै गएको छ र त्यसले अर्को नयाँ संश्लेषणको माग गर्ने बेला आउनै लागेको छ । २१ औं शताब्दीमा पार्टर्ीीजनसेना र जनसत्तालाई वैचारिक र सांगठानिक दृष्टिले अर्को नयाँ उँचाईमा कसरी उठाउने - क्रान्ति, जनयुद्ध र जनवादको अवधारणालाई कसरी विकास गर्ने - आजको युगमा क्रान्ति कसरी सम्पन्न गर्ने र सम्भावित प्रतिक्रान्तिलाई कसरी रोक्ने - यी आजका नेपाली र विश्व क्रान्तिका गम्भीर चुनौती हुन् । यिनको सही समाधानको लागि हामीले एकातिर क्रान्तिलाई निरन्तर अगाडी बढाउने र अर्कोतिर प्रचण्डपथलाई अर्को उँचाईमा विकसित तुल्याउने दिशामा गम्भीरतापर्ूवक सोच्न जरुरी छ । अनिमात्र नेपाली जनयुद्ध नेपाल र विश्वकै सामू क्रान्तिको वास्तविक मोडेल बन्न सक्छ । सिंगो क्रान्ति र महान् जनयुद्धका सामू उपस्थित गम्भीर चुनौतिहरुको सामना गर्दै महान् संभावनाहरु पहिल्याउन र भीषण प्रतिकूलताहरुलाई अनुकूलतामा फर्ेर्दै अगाडी बढ्नका लागि वर्तमान सर्न्दर्भमा प्रचण्डपथलाई ठिकसँग बुझ्ने , लागू गर्ने र विकसित तुल्याउने कुराको विशेष महत्व छ । ठिक यो विन्दुमा आउँदा जड्शुत्रवाद र अनुभववाद वा बहुलवाद विरुद्धको संर्घष्ाले अर्को नयाँ प्रकृयामा प्रवेश गर्ने सम्भावना पनि प्रवल रहेको देखिन्छ । युद्धविराम र वार्ताको यो जटील प्रक्रियामा क्रान्तिका भित्र र बाहिरका दुश्मनहरुले अनेकौं षड्यन्त्रहरु गर्न सक्तछन् । यो स्थितिमा जड्शूत्रवादबाट सिद्धान्तको रक्षा र रणनीतिक दृढताको नाममा सिद्धान्तको विकास र कार्यनीतिक लचकताको नाममा क्रान्तिकारी सिद्धान्त र रणनीतिकै पत्यिाग गर्ने खतरा पैदा हुन सक्तछ । यहाँनिर हामी र्सतर्क बन्नु पर्दछ । क्रान्तिले विचारको विकास गर्दछ र विचारले क्रान्तिको विकास गर्दछ । क्रान्ति र विचार विचको द्धन्द्धात्मक सम्बन्धलाई ठिकसँग बुझ्ने र तिनको विकास गर्ने काम गंभिर खतराहरुका बीचमा खेलेर मात्र हुन सक्दछ र त्यसका नीम्ति हामी तैयार रहनु पर्दछ । २१ औं शताब्दीको मोडेलको रुपमा जनयुद्ध र प्रचण्डपथको अग्रगामी विकासका निम्ति कुनै पनि क्षेत्रमा देखापर्ने चुनौतिलाई स्वीकार गर्नु र त्यसको सामना गर्न तयार रहनु बाहेक हामीसंग अर्को विकल्प छैन ।
(SOURCE: MAOIST's KRISHNSHE ONLINE)