2009-12-22

“तिमी” र “म” भित्रको “बाद”

“तिमी” र “म” भित्रको “बाद”

म एक्काइसौं शताब्दीको जनता
तिमी एक्काइसौं शताब्दीकै शासक
हिजो तिम्रो महत्वाकाँक्षीले
हरिया जँगल माग्यौ, फाँडी दिए,
हात माग्यौ, हातै दिएँ,
साथ माग्दा सासै दिएँ,
फापर र सिस्नोको दैनिकी जीएँ,
पीडा र वेदनाका भकारी भरेँ
लास माथी आशा देखेँ,
सिउँदो रित्तिदा, आसु पिएँ,
मेरो काख शून्य छ




कमाउने हात छैनन्
मलाइ पोल्ने सास छैनन्
तर तिमी अपरिवर्तित छौ,
संसारै परिवर्तन गर्ने बहानामा ।

तिमी क्रुर र हिँस्रक छौ ,
तिम्रो क्रुरताले मेरो स्वाभिमान कुल्चदै छ
म निरिह जनता, स्थीर छु , अटल छु ।

तिम्रो न्यायपालिकामा म दण्डनिय हुँला,
तिम्रो अध्यादेशले मलाइ पटक पटक कुल्चेको छ,
कदाचित, म नेपाली जनता ,
मर्छु तर झुक्दिन,
मेरो जिब्रो काटिन सक्छ तिम्रो न्यायमा ,
मेरो आवाज अविरल छ ।

तिम्रो लेखोटमा मेरो सिद्धान्त अपाच्य होला ,
तिमीले झुण्ड्याउँदैमा मेरो सिद्धान्त झुण्डिन्न ,
तिम्रो अट्टालिकामा मेरो आवाज नपुग्न सक्छ ,
मैले लेख्ने कापीहरू च्यातिन सक्लान् ,
मेरा औँलाहरू कुच्याइन सक्छन् ,
तिम्रो आवेगले कम्प्युटरका किबोर्ड फोडिक सक्लान् ,
विस्वास गर , मेरो सिद्धान्त अटल छ ।

मेरो अटलताले, तिम्रो मनस्थिति विचलित छ,
तिम्रो अतिवाद, अधिनायकीकरण हुँदैछ ,
मेरो राष्ट्रवाद मात्र छ ,
राष्ट्रियताको महत्वाकाँक्षीले तिम्रो स्वार्थ कुल्चन सक्छ
म एक राष्ट्रभक्त नेपाली,
तिमी स्वार्थवादी नेपाली,
खबरदार ! कलमहरू अझ शसक्त बन्दै छन् ।
होसियार ! सर्जकलाइ नचलाउ,
अब राष्ट्रियताको क्रान्ति जागेको छ ।




विष्णु प्याकुरेल, उदयपुर