2009-12-22

संविधान लेख्नेहरू मसाज सेन्टर धाउँदा रै छन्


संविधान लेख्नेहरू मसाज सेन्टर धाउँदा रै छन्

विकासका नाराहरू जताततै छरिएका छन् ।
संविधान लेख्नेहरू मसाज सेन्टर धाउँदा रै'छन् ।
कामरेडहरू मृतसंस्था (राज संस्था) बेला बेला ब्युँताउँछन् ।
कस्ले बुझ्ने नुन लिन कालिकोटे दुइदिन अझै धाउदैछन् ।।


कोही छैन बुझी दिने नेपालीको दुःख-मर्म ।
जन्मेनछन् नेता यहाँ मात्र जान्ने कर्म गर्न ।
कार भित्र बेकारमा जान्ने रै छौ कुरा गर्न ।
बुझिदेउन हे नेता हो कस्तो हुन्छ देश प्रेम ।।


नयाँ नेपाल हैन हाम्लार्इ , विकसित नेपाल चाहिएको छ ,
थोत्रा भाषण अति भो , गर्ने हात चाहिएको छ ।
नेता मात्र होइन अब राष्ट्र सेवक चहिएको छ,
हेपाहा छिमेकी टुङ्गो लाउन नेपाली लादेन चाहिएको छ ।


कसरी बन्छ नयाँ नेपाल अनुहार त त्यही पुरानै छ ?
बाग्मतीमा ढल छ , भित्र पशुपतिनाथमा विदेशी छ ।
सरकार विनाको शासनमा देश चलेको छ ।
कुर्सी ताना तान छ , देश भरी हानाहान छ ,


............शायद नयाँ नेपाल यस्तै हुन्छ ।।।

विष्णु प्याकुरेल, उदयपुर 

1 comment:

  1. In fact the members of parliament may be busy in massage centres rather than in writing constitution..............It is necessary to kick them on the red hot sun of tundikhel....

    ReplyDelete


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।