2013-05-29

गणतन्त्र दिवस मनाइरहँदा

तन्त्र फेरिएर हुन्न रैछ साइँला, मान्छेको मन्त्र र जन्त्र फेरिनु पर्दो रछ । खै कुरो बेझेको ? अस्ती एउटा साथीले भन्दै थ्यो । यसो सोचेँ वास्तवमै जे भन्यो सहि भन्यो लाग्यो ।
त्यसैले यो शुभकामना न लिने जाँगर चल्यो आज न दिने जाँगर नै चल्यो ।
के खुसीमा शुभकामना दिनु ?
लाखउँ बिहारीलाइ नागरिकता दुधपिठो झैँ बाड्न दिने गणतन्त्रको कि सैयोँ भारितीय सेनाको बेसक्याम्प बसेकोमा शुभकामना दिनु ?

तस्करहरू मन्त्रि छँदा, म तस्कर होइन भन्दै सफाइदिनेहरूको खुशीमा शुभकामना दिउँ अथवा, अमूक सभासद हत्यारा होइन भन्दै अमूक हत्याराकै पक्षमा बोल्नेहरूको खुशीमा शुभकामना दिउ ।
सोच्दै छु, आज गणतन्त्र दिवस रे, सभासदले प्रशासनिक अधिकृतलाइ थप्पड हान्नेहरूकै समर्थनमा यो गणतन्त्रको शुभकामना दिनु अथवा, हिजो भट्मास र च्याँख्लामा जंगलका भ्याकुर खाएर हिनेकाहरूको आजको उन्नति र प्रगतिमा, करोडउँको मालिक भएकामा शुभकामना दिउँ ?
सोच्दै छु .........
लाजिम्पाटका नोकहरूले विरक्त्याएको अवस्थामा पनि कहिँ नभएको यस्तो अस्त व्यस्त छरपस्ट गणतन्त्र (दिवस २०७० को) को मन भरी अमिलो बोकेरै भए पनि हार्दिक शुभकामना । 

हामीले हाम्रै आफ्नै लुटेरा र डकैतहरूसंग लड्न सकम्, मुलुक अघि बढ्न सकोस् .....
अस्तु 

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।