2011-08-04

अनाम हत्या


अनाम हत्या 

---- विष्णु प्याकुरेल , हाल अरब 
साउन १९, २०६८
=========
सिङ्गो आकास तुवाँलोले ढाकेको बेला 
बादलहरु लुकामारी खेल्दै गर्दा
तिमीले एउटा मिति तोक्योउ
मेरो अन्त्यको तिथीमा
तिमीले शङ्ख बजाउँदा 
अनाम मेरो हत्या भैसकेको थियो 
तिम्रा अगनीत त्थ्यांकहरुमा
म पटक पटक मरिसकेको थिएँ
७, १७, २७, ३६ अनि ४६ र ६२



थुप्रै थुप्रै अंकहरु बहिखातामा थाँती राख्दै
गणनाहरुमा एकपछि अर्को गर्दै
पटक पटक मारिएको म
पटक पटक मरेको म
अनाम मेरो हत्यामा 
हांसी हांसी सहभागी जनाई रह्योउ 
मेरो हत्याको सक्छी बनेर
मेरो हत्याको कसाही बनेर
हांसी रह्योउ ...

====

1 comment:

  1. निकै मर्मर्शी र गहन भाव भएको लेखन र शब्दहरु ! विष्णु जी !
    लौ बधाइ छ यहाँले पनि आफ्नै अनुभव ... पोख्न थाल्नु भए'छ - परिवर्तित नाम सँगै !

    ReplyDelete


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।