2011-05-27

भेन्टिलेटरमा देश! (अकविता)-अनुज श्रेष्ठ 'प्रवास'

Poet: Anuj Shrestha
 मेरा Facebook मित्र अनुज श्रेष्ठ जिको यो कविता मलाई समय सान्दर्भिक लागेर बिना अनुमति नै यहाँ साभार गरेको छु . कसैलाई आपत्ति भए कृपया प्रतिक्रियामा लेखना सक्नु हुनेछ . यसको ORIGINAL लेख हेर्न यहाँ क्लिक गर्न सक्नु हुनेछ .


भेन्टिलेटरमा देश! (अकविता)-अनुज श्रेष्ठ 'प्रवास'

भोलि अर्थात जेठ १४ गते
यो देशको अप्रिल फुल
आफ्नो आँगनमा फलेको हलुवावेद झैं
संविधानका सपनाहरु बाँडेर हामीलाई
कमरेडहरु निदाइरहे
महङ्गा पलङ्हरुमा
र भरिरहे अन्तराष्ट्रिय उडानहरु
राष्ट्रिय उडानको महँगीमा
छट्पटाइरहयो कर्णाली ब्लुज....
६२/६३को आन्दोलन,सहिदका सपनाहरु
सत्ताका सिंढीहरु बने कुलाङ्गारहरुलाई ।
राष्ट्रिय झण्डा फेर्नुपर्छ भन्ने
नयाँ कार्लमाक्स पनि जन्मे
र जन्मे जातिय राज्यका पक्षपोषक गोमनहरु
रोग,भोक र सोकको अनन्त
चक्रव्यूँहमा अल्झिरहयो राष्ट्रिय विकास योजना,
अन्तरिम संविधानको
भेन्टिलेटरमा राखेर देश
डक्टरहरु/नर्सहरु हिंडे आ-आफ्नै घरतिर
र भुले श्रीमतीको नयाँ रेसिपीमा देश ।
यो देशका निरीह जनता अर्थात हामी
प्रतीक्षामा चिन्तित रहिरहयौं
नयाँ जीवन लिएर उठेको देश हेर्न ।
                          -वि.सं२०६८ जेठ १३
                         सितापाईला,काठमाण्डौ

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।