छिमेकीको व्यवहार - रामविक्रम थापा
माईलाघरे चन्द्रे, माझाघरे नरे र तल्लाघरे भरते छिमेकी हुन् । आर्थिक हैसियत र सामाजिक सामथ्र्यका आधारमा तुलना गर्दा चन्द्रेलाई रूख, भरतेलाई बुट्यान -पोथ्रा) र नरेलाई झार -घाँस) भनिदिए फरक पर्दैन । एउटा समानता पनि छ यिनीहरूमा । त्यो के हो भने यी तीनै घरको एउटै पेसा कृषि नै हो । कृषक नै भएर पनि असमानता नि छ । माईलाघरे चन्दे्र लाखौँ बिघा जमिनको भूमिपति र तल्लाघरे भरते पनि हजारौं बिघा जमिनको मालिक तर माझाघरे नरेको मात्रा पाँचकठ्ठा माटोमा ठड्याएको एउटा काठे कटेरो ।
माझाघरे नरेको जग्गाको मुहान -जरुवा पानी) बाट तल्लाघरे भरतेले आˆनो रोपाइर्ं गर्छ । खेतको रोपोमा टन्न सिँचाइ गर्छ । अनि मात्र माझाघरे नरेले आˆनो खेतमा रोपाईं र सिँचाइ गर्न पाउँछ । माझाघरेले आˆनै पानी पनि तल्लाघरेलाई सोधेर अनुमति पाएपछि मात्र प्रयोग गर्न पाउँछ । वषर्ाको भलबाढीमा कुलो थुनेर आˆनोतिर पानी बग्न भरते निषेध गर्छ र नरेलाई पानीमा डुबाउँछ ।
यति मात्र कहाँ हो र ? आफ्नो घरमा आएका अतिथिहरूलाई माझाघर देखाउँदै भरते सगर्व भन्छ- "त्यो मेरो मटान हो, त्यहाँ मेरो नोकर र गोठालाहरू बस्छन् ।"
फाक्टाङ-२, खोटाङ
No comments:
Post a Comment
आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.
धन्यवाद ।