2010-01-20

म ब्रह्मपुत्र उकालो बग्छु


म ब्रह्मपुत्र उकालो बग्छु 
वापतको भान अन्तरिमले 
चिद्वैषम्यताको ज्यानले। 

ब्रह्मपुत्र 
ब्रह्म पुत्र 
ब्रह्म 
पुत्र 
यसरी एकतामा अनेकता भेट्नु 
अनेकतामा एकता भेट्नु 
टुक्रा टुक्रा टुकि्रएर विपरित फर्केको म 
मूठाबाट बोटतिर 
बोटबाट कोशतिर । 


मनो वेगले ढुक ढुक ढुक् ढुक् 
ससूरको प्याराडिग्म्याटिक हार 
उ। कालो 
उका। लो 
लो 
का 
 
म ब्रह्मपुत्र बग्छु 
ऐन्द्रिक संवेदनको। 

बौद्धिक छलाङ अर्थात् सामुदि्रकधार! 
अब म गति छाड्छु 
मनपरि खेलिरहेका छप्ल्याङ छप्ल्याङ 
सार्कहरु हो!अब माछाले माछा खान पाउने छैन 
। गोहीहरु र अक्टोपसहरु हो१ अब मान्छेलाई निल्न पाउने छैैन 
तेसो र यी सामुदि्रक राज्यमा एकलौटी शासन गरिरहेका 
निरङ्कुश बादशाहहरुलाई बगाउँदै 
विद्रोह सुनामी चलखेल! 
म ब्रह्मपुत्र उकालो बग्छु। 

आगो वा घाम 
राप वा हावाले 
खडेरी वा अनावृष्टिले 
सदियौंदेखि मलाई सुकाउन 
खोजेर पनि नसुकेको म 
ओभानू सम्म नभएको म 
बरु खग्रास सूर्यग्रहण र चन्द्रग्रहण भएका तिमिहरु। 

तिमिहरु अर्थात् जो जो ठाउँको ठाउँ 
ढुङ्गा भएर साँधेढुङ्गा भएर अविचल बसेका छन् 
र मूर्ति प्रतिमूर्ति बाँचेका छन् 
बाँच्न खोजेका छन् ठाउँको ठाउँ 
यौटा विसंगत परम्परा 
र परम्परित ओराङओटाङको साखासन्तान। 

बग्न नजान्नु । बाँच्न नजान्नु 
मनको सिद्धान्तले अ मान्छे मान्नू। 
कुहेर गलेका पातपतिङ्गर जिवनहरु! 
सिपीका चेप्टो खोलहरु खोक्रो मान्छेहरु! 
किनारमा अल्झिरहेका 
सारा लेदो आदर्शहरु बगाउँदै 
अब म ब्रह्मपुत्र उकालो बग्छु। 

मसंगै प्रश्नका ज्वारभाटाहरु पनि बग्न सक्छन् 
म किन त्रिशुली बगिनँ? 
म किन इद्रावती अविरल बगिनँ ? 
म किन कर्णाली र मेची बगिनँ? 
म किन बगें ब्रह्मपुत्र? 
उत्तरमा ूमू लाई भेट्दा- 
बगाइको साँधसिमाना हुँदैनले र नहुनुले 
धर्तीमा कहिँ ब्रह्मपुत्र र त्रिशुलीको भेट हुन्छले 
विचार आकाशमा उड्ने स्वतन्त्र पंक्षी हो 
जसको देश हुँदैनले र नहुनुले 
म आयामभित्र अटिनँले 
म साँधसिमानाभित्र थुनिइनँले 
विश्वजनीन सोलोडोलो बगाइ! 
अवस्थल पृथ्वी एउटै मानेर रङ्गीताले 
यी जम्मै लेहरुले 
म ब्रह्मपुत्र उकालो बग्छु। 

शाश्वत चिन्तनको चिन्ता- 
म अब चासोक तङनामको कुरो पनि गर्छु 
तर बेसी हावाको कुरो गर्छु 
गाउँबाट निक्लेर विश्वगाउँ पुग्नु छ 
एक्वेरीयमभित्रका भुराहरुलाई 
ब्रह्मपुत्रमा छाडीदेऊ 
पारिस्थितिक खोपीमा 
म डाइनोसर अट्नु । 

ब्रह्मले भन्छ- 
मेरो जिवन मेरो निजी होऒइन 
तिम्रो जिवन तिम्रो पनि निजी होओइन 
परितोष गर। परितोष गर 
यहाँ मेरो के नै पो छ र ? 
यहाँ तिम्रो पनि के नै छ र ? 
छनु त छ तर 
सबथोक रङ्गीता। सबथोक वापतको भान अन्तरिम 
सबथोक केवल थोक मात्र। 
सम्झेर बुझेर भ्रान्तिको मीठो अलमलबाट 
अब निख्लमिता चलमल 
म ब्रह्मपुत्र उकालो बग्छु। 

म अब बाँच्दिन - 
देउरालीको थपना ढुङ्गो 
सिसिफसको अभिशाप जिवन 
एजक्सको अप्राप्ति 
आजाजुजेको असफल भगीरथप्रयत्न 
हाराकिरीको गीत 
हेम्लेटको लथालिङ्ग सत्व 
अ मान्छेको मान्छे 
लोहकिल 
प्रमिथस्को प्राचीन उत्पीडन 
र भगुवा बुद्ध। 

अब म मू नै बाँच्छु 
म बग्छु र बाँच्छु ब्रह्मपुत्र 
भन्नू रङ्गीता। 

ए पुराकथामा बाँचेको 
परम्परावादी मान्छे ! 
आदिम विचारको गोब्रेकिरो 
तिमि उँधो बग्न मात्र जान्यो 
अब म ब्रह्मपुत्र उकालो बग्छु। 

तिम्रो जी वन अप्ठ्यारोमा आफै उम्रेको 
बूढो उत्तिसको रुख हो ! 
नवयूगको आराधरानमा 
मनस्तत्वको आराले बाकलजत्ति ताछीफ्याक्नू 
अनि ठोस वस्तु फलेकहरु निकालेर मीमांसाको 
यौटा सुन्दर घर बनाउनू सप्रेम 
जसलाई असंगत भूइचालोले भत्काउन नसकोस् म भन्छु 
तिमि मान्दैनौ। 
मान्नू नमान्नू तिम्रो वैयक्तिक अधिकार 
त्यो पनि तिमि मान्दैनौ। 

तिमि विचार फुलबाट भर्खरै निस्केका र 
खुट्टा नउमि्रएका चेपागाँडा हौ! 
धमिलो दहमा खेलिरहेका 
भ्यागुतो समेत होओइन छप्ल्याङछुप्लुङ आवाजमा 
जत्ति उफ्रेपनि डिलमुन्तिरै पनि हुन सकेनौ म भन्छु 
तिमि मान्दैनौ। 

विचारको स्वयत्तताले आफूलाई शासन गरोस् 
अधोगामी बँच्नू। 
म फुक्का जोधाहा साँढे! 
हालीमुहाली विशेषाधिकारको 
अवस्थानमा योजना बहुलताको लागि छोड्नू। 

तिमि सूर्यको किरणलाई शु्रभकिरण भन्छौ 
म स्पेक्टम भन्छु 
हामी यहिबाट छुट्टियौं 
उँधो बग्नु र उँभो बग्नु अवरोहण र आरोहण 
अब बग्नू स्व फैसलाले। 

उँधो बग्नु भनेको अधोगति हो 
उँधो बग्नु भनेको सक्नु हो 
नसक्नु अर्थात् हुनुले मनको सिद्धान्तको 
खेलमा सहभागी 
गतिशीलतामा रङ्गको स्वचालन 
विघटन हुनुको अर्थले 
अब म ब्रह्मपुत्र उकालो बग्छु। 

मेरो करचेपमा 
मनमा बोधिवृक्ष उमार्न 
कुवाको ब्याङ तिमि असमर्थ छौ 
एकसरो विचारको बूढो सिमल या गोलसिमल! 
भासिइरहेको आँशुको सिमसारमा 
युगौँयुगको असंख्य हेरीफेरीसम्म। 

तिम्रो पुराकथा सुन्ने समय 
समाप्त भएको घोषणा गर्दै 
अकथाको कथा सुनाउने मेरो पालो। 

थेसिस- 
एन्टी थेसिस- 
सिन्थेसिस- 
मात्रै परिक्षणमा रुपान्तरण -म भन्छु 
तिमि मान्दैनौ। 

थिए, छु -ले पुगिन 
हुनेछु -को लागी 
2x2=3 
दुई दुना तीन म भन्छु 
तिमि मान्दैनौ। 

रङ्गीन हालीमुहालीमा 
टक्टकाउन रङ्गको फूल 
प्रतिनिधि साधन मात्रै 
प्रत्येक क्रेताहरु म भन्छु 
तिमि मान्दैनौ 

यो विचलनको चलन 
प्रयोगको साध्य खेल 
अब सिधा मान्छे नखोजौं 
व्यक्तिमा आफू खाजौंआफू खोज्दा अरु नहराऔं 
यो बेमेलको मेल 
मेलको खेल 
म भन्छु 
तिमि मान्दैनौ। 

अब फूलको मात्र कुरा नगर काँडाको पनि कुरा गर 
अब समथरको मात्र कुरा नगरडाँडाको पनि कुरा गर 
अब सतहको कुरा नगरगहिराइको पनि कुरा गर 
अब भावनाको मात्र कुरा नगर बौद्धिकता र कलाको पनि कुरा गर 
अब राम्रो मात्र कुरा नगर नराम्रो पनि कुरा गर 
यो सलग्गताको कुरो ,यो रङ्गीताको कुरो -म भन्छु 
तिमि मान्दैनौ। 

, म मुख थुर्छु क्रोचेलाई- 
कला र जिवन एकअर्काका लागी भो 
थोक रङ्गको भागी भो। 

विश्वकोष- 
सोपपत्तिक कोशको विघटन 
खप्परभित्र खनजोत,मलजल,रोपछोप र गोडमेल 
रङ्गीताको ऐलानी जग्गा चास्नू। 

अन्तिम स्वकीय फैंसला 
जम्मै पाउदर मेटामर्फोसिस 
रङ्गको धरातलमा- 
 
 
िभ 
 
 
को 
छु 

तिम्रा प्रश्न- 
म को हुँ ? 
ब्रह्मपुत्र या ब्रह्म पुत्र ? 
म दुइटै हुन पनि सक्छु 
म दुइटै नहुन पनि सक्छु 
उत्तरवर्ती संरचनाइतरमा ूमू लाई भेट्नू। 

म बुद्धिमा आक्रमण गर्छु ले 
निस्केको छु रङ्गको विश्वभ्रमणमा 
अर्काे कोलम्बसको पाइतला टेकेर 
टेकेर नयाँ आविष्कारको शुरुवात 
अँटाइन म आयामको साँधसिमानाभित्रले 

अब म बह्मपुत्र उकालो बग्छु 
बह्मकमलको सौन्दर्यता भेट्टाउन 
तिमि ब्रह्मले देख्नू है- 

मेरा उरुक निवासी! 
ए मानिस हो१बचाइनँ तिमिलाई बाँच्नुबाट 
तरुणीहरु 

नील नदीमा खुट्टा धुँदै 
यन्त्रकेवल यन्त्र ब्याउँछन् आजकल 
झङ 
झङ 
झङ 
(
बैरागी काइँला) 

खोइ मान्छे सग्लो िसंगो? 
जीवित खोइ मान्छे 
मान्छे भई पूर्ण मान्छे 
भोग्न सकेन जीवन 
जर्जर सब खण्डित 
फोसिल्स केवल राश 
मान्छे अथवा लाश 
मृत्यु केवल बाँचे मान्छे 
मृत्यु भोग्न मान्छे जन्मे 
जीवनभरि मृत्यु बाँच्छन् 
अनि मुर्दा रुँगेर मान्छे युगयुग 
शोकगीत बनेर बाँचे 
शोक बनाउँदै आए 
आफै मरी आफूभित्र 
दिए दागबत्ती आफै 
(
असीत राई) 

अहा! हामी यसै मरिरहेछौ बुद्धिको खेतीमा 
बिना कारण 
नबोलेरनसोधेर 
हामी कुसर्ी र टेबिल भएर मात्र आफ्नो कोठामा 
सजिरहेछौं 
(
मदन रेग्मी) 

कहानीको आगमन भएको छ 
काव्य आरोहण हुन लागेको छ 
हिमाल आरोहण हुन लागेको छ 
(
मोहन कोइराला) 

मानिस ध्वंस हुन्छ र त्यहाँ माथि नयाँ घडेरीको 
फेरी अर्काे आधुनिकता डाकिन्छ जीवनमा 
त्यही निरन्तर नयाँ नयाँ आश्था दिनहरुमा 
जीवन सकिसकेको आभास हुन्छ बुझ्नै नपाई 
जीवन भत्किसकेको आभास हुन्छ साँच्नै नपाई 
(
नरेशचन्द्र खाती) 

मृगतृष्णा ! 
र जलभ्रममा आयुको निरन्तरता हुन सक्छ 
त्यो पाइतालाले भागिरहन सक्छ 
अंधाकार हीनतातिर 
यो मृगतृष्णा िसंगो द्धिप हो 
टापू। मृगतृष्णा। मखमल। 
(
ईश्वर वल्लभ) 

मलाई नबल्ने आगोले पोलिरहन्छ 
नदेखिने सिरेटोले जताततै हानिरहन्छ 
(
तोया गुरुङ) 

मेरो आविष्कार! 
समुद्र मन्थनबाट अलग्ग 
निर्माण गरौं हामी आफ्नै 
सुमेरु र मदराचाल 
(
वानीरा गिरि) 

रङ्गैको डिलढिस्कनडल्ला 
रङ्गैको चुचुराकोभिरालोकोओरालोकोउकालोको 
रङ्गैको फोक्टागराबारीकान्लासुर्का 
रङ्गैको कोदालोदाँदेहलोजोतारो 
भुल्छ एक स्नेप फोटोअन्सारले भेट्दैभेट्तै 
(
धर्मेन्द्र बिक्रम नेम्बाङ) 

बहुल रङ्ग। ब हुल रङ्ग। 
समावेशिताको प्रतिरुप 
इडिपस कम्प्लेक्सबाट- 
म भाग्दा भाग्दै भाग्न नसकेको 
हामी भाग्दा भाग्दै भाग्न नसकेका 
न सकेका छौं। 

क्लनिङ भएर प्रोटो फिगर 
मेरो उपस्थिित 
-
को हस्ताक्षर 
ब्रह्म पुत्र भएर। ब्रह्मपुत्र भएर 
ब्रह्म भएर 
पुत्र भएर। 

यी सबलाई केलाइकुलाइ गर्दा 
रङ्गीताको फराकिलो नाङ्लोमा निफन्दा 
गठन विघटन बन्दा 
मौलिकताहरु उही सापेक्षता बन्दो छ 
सापेक्षताहरु उही मौलिकता बन्दो छ 
अनि यी सब सापेक्षता र मौलिकता 
रङ्गीता बन्दो छ निजत्व मीमांसाले भन्दो छ। 

ऐन्द्रियक दृष्टिविज्ञानले 
नअर्थिनु तर हुनुले 
कवीता कायाकल्प 
म ब्रह्मपुत्र उकालो बग्छु 
अथाह स्रोतबाट 
बग्नु रहस्यमय सौन्दर्यता 
र भेट्नु रङ्गीता। 

म गुफाबाट निक्लेर 
निक्लेर देवीथानबाट पिन 
घम् भर्चुअल वल्र्डमा पुग्नु 
बुद्धिको भयङ्कर बतास 
सिररिरिरिरिरिि 
रिरिरिरिरिरििर 
रिरिरिरिरििर 
रिरिरिरिरििर 
पृथ्वीभित्र बाहिर फनफनी घुम्छु 
न डाँडाले छेक्न सक्छ? 
न काँडाले छेक्न सक्छ? 
न देशले छेक्न सक्छ? 
न महादेशले छेक्न सक्छ? 

बग्छु लम्बाइ वा चौडाइको पल्लोछेउ भएर 
अधिगोष्ठीको निधो अन्तिम सीमा 
विसंगति नामका झारझालहरु बगाउँदै 
प्रतिरोधको आँधीबेहरी आउन सक्छ 
तै पनि म बग्छु 
मसंगै अब बग्नेछन् बूढो उत्तिसको रुख 
खुट्टा नउमि्रएका चेपागाँडाहरु 
एकसरो विचारको बूढोसिमल 
आदिम विचारको गोब्रेबिरो 
र सम्पूर्ण तिमिहरु । 

मू लाई छेकथुन गर्ने कस्को हिम्मत? 
देशीय चौघेरामा ? 
या चट्टानका साँघुरो बाँधहरुमा? 
या ढुङ्गामुढाको मनले? 
म त स्वतन्त्र बग्छु भावनाको मूलप्रवाह--- 
बौद्धिकता र कलाका छालहरु 
यौटा अनन्त सिलसिला 
आयामबिहिन आयाम। 

बग्नु मेरो मानवधर्म 
बग्नु मेरो सिङ्गो आश्था र विश्वास 
बग्नु मेरो स्वकीय विशेषाधिकार 
बग्नु स्व फैसला 
बग्नु मेरो गतिशील नैरन्तर्य चिन्तन 
बग्नु मेरो स्थावरप्रतिको पूरापूर विद्रोह 
बग्नु मेरो जडत्वप्रतिको पूरापूर विद्रोह 
हो गतिशीलतामा रङ्गको स्वचालन विघटन 
हुनुको अर्थले 
साध्यताको खेल 
म ब्रह्मपुत्र उकालो बग्छु। 
इतिहासमा पहिलोपल्ट 
यौटा मको मू 
ब्रह्मपुत्र उँभो बग्दैछ 
जुरुरुरुरुरुरुरु 
रुरुरुरुरुरुरु 
रुरुरुरुरुरु 
रुरुरुरु 
रुरुरु 
रुरु 
रु 
अवस्थल चिन्तनभूमिको- 
नवीनता। विचलन। गतिशील 
रङ्गीक निरवछिन्न बगाइ। 

To be continued............... 
(
यो प्रयोगवादी लामा कवीताको एक अंश मात्र हो। बाँकी दुई अंश पुस्तकमै पढ्नुहोला। यहाँ विकिर्ण चिन्तन विश्रृङखलाको श्रृङखला सघनप्रयोग आदि आदि पाउनु हुनेछ -समदर्शी काइँला  ।)