2009-12-22

ब्वाँसा र स्यालहरू



होसियार  ब्वाँसा र स्यालहरू
सभ्यताको विनासमा लालायित
सामाजिकता विध्वंशका संवाहक
रगतको होली खल्नेहरू,
राष्ट्रियताको ठेकेदारीको बोलपत्र आह्वान गर्दै
स्वाभिमानको तस्करमा उद्दतहरू
नेतृत्वको भजन अलाप गर्दै छन् ।


जनतको नाममा राजनीति गर्जनेहरू,
लाममा उभिएर खुँडा उद्याउनेहरू,
खुलेआम घाँटी रेट्नेहरू
कुण्ठित सफायाका नाममा
ब्लेडले चिर्दै
नागरिक सर्वोच्चता
झाडीमा मिल्काउने हरू, भीरबाट खसाल्ने हरू
मानवताको रछ्यान बिसाएर
स्खलित मानसिकताका अधिकारी
स्वाधिनताको वेच विखनगर्दै
नागरिक सर्वोच्चताको अलापमा
संविधानका नाममा राष्ट्र द्रोही बन्दैछन् ।

जंगली सभ्यताका संवाहक
मानवता विहीन
राक्षसी प्रवृत्तिका राजनैतिक दानवहरू
जनताका नाममा लुटको खेती गरेर
जनताकै प्रतिनिधि भनाउँदाहरूमा
फेरि एक पटक
आफ्नै हैकम र विस्तार वादमा उद्धत
तानाशाही र तानाशाहहरू
रक्त पिपासु बन्दै गएका छन् ।

राक्षसी कात्रो भित्रका
वर्तमान, नि वर्तमान
सहर पसेका ब्वाँसाहरू,
हुतीहारा नामर्द स्यालहरू,
गाईजात्रे पारामा
घाम काट्ने गधाहरू,
फेरि एक पटक
रगतको होली खेल्न रुचाएका
रक्त पिपासुहरू
मान्छे मार्नै सहर पसेका छन्
होसियार । ब्वाँसा र स्यालहरू
घरभित्र छिर्न सक्छन्
सिरानीमा खुँडो राखेर सुत्नुहोला ।।।

– विष्णु प्याकुरेल, उदयपुर, हाल साउदी अरब 

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।