2011-12-07

खबरदार !

खबरदार !
दृष्टि लुकाएर दृष्टि चोर्नेहरु
सिंहासनमा बसेर गरिबी लुट्नेहरु
भक्षयक बनेका मुर्ख रक्षक
अलिकति मान्छे बाँचेर हेर
सडकमा बाँच्नेलाइ कति गाह्रो छ .
----
विस्की र सुस्कीको चुस्कामा
गरिबीको रेखा माथि कोर्नेहरु


कर्णाली एकपटक बाँचेरहेर
तीन मुट्ठी सासलाई सिस्नोले धान्नेहरु
जीवन बाँचेको हेर
गुन्द्रुक र फापरको अनिलो रात काटेर हेर
यहाँ रात काट्ने कति गाह्रो छ .
-----
अनन्य गर्न बानी परि सकेको छ
अन्याय सहन  बानी पारिएको छ
सहनु को एउटा सीमा हुन्छ
सीमा भुलेर अपरिमेय सीमा मिच्नेहरु
खबरदार !
समय चाडै घैंटोमा घाम लागोस
पराकाष्ठ अब सहन्नम
२१औ शताब्दीको घाम
डांडा माथि लागि सकेको छ
उज्यालो नखोजियोस,
तापमा जो पनि जल्न सक्छ .

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।