2015-09-09

निजी गुण्टा, झिटी भारी अादेश सम्वन्धी सूचना २०७१

केही दिन यता सामाजिक सञ्जालहरूमा ४-५ वर्ष पूराना कुराहरूलाइ ताजा समाचार भन्दै जथाभावी गलत सूचना प्रवाह भइरहेकोले यो पोष्ट गरेको छु । 
गलत सूचनालाइ आधार बनाउँदै, सरकार र भन्सार कार्यालयलाइ जथाभावी कागको पछि लागेर गाली गलाैच गरेको ठिक हुन्न । त्यस्ता ब्लगहरूलाइ, पेजहरूलाइ अनलाइक गर्दै गएमा अर्को पटक झुक्याउन पाउँदैनन् ।
तलको सूचना वा जानकारी हेर्नका लागी नेपाल सरकारको भन्सार विभाग, त्रिभुव विमान स्थलको आधिकारिक वेभ पेजमा जानको लागी यहाँ क्लिक गर्नुहोस् र निजी गुण्टा, झिटी भारी अादेश सम्वन्धी सूचना २०७१ डाउनलोड गरि आफै पनि हेर्न सक्नु हुने छ । त्यही भएका सूचना तथा जाकारीहरूको केही अंश तल साभार गरेको छु । 
नेपाल सरकारले भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी कुनै यात्रुले आफ्नो निजी गुण्टा, झिटी भारीमा आफूसँग ल्याएको वा लगेको
(एकम्पनिड) वा आफू आउनुभन्दा अघि वा पछि ल्याएको वा पठाएको (अनएकम्पनिड) माल
सामानमा लाग्ने भन्सार महसुल सम्वन्धमा मिति २०७१ साल श्रावण १ गतेदेखि लागू हुने गरी देहाय बमोजिमको “निजी गुण्टा, झिटी भारी” सम्बन्धी यो सूचना प्रकाशित गरेको छ ।

परिच्छेद–१ नेपाली यात्रुका लागि

१. बिदेशबाट फर्केका नेपाली यात्रुका सम्वन्धमाः (१) नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका देहायमा उल्लिखित सबै वा कुनै मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुनेछः

(क)    लुगाफाटा, बरबिछ्यानै, घर गृहस्थीका पुराना सामान,

(ख)    औषधि उपचार गराई फर्केका विरामीले ल्याएका औषधी,

(ग)    शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,

(घ) सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदी तथा चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरिया,

(ङ)     ट्यावलेट वा ल्यापटप वा कम्प्यूटर,   घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन र पेन ड्राइभ एक एक थान,

(च)    बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान,

(छ)    पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक एक थान
(जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, बैडमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला, जस्ता सामानहरु) ।

 (ज)    सात किलोग्रामसम्म खाद्य परिकार ।

(झ)    मदिरा १.१५ लिटरसम्मको बोतल एक ।


(२) यात्रुले उपदफा (१) को खण्ड (घ) र (झ) मा उल्लिखित सामान बाहेक सो उपदफामा उल्लिखित अन्य सामान बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी छाडि दिन सक्नेछ । छ महिनाभन्दा कम अवधि विदेशमा बसी आउने यात्रुले चार सय ग्रामसम्म सुन तथा सुनका गहना आफ्नो साथमा ल्याएमा यस दफाको उपदफा (१) को खण्ड (घ) बमोजिम पाउने सुविधा दिई बाँकी परिमाणमा मात्र लाग्ने भन्सार महसुलमा पचास प्रतिशत थप गरी महसुल असुल गरिनेछ ।

(३) नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोजनका देहायमा उल्लिखित सबै वा कुनै मालसामान प्रचलित आर्थिक ऐन बमोजिम समदरमा लाग्ने महसुल तिरी ल्याउन पाउने छन् । यस्ता मालसामान आपूm आउनु अघि वा पछि चलान गरेको भएमा आफू नेपाल प्रवेश गरेको मितिले तीन महिनाभित्र भन्सार गोदाममा दाखिल भैसकेको हुनु पर्नेछ ।

(क)    टेलिभिजन, म्यूजिक सिष्टम, रेफ्रिजरेटर, वासिङ्ग मेशिन, पंखा, रेडियो, सि.डि. प्लेयर, भि.सि.डि. प्लेयर र डि.भि.डी. प्लेयर  एक एक सेट ।
 (ख)    शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कष्मेटिक्स आदि बढीमा पन्ध्र थान ।
 (ग)    घरायसी प्रयोगका सामान्य किसिमका उपकरण (मिक्सर, जुसर, सिलाइ मेशिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर जस्ता) दुई÷दुई थान ।
 (घ)    दश किलोग्राम सम्म खाद्य परिकार ।
 (ङ)    व्यवसायिक पेशामा लागेका (डाक्टर, इन्जिनियर जस्ता) यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई÷दुई थान ।
 (च)    खण्ड (क) देखि (ङ) सम्मका सामान बाहेक नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई दुई थान ।

तर यात्रुले ल्याउन पाउने  आफ्नो  निजी   व्यवहारका यस उपदफामा उल्लिखित सामानहरु कुनै यात्रुले माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी लाग्ने समदरको महसुल लिई जाँचपास गर्ने
स्वीकृति दिन सक्नेछ ।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशमा छ महिनाभन्दा बढी अवधि बिताई फर्केका यात्रुले आपूm पुगेको ठाउँबाट सो उपदफा (३) बमोजिमका सामान आफूसाथ ल्याएमा वा आफू आउनुभन्दा अघि वा पछि पठाएमा निम्न बमोजिमको मूल्यसम्ममा लाग्ने भन्सार महसुल पूर्ण रुपमा छुट दिइनेछ र त्यस्तो मालसामानको प्रज्ञापनपत्र नभराई छुट्टै अभिलेख राखी जाँचपास गर्न सकिनेछ । छुट सीमाभन्दा बढी मूल्यको सामान भएमा बढी मूल्यमा प्रचलित आर्थिक ऐन बमोजिम समदरमा भन्सार महसुल लाग्नेछ ।

(क)    छ महिनाभन्दा बढी एक वर्षसम्म विदेशमा बसी फर्केमा पन्ध्र हजार रुपैयाँसम्म,

(ख)    एक वर्षभन्दा बढी जतिसुकै अवधि विदेशमा बसी फर्केमा पच्चीस हजार रुपैयाँसम्म,

(५) सोह्र वर्षभन्दा कम उमेरका यात्रुले उपदफा (४) बमोजिमको छुट सीमाको पचास प्रतिशत मात्र सुविधा पाउनेछ ।

(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि देहायको कुरामा देहाय वमोजिम हुनेछः

(क) विदेशमा बसेका नेपाली यात्रुहरुले आपूmले प्रयोग गरेका लत्ता कपडाहरु हुलाक पुलिन्दाबाट पठाउँदा त्यस्तो लत्ता कपडामा भन्सार महसुल छुट हुनेछ ।

(ख) विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई उपदफा (३) बमोजिमका सामानमध्ये अमेरिकी डलर तीन सय पचास
सम्मको सामान पठाएमा प्रमाण हेरी लाग्ने समदरमा भन्सार महसुल लिई जाँचपास गर्न सकिनेछ ।.

(ग) विदेशमा छ महिना वा सोभन्दा बढी समय बसी फर्किने नेपाली यात्रुलाई पाँचसय ग्रामसम्म सुन तथा सुनका गहना र एक किलोग्रामसम्म चाँदी तथा चाँदीका गहना लाग्ने महसुल तिर्ने गरी साथमा ल्याउन दिइनेछ । उक्त परिमाणमध्येबाट दफा (१) को उपदफा (१) को खण्ड (घ) बमोजिम
सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदी तथा चाँदीको गहना पाँचसय ग्रामसम्म छुट दिई वाँकी परिमाणमा मात्र लाग्ने महसुल लिइनेछ ।

(घ) चुरोट दुइसय खिल्लीसम्म वा सिगार पचास खिल्लीसम्म दरवन्दी बमोजिम लाग्ने महसुल लिई पैठारी गर्न दिइनेछ । यसमा तोकिएको परिमाणभन्दा वढी चुरोट वा सिगार ल्याएमा त्यस्तो बढी परिमाणमा लाग्ने भन्सार महसुलमा शतप्रतिशत थप भन्सार महसुल समेत असुल गरी जाँचपास गर्न सकिनेछ ।

(ङ)     भारतीय सेना वा प्रहरीबाट सेवानिवृत्त भई निवृत्तभरण पाउने गरी
स्वदेश फर्कंदा निवृत्त भएको कागजात पेश गरेमा एक पटकको लागि पचास हजार रुपैंयासम्मको निजी प्रयोगका घरायसी सामानहरु (सवारी साधन,        हात हतियार, खरखजाना एवं अन्य प्रतिवन्धित सामानहरु बाहेक) ल्याएमा सम्पूर्ण महसुल छुट हुनेछ ।

(च) कुनै नेपाली नागरिकको विदेशको बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भएमा निज र निजको परिवारको निजी प्रयोगका पुराना सबै किसिमका सामानहरु (सवारी साधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा सम्पूर्ण महसुल छुट हुनेछ ।

(छ) वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी व्यक्तिगत प्रयोजनको लागि पैठारी गर्न पाउने भनी तोकेको तर यस सूचनामा उल्लेख नभएका मालसामानहरु कुनै यात्रुले पैठारी गरेमा लाग्ने महसुल लिई त्यस्तो सामान जाँचपास गरिनेछ । तर त्यस्तो सामानका हकमा दफा १ को उपदफा (४) बमोजिम मूल्य छुट सुविधा दिइने छैन ।

(ज)  विदेशबाट फर्केका यात्रुले ल्याएको सामान अन्य व्यक्तिको नाममा जम्मा गर्न वा नामसारी गरी छुटाउन पाइने छैन ।

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।