2015-08-23

जनताको सुरक्षा गर्न नसक्ने साशक मृत्युदंडका हकदार हुन : महाभारत

जनताको सुरक्षा गर्न नसक्ने साशक मृत्युदंडका हकदार हुन : महाभारत 
==============================================
वेदव्यास रचित महाकाव्य "महाभारत " एउटा परिचित ग्रंथ हो ! महाभारतमा वर्णित पांडव-कौरवहरुको युद्धको समाप्ति पछि राजा युधिष्ठिर बाण शय्यामा पल्टिएका भीष्म पितामहका सामु राजकार्य संबंधी नीतिवचन प्राप्तिकालागि जान्छन ! राजा युधिष्ठिरले एउटा राजाले गर्नु पर्ने कामका बिषयमा सोध्दा पितामह भीष्म भन्दछन - हेर राजन ! त्यस्ता राजालाई प्रजाले मृत्युदंड दिनु पर्दछ जसले उनीहरुको सुरक्षाको चासोलाई गंभीरता पूर्वक लिंदैन ! मैले याँहा पितामह - युधिष्ठिर सम्बाद सम्बन्धी तीन श्लोकहरु उद्धृत गरेको छु ! यी तिनै श्लोकहरु महाभारतको अनुशासनपर्व (अध्याय ६१) को हो !
क्रोश्यन्त्यो यस्य वै राष्ट्राद्ध्रियन्ते तरसा स्त्रियः ।
क्रोशतां पतिपुत्राणां मृतोऽसौ न च जीवति ॥३१॥
(महाभारत, अनुशासनपर्व, अध्याय ६१)
(यस्य वै राष्ट्रात् क्रोशताम् पतिपुत्राणाम् क्रोश्यन्त्यः स्त्रियः तरसा ध्रियन्ते असौ मृतः न च जीवति ।)
अर्थ – जुन राजा (साशक )को राज्यमा स्वास्नी मान्छेहरु माथी व्यभिचार हुन्छ ,बलपूर्वक अपहरण गरिन्छ र तिनका पति र छोरा छोरीहरु रोइ कराई गर्दछन त्यस्ता ठाउँका साशकहरु मरे समान छन् !
जुन साशकले अपहरण गरिएका स्वास्नी मान्छेहरुको सुरक्षाको लागि समुचित कदम उठाउन सक्दैन ,उसको दुखी बन्धु बान्धवको विवशताबाट विचलित हुन्न उ जिउँदो भएपनि मरे समान छ ! त्यस्तो साशकहरु जिउँदो रहनुको कुनै अर्थ रहन्न !
ध्यान रहोस ! नेपालको अहिलेको तथाकथित लोकतांत्रिक गणतन्त्रको शासकीय व्यवस्थामा जो सत्ताको शीर्ष स्थानमा छन् तिनले नै राजाको भूमिका निभाई रहेका छन् ! यसकारण राजा भनेर सम्बोधन गरिएका बिषय बस्तु तिनै प्रति परिलक्षित छ ! हाम्रो मुलुकको केहि क्षेत्रमा स्वास्नी मान्छेहरु प्रति गरिने दुर्व्यवहार / दुष्कर्महरु घृणित तथा निन्दित छन् ! स्वास्नी मान्छेहरु विश्व बजारमा निन्दित कर्मकोलागि बेचिएका छन् ! तर मुलुकको साशकिय व्यवस्था यति वाहियात छ कि ती स्वास्नी मान्छेहरु लाइ त्यस्तो गर्ने ,गराउने हरुलाई हाम्रा साशकहरुले दण्ड र सजाय दिन सक्तैनन् ! सामान्य नागरिकको तर्फबाट भन्नु पर्यो भने ती डुबेर मरे हुन्छ !
अरक्षितारं हर्तारं विलोप्तारमनायकम् ।
तं वै राजकलिं हन्युः प्रजाः सन्नहा निर्घृणम् ॥३२॥
(अरु पूर्वोक्त)
(अरक्षितारम् हर्तारम् विलोप्तारम् अनायकम् तम् निर्घृणम् राजकलिम् प्रजाः वै सन्नहा हन्युः ।)
अर्थ – जुन साशकहरुले आफ्ना नागरिकहरुको सुरक्षा गर्न सक्तैन ,तिनको धन सम्पत्ति जफत गर्ने गर्दछ , जुन साशकहरु योग्यता र नेतृत्वबाट वंचित छन् , त्यस्तो निकृष्ट साशकहरुलाई कैदमा राखेर निर्दयतापूर्वक मार्नु पर्दछ !
राजा वा साशकको कर्तव्य आफ्ना नागरिक हरुलाई सुरक्षित राख्नु र् तिनलाई सुख-समृद्धि पाउने अवशर प्रदान गर्नु हो ! यसो गरेमा मात्र त्यस्तो साशकहरुले आफ्ना नागरिकहरुबाट कर लिन पाउद्छन ! साशक हुनुको कर्तव्य निर्वाह न गर्नेले कर लिन्छन भने ति लुटेरा कहलिञ्छन ! नीतिले भन्छ यस्ता साशक वा राजाहरु निकृष्ट बर्गका हुन् ती प्रति दया वा आदरभाव राख्नुको साटो परलोक पठाउनु उत्तम हुनेछ !
हाम्रो मुलुकमा आज केहि ठाउको शासकीय अवस्था अति दयनीय छ ! याँहा दुर्भाग्यको कुरो के हो भने सत्तासुखमा लिप्त शासकहरुलाई दंडित गर्ने कोहि देखिन्न ! पांच-पांच बर्षमा गरिने चुनाउको माध्यमले तिनलाई सजाय दिन सकिन्छ तर चुनिनु र नचुनिनु न पुरस्कार हो न दण्ड ! चुनाउमा उम्मेदवार धेरै हुन्छन त्यस मध्ये एउटा चुनिने हो ! “ एउटालाई चुन्यु अरु सबैलाई सजाय दियौ भन्नु आफैमा हास्यास्पद हो ! याँहा प्रश्न खासमा दण्ड /सजायको हो जुन हुदै हुदैन !
अहं वो रक्षितेत्युक्त्वा यो न रक्षति भूमिपः ।
स संहत्य निहंतव्यः श्वेव सोन्मादः आतुरः ॥३३॥
(अरु पूर्वोक्त)
(अहम् वः रक्षिता इति उक्त्वा यः भूमिपः न रक्षति सः स-उन्मादः आतुरः श्व-इव संहत्य निहंतव्यः ।)
अर्थ – म तपाइहरु सबैको रक्षक हु भनेर यदि कुनै साशक वा राजाले आफ्ना नागरिकहरुको रक्षा गर्न सक्दैन तिनीहरुलाई बौल्हाएको कुकुर सरह सबै मिलेर मार्नु पर्दछ !

यस श्लोकमा कटु शब्द प्रयोग गरिएको छ ! शासकहरुको पहिलो कर्तव्य हो कि उनीहरुले भयमुक्त समाज श्रीजना गरुन – भयमुक्त निरीह-निरपराध नागरिकहरुको लागि हो न कि अपराधीहरुको लागि ! अहिलेको अवस्था उल्टो छ ! अपराधीहरु स्वच्छंद रुपमा विचरण गरि रहेका छन् र सामान्य नागरिकहरु डराएर तिनीहरु प्रति हेर्दछन ! जुन शासकहरुको मुलुकमा यस्तो अवस्था छ त्यसलाई महर्षि व्यासले बौल्हाएको कुकुरको संज्ञाले विभूषित गरेका छन् ! यस्ता कुकुरहरुको एउटै उपचार मृत्यु हो ! हाम्रा साशकहरु त्यस ठाउँमा पुग्ना साथ् आफ्नो सुरक्ष्या गर्दछन ! सामान्य व्यक्ति तिनीहरु भा ठाउँमा पुग्ने सक्तैनन् ! क्यै गर्ने भन्ने त् टाढाको कुरो भयो ! माथि उल्लेख गरिएका नीतिश्लोक ले महाभारत ग्रंथमा आफ्ना कर्तव्यहरु गर्न नसक्ने शासकलाइ पतित र निकृष्ट श्रेणीको मानेको छ !