2015-08-19

दण्ड र सजाय - प्रवीण अधिकारी

मनुस्मृति : साशकले दण्ड सजाय दिनु पर्ने व्यक्तिलाई दण्डित गर्न नसक्ता कालांतरमा ति तिनै दुर्जनहरुको कारण सत्ताच्युत हुन पुग्दछन र मारीन पनि सक्दछन !!!
===================
मनुस्मृति सनातनी हिंदू समाजको निकै प्राचीन र लोकप्रिय ग्रंथ हो ! यसमा एउटा साशकले गर्नु पर्ने काम र कर्तव्यहरुको बर्णन गरिएको छ ! धेरैको दृष्टिमा मनुस्मृति विवादास्पद ग्रंथ मानिन्छ !बिबादास्पद भन्नेले दुइटा कुरा आधार मानेको देखिन्छ ! पहिलो , यस ग्रन्थले वर्ण-व्यवस्थाको पैरवी र दोश्रो ,यसले नारी जातिलाई पुरुष सरह बराबरको दर्जा दिएको छैन भनेर भनिन्छ ! यद्यपि तिनै बद्ख्वाइ गर्नेलेनै यस ग्रन्थले नारी जातिलाई सम्मानको हकदार बनाएको चाहिं स्विकार्द्छन !

मनुस्मृतिमा समाज प्रति साशकको कर्तव्य, शासकीय स्वरुप र न्यायिक व्यवस्था सम्बन्धमा जे जे कुराहरु समाबेस गरीएको छ ती सबै कुराहरु तर्कसंगत एवं शाश्वत रूपमा आज पनि प्रासंगिक तथा महत्वपूर्ण देखिन्छन ! यस स्मृतिका केहि कुराहरु केहि मान्छेलाई अपाच्य हुनसक्छ तर यसका अधिकांश कुराहरुको बिरोध गर्न सकिन्न ! ती कुरालाई न स्वीकार्नु व्यक्ति बिशेषको दुराग्रह ठहरिन सक्तछ ! जस्तो , यस ग्रन्थले साशक बर्गलाई प्रोत्साहित गरेर कुनै पनि अपराध नियंत्रण गरेर दण्डको परिधिमा राखिनु पर्ने कुरा देखाएको छ र यस कुरोलाई बिशेष महत्व दिदै दर्शाइएका केही श्लोकहरु हेरम !
(मनुस्मृतिको अध्याय ७ बाट उद्धृत)
यदि न प्रणयेद्राजा दण्डं दण्ड्येष्वतन्द्रितः ।
शूले मत्स्यानिवापक्ष्यन्दुर्बलान्बलवत्तराः ॥२०॥
(यदि न प्रणयेत् राजा दण्डम् दण्ड्येषु अतन्द्रितः शूले मत्स्यान् इव अपक्ष्यन् दुर्बलान् बलवत्तराः ।)
अर्थ : यदि राजा वा साशकले दण्डित तुल्याउनु पर्ने दूर्जन व्यक्तिहरुलाइ दण्ड दिन सकेन भने बलिया व्यक्तिहरुले दूर्बलहरुलाई त्यसैगरी पकाउनेछन जसरी तावामा माछा तारीन्छ ! याँहा यो भनाइको तात्पर्य के हो भने साशकहरुले अभियुक्तहरुलाइ तिनले गरेको कसुर हेरी समाजका अघि सजाय दिन नसक्ता निर्बल व्यक्तिहरु माथि बलशाली मान्छेहरुको अत्याचार बढेर जान्छ जसका कारण अत्याचार गर्ने व्यक्ति निकै शक्तिशाली हुन् पुग्छन र उनीहरुले धनबल, बाहुबल, शासकीय संयन्त्र माथिको पहुंचका कारण मनपरी गरेर कम्जोरमाथी थिचो मिचो गर्दछन ! अहिले नेपालमा देखिएको र र्नेपालीहरुले भोगेको त्यहि हो ! आज नेपालको सामाजिक र सरकारी माहोल विचार्दा यी नै कुराहरु भेटिन्छ ! तर दण्ड र सजायको समुचित व्यवस्था भएको ठाउँमा डर र भयले दूर्जनहरु रोकिन्छन ! नीतिले भन्दछ राजा र साशकको कर्तव्य हो - अपराधीलाइ दण्ड दिदा उसलाई मायाँ गर्न वा आलटाल गर्न हुदैन ! दूर्भाग्य बस ! नेपालमा बिगत आठ बर्षदेखि दण्डनीति र प्रक्रिया निष्प्रभावी छ ! गुण्डातन्त्र हावी भएका कारण अपराधीहरु संरक्षित छन् र तिनको मनोबल चरमोत्कर्षमा छ !
आजको दिन नेपालमा राजा छैनन् तर कथित लोकतन्त्र हावी छ ! उनको स्थानमा राजनीतिक दलका साशक बर्ग स्थापित छन् ! ६०१ व्यक्तिहरुले राजाको स्थान लिएका छन् ! सिद्धांततः राजाको अधिकार उनीहरु संग सुरक्षित छ र राजाका कर्तव्यहरुको जिम्मा र निर्वाह उनिहरुबाटै छानिएका व्यक्तिहरुले गरीरहेका छन् ! अधिकारकोलागि ती अघि र दायित्वहरुकोलागि ती पछि छन् ! तिनीहरुको कार्य सम्पादन चिंताजनक र उदेक लाग्दो छ ! त्यसकारण नेपालमा अपराध दिन प्रतिदिन बढ़दो अवस्थामा छ !
सर्वो दण्डजितो लोको दुर्लभो हि शुचिर्नरः ।
दण्डस्य हि भयात्सर्वं जगद्भोगाय कल्पते ॥२२॥
(सर्वः दण्डजितः लोकः दुर्लभः हि शुचिः नरः दण्डस्य हि भयात् सर्वम् जगद् भोगाय कल्पते ।)
अर्थ : कुनै पनि मुलुकलाई दण्ड सजायको व्यवस्था नगरी सम्हाल्न सकिन्न ! अर्थात् दण्ड सजाय द्वारा नै यो संसार माथि पनि प्रभूत्व कायम गर्न सकिन्छ ! यो माटोमा सफा - सुग्घर एवं सच्चरीत्र मान्छे भेटिन गाह्रो हुन्छ ! दण्ड सजायको डरले मात्र साशन व्यवस्था कायम हुन्छ ! जसमा मान्छेले आफ्नो सम्पदाको भोग आफुले गर्न सक्दछन !
यसको मतलब बहुसंख्यक मान्छेहरु दण्ड सजायको प्रभावकारी कार्यान्वयनको डरले अपराध वा अनुचित कार्यदेखि टाढिन चाहान्छन ! यदि दण्डित हुने भय समाजमा भएन भने चारैतीर दूर्ब्यबस्था फैलिन्छ र लूटपाट मच्छिन्छ ! आफैले जोहो गरेका चिजपनी मान्छेले भोग गर्न पाउदैनन र अरुले उसको सम्पति माथि अधिपत्य जमाउन पुग्छन !
यत्र श्यामो लोहिताक्षो दण्डश्चरति पापहा ।
प्रजास्तत्र न मुह्यन्ति नेता चेत्साधु पश्यति ॥२५॥
(यत्र श्यामः लोहिताक्षः दण्डः चरति पापहा प्रजाः तत्र न मुह्यन्ति नेता चेत् साधु पश्यति ।)
अर्थः जहां कालो वर्ण एवं रातो आँखो भएको र पाप (पापीहरु ) को नाश गर्ने ‘दण्ड’ सजाय सक्रिय छ र जहां शासन गर्नेले उचित अनुचित छुट्याएर दण्ड दिन्छ त्यहा प्रजाहरु उद्विग्न या व्याकुल हुन पाउन्नन !
दण्ड सजाय कुनै मूर्ति जन्य वस्तु होइन , यो एक भाव हो , अमूर्त अवधारणा हो ! तर शास्त्रहरुमा यसको वर्णन कालो (डराउने) र रातो -रातो आंखा भएको भौतिक जीवंत सत्ताको रुपमा गरिएको छ ! यसलाई दण्डलाइ भयकारक स्वरूप बर्णन गर्ने पारम्परिक तरिका मान्नु पर्दछ ! यस्तो शब्दशः ग्रहण गर्नु जरुरी छैन ! भन्नुको मतलब के हो भने दण्ड त्यत्तिकै भयकारक हुन्छ जसरी रातको समय कुनै मदमस्त डरलाग्दो पशु हाम्रो अघि उभिदा हुन्छ ! अर्थात दण्ड र सजाय कल्पना गर्दा व्यक्ति डरावस र नचाहिदो काम नगरोस ! यसैले साश्त्रमा त्यसरी बर्णन गरिएको हो ! जहां नेताले अपराधीलाइ यसरी दण्ड सजायको डर देखाउछन त्यहाँ सर्बसाधारण निडर पूर्वक रहन सक्दछन !
तस्याहुः सम्प्रणेतारं राजानं सत्यवादिनम् ।
समीक्ष्यकारिणं प्राज्ञं धर्मकामार्थकोविदम् ॥२६॥
(तस्य आहुः सम्प्रणेतारम् राजानम् सत्य-वादिनम् समीक्ष्य-कारिणम् प्राज्ञम् धर्म-काम-अर्थ-कोविदम् ।)
अर्थ : दुर्जनहरु माथि यसरी दण्ड सजाय गर्ने राजा वा साशक सत्यवादी, सोची -विचारी कामगर्ने बुद्धिमान्, र धर्म, काम एवं अर्थको अवधारणा ख्याल गर्ने हुनु पर्दछ !
धर्म, काम एवं अर्थलाइ शास्त्रहरुमा ‘त्रिवर्ग’ भनिएको छ ! सांसारिक जीवन इनै तीन चिजमा केन्द्रित रहेको हुन्छ ! याँहा ‘अर्थ’ को अर्थ हो धनसंपदा जसको बलमा ‘काम’ अर्थात् भौतिक कामनाहरु एवं सुख सुविधाहरुको भोग हामीहरुले गर्न सक्दछौ र जसबाट दान, पूण्य ,समाज सेवा आदि जस्ता ‘धार्मिक कार्य संपन्न गर्न सकिन्छ ! इ तिनैमा संतुलन बनाएर जीवन यापन गर्नु सामान्य व्यक्तिको कर्तव्य हो ! उक्त श्लोक अनुसार न्यायप्रिय राजा वा साशकले त्रिवर्गलाइ ठीक-संग मनन गर्नै पर्दछ !
तं राजा प्रणयन्सम्यक् त्रिवर्गेणाभिवर्धते ।
कामात्मा विषमः क्षुद्रो दण्डेनैव निहन्यते ॥२७॥
(तम् राजा प्रणयन् सम्यक् त्रिवर्गेण अभिवर्धते काम-आत्मा विषमः क्षुद्रः दण्डेन एव निहन्यते ।)
अर्थ : त्यस्तो दण्ड सजाय गर्न सक्ने राजा वा साशक र त्यसको समुचित प्रयोग गर्ने राजा वा सशक त्रिवर्ग (धर्म, अर्थ एवं काम) को दृष्टिले समृद्ध हुनु पर्दछ ! अर्थात् न्यायको मार्गसमातेर हिड्ने साशकले वा राजाले मात्र आर्थिक संपन्नता,सुखभोग र धर्म-संपादन गर्न सक्दछ ! यस विपरीत जो राजा वा साशक भोगविलास ,सत्तासुखमा लीन हुन्छन र जनता प्रति असमान वा अन्यायपूर्ण व्यवहार गर्न उद्दत हुन्छन र जो जो नीच स्वभावका देखिन्छन ति जनता वा अन्य साशकहरुद्वारा तिनै कानुनलाई आधार बनाइ मारीन्छन ! भन्नुको मतलब के हो भने राजा वा साशकले दण्ड सजाय दिनु पर्ने व्यक्तिलाई दण्डित गर्न नसक्ता कालांतरमा ति तिनै दुर्जनहरुको कारण सत्ताच्युत हुन पुग्दछन र मारीन पनि सक्दछन !
आजको परिप्रेक्षमा राजाको अर्थ हो शासकीय व्यवस्थाको शीर्ष स्थानमा बसेका व्यक्तिहरु जो राज्य व्यवस्थामा हालीमुहाली गर्दछन ! तिनको आचरणलेनै न्यायको दिशा निर्धारित गर्दछ ! हाम्रो देशको दूर्भाग्य के हो भने हाम्रो न्यायिक व्यवस्था प्रायः निस्फल छ ! मान्छेको मनमा दण्डित हुनु पर्ने डर देखिन्न ! त्यस्तो डर नभएको कारणले भय भन्ने चिज समाप्त हुन पुगेको छ ! उनीहरु अपराधी भए पनि म सजाय भोगी हुन्न भन्ने कुरामा आश्वस्त भएका कारण नेपालमा अराजकता बढेर गएको छ !
प्रवीण अधिकारी ज्यूको फेसबुक वालबाट साभार गरिएको ।