2015-07-26

A Trip to Red Sea (लालसागर यात्रा)

A Trip to Red Sea (लालसागर यात्रा)
हाम्रा सह्रृदयि दाजै मिलन श्रेष्ठको सँयोजकत्वमा यस वर्षको (२०७२, असार) निकै ठाउँ घुमेर बिताइयो ।
भूपरिवेष्ठि मुलुकका हामी नेपालीहरूका लागी समुन्द्रसम्म पुग्नु अनि त्यसमाथी अझै बोटिङ समेत गर्न पाउनु भने ठूनै कुरो हुन्छ ।

झन्डै ६ - ७ हजार किलोमिटरको यत्रामा यसपटक फेसबुकका साथीहरू एल नेम्बाङ जी, जीतु खड्का गाँउले जी, अनि तोयानाथ पाैडेल भाइहरू सँग साक्षातकार हुने माैका पाइयो । साथीहरू फेसबुकमा देखिनु भए भन्दा निकै पृथक हुनुहुँदो रहेछ । सहज अनि फराकिलो विचार बोकेर बस्नु भएका मित्रहरू भेट्दा, यो मरूभूमिमा एक बेग्लै किसिमको सकारात्मक सोच पलायो ।
पूरा लेख पढ्न यहाँ क्लिक गर्नु होला ।


पाैडेल भाइले निकै ठाउँ घुमाए, यीनले पनि एउटा गुणै लगाएका छन । धन्यवाद त दिनै पर्छ ।
मिलन श्रेष्ठ दाजै, जो झन्डै १५ सय किलोमिटरको यात्रा गरेर मलाइ म बसेकै ठाउँमा डिजेल हाइलक्समा देख्दा पहिले त अचम्मै तर गाडीको अनुभवहिन म गाडी भने सहि रहेछ ।
सहदेव र रामहरि अनि अशोक भाइहरूको आत्मियता अनि शँकर भान्जाको चकलेटी पाराले यात्रा झनै रमाइलो पारेको थियो । ध्रुव भाइको गाडी हकाइ अति नै भद्र र भलाद्मी पाराको रहेछ । अधिकाँश गन्तव्यस्थलहरूमा उनैले लगे । अन्य भाइहरू, बिनोद क्षेत्री,  प्रकाश, नेत्र अधिकारी सबैलाइ हार्दिक धन्यवाद ।
भिडियोको लागी यहाँ क्लिक गर्नु होला ।
अन्य भिडियो हेर्न भने यहाँ क्लिक गर्नु भए पनि हुन्छ ।

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।