2013-05-25

सँविधान सभा भाग - २ (२०७०)

घोषणा पत्रले मुलुक बन्दो रहेनछ । कस्का घोषणा पत्र देश विरोधी छन र ? जम्मैले त राष्ट्र, र राष्ट्रियता नै बकेका छन् । बक्नु सिवाय यिनको घोषणा पत्रमा अरू केही छैन । कार्यान्वयन पक्ष जम्मैको भुँडि भर्ने नीति मै केन्द्रित छ । २०४६ देखि यता २०७० सम्म आइपुग्दा मुलुमा तोड्ने , फोड्ने र जलाउने राजनीति बाहेक एउटा अर्को नीति बनाए नेताहरूले, जसरी हुन्छ कुर्सीमा बस्ने र सक्दो भुँडी भर्ने । देश भाँड मे जाए । 
देशलाइ विदेशीको गुलामीमा दिनानुदिन जाक्दै छिमेकीको इशारामा नाच्नेहरूले राष्ट्रिय अस्मित लिलाम गरिरहेका छन् । 
किन आशा गर्नु फेरि काँग्रेस र एमाले संग ? काँग्रेसले ६५ वर्षकालाइ नी युवा नै देख्छ । नेपाली काँग्रेसले जब सम्म सुजाता र देउवा जस्ताहरूलाइ काँधमा बोकेर, हिँडिरहन्छ तबसम्म काँग्रेसलाइ विस्वास गर्नु भनेको धोका हो । 
एमालेको कुरा नै चर्को । यो न यताको न उताको । जहिलेकै दोग्ला हो । 

माउवादीलाइ गन्धकको धँधँङीले छोडेकै छैन । अघिल्लो पटकको चुनावमा माउवादीले के गर्यो र कसरी बहुमत ल्यायो भन्ने सर्वविधितै छ । हाम्रै गाउँमा बन्धुक तेर्स्याएर भोट खसालेको हामीले बिर्सेका छैनम् । देशका विभिन्न मतदान केन्द्रमा यस्तै अवस्था नभएको होइन । अहिले आएर उस्ले भन्ने छ, यो एक हावादारी आरोप र चुनावमा भ्रम श्रीजना गर्ने प्रतिकृयावादीहरूको चाल हो । तर यथार्थ यही हो जो देखियो ।

यदि चुनाव हुन्छ नै भने, यी जम्मै दलका केही गर्छु भन्ने भावना र साहस बोक्नेहरूले एउटा अलग्गै धारको, जमातको श्रीजना गर । विकल्प खोजिनु आवश्यक छ । राजनीतिमा युवालाइ सकृय गर । अबको राजनीतिमा युवा नजाग्ने हो भने उही फेसबुकाँ बसेर हुटिट्याउँ जस्तो बकबास गर्नु बाहेक केही हुन्न ।
यी दलहरूका दलाली घोषणापत्रमै सिमित भो । बाहिर निस्कन सकेन । यी दोर्जेहरू हुन् । यीनको विकल्प आवश्यक छ ।