2013-01-13

मुसा राजनीति

मुसा राजनीति 


अब आउने चुनाबमा (भए त हो नी ?) मुसालाई जिताउनु पर्छ । मुसाले धेरैकुरो गर्न सक्दो रहेछ  भन्ने अचेलको राजनैतिक तरो ताजो घटनाले देखाउन्दै छ । चुनाब अघिनै एउटा भरपर्दो मुसा आयोग गठन गरेर यस बिसयलाई जोडदार रुपमा अघि सार्नै पर्छ । 


मुसा जी - जिन्दाबाद !
यो देश पशुपतिनाथले चलाका हुन् भन्ने कुरो गलत हो, यो देश बास्तबमै मुसालेनै चालको पुस्टि भैसकेको अवस्थामा पनि मुसालाई महत्व नदिने हो भने अब धुर्बे र रोनाल्डोले अर्को क्रान्ति गर्छन ।  त्यो अस्तिनैको ध्रुबे र हिजो अस्तिको रोनाल्डो को उद्दुम पनि मुसाकै कारण भएको हुनु पर्छ । गणेशजी अर्थात मुसाका बफादार मालिक, क्रमसः ध्रुबे जी र रोनाल्डो जी , अब फिल्डमा क्रान्ति बोकेर छिरिसकेका छन् । 

ध्रुबे जी  - जिन्दाबाद ! 
रोनाल्डो जी - जिन्दाबाद !

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।