2012-04-09

शुभकामना - नयाँ वर्ष वि सं २०६९

सबै नेपाली एक हौ भन्ने भावना प्रस्फुटित होस्!
औचित्यहीन बहसहरु बन्ध भई देशमा औचित्यहिन्ताको तगारो टुटोस!
नेतामा एकता, कर्म निष्ठता र राष्ट्रप्रेम जागोस्,
कर्मचारीहरू कर्मनिष्ठ र उत्तरदायी बन्न सकुन् ,
मुलुकबाट अन्योलताका काला बादलहरू फाटुन्,
हामी जनतामा - हिमाल-पहाड-तराइ हामी मात्र नेपाली,
भन्ने भावनाको विकास होस् ,
जातीयता, विभेद, छुवाछुत जस्ता असामाजिक कूसंस्कारहरू उन्मूलन हुन्,
नेपालीले अनेपाली हुन नपरोस्,
द्वन्द हटोस्, कलह हटोस्, मति विग्र्या नेताहरूमा सद्बुद्भी पसोस् ,
हामी सबै नेपालीमा मातृप्रेम जागोस् .......
२०६९ ले हामी लाइ शान्ति र सु-ब्यबस्था सहितको नयाँ संभिधान दिन सकोस्,
नव बर्ष २०६९ को हार्दिक मंगलमय शुभकामना!

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।