2012-03-27

माफियाहरू

करोडँ र लाखँको व्यपारिक प्रहशनमा,
संविधान र संसदको धमिलो पर्दा पछाडी
हामी तस्करहरू पालेर, मन्त्रीको सपथ ख्वाइरहेका छँ,
हामी मन्त्री र देश हाँक्नेहरूको गुन्डाराज
दैनिक अखबारमा छापिरहेका छँ, - भ्रष्ट नेता, सभासद् र मन्त्रीहरू ।
दैनिक समाचारहरूमा सुनीरहेका छँ, हेरि रहेका छ
सेता हात्ती पालेर तीनका राज्यद्रोही कदमहरू,
चुपचाप, चुपचाप,


नेपथ्यमा बसेर टुलु टुलु हेरिरहेका छ
भ्रष्ट नेता, सभासद् र मन्त्रीहरू ।
*******
कोही बुद्द बेच्दै राष्ट्रसंघ तीर दडिरहेका,
केही लुम्बुनी नै भारत निर्यात गर्दै,
हाम्रा फ्नै भन्नेहरू,
अधिकार र हकका निम्ती लडेको नाटक गर्नेहरू
राष्ट्रप्रेमको अलाप जपेर,
हाम्रै छातीमा बन्चरो हान्दै,
डलर र भारूको सटहीमा नेपालीत्व रूपान्तर गर्दै
एउटा अर्को तस्करी गरिरहेका छन् – राष्ट्र, राष्ट्रियता र स्वाभिमान बेचेर ।
******* 
हिजोका मूर्ती चोरहरू,
अहिलेका राजस्व चोरहरू
अनि हालका लुम्बिनी र बुद्द तस्करहरू
जनताको कर सगरमाथा उकाल्दै
जनताको विश्वास कोरिया र पुर्याउँदै
भारत निर्यात् गरिरहेका छन्
हाम्रो मूल्य र मान्यता ।हाम्रो इज्जत र प्रतिष्ठा ।हाम्रा फ्नैहरू – देशद्रोही माफियाहरू ।।।



- विष्णु प्याकुरेल, उदयपुर, हाल अरब ।
मितिः २०६८ चैत्र १३ गते सोमबार ।

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।