2012-02-14

जय स्वाभिमान


बेला बेलामा छापा आइरहने नेपाल-भार सिमा विवादका केही समाचार र यसै संग संवन्धित एक नेपाली चलचित्रः दशगजा । कुनै न कुनै बहानामा भारतीय पक्षले पटक पटक नेपाली स्वाधिनताको धज्जी उडाउँदै आएको छ ।
तलको समाचारहरू मैले गुगलमा सर्च गरेर यहाँ राखेको छु । साथै न्युज २४ बाट प्रसारीत हुने " जय स्वाभिमान "


नेपाल–भारतको सीमा छुट्याउन पूर्वी नेपालका सात जिल्लामा गाडिएका २ सय ३६ सीमा स्तम्भ गायब भएका छन्। यस्ता स्तम्भ धमाधम हराउन थालेपछि सशस्त्र प्रहरी पूर्वी क्षेत्रीय मुख्यालय बराहबाहिनी पकलीले गरेको स्थलगत सर्वेक्षणमा सीमा स्तम्भ गायब भएको पत्ता लागेको हो।

 सशस्त्र प्रहरीले गरेको सर्वेक्षणको रिपोर्टमा ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहामा सीमा स्तम्भ गायब भएको उल्लेख छ।

स्थलगत सर्वेक्षणअनुसार ताप्लेजुङमा पाँच स्तम्भ गायब भएको पाइएको छ। यो जिल्लामा चार वटा दुरुस्त छन् भने एउटा जीर्ण भई मर्मत सम्भारको अवस्थामा छ। ताप्लेजुङका केही भू–भाग चीनसँग पनि जोडिएको छ। तर, भारतीय सीमा जोडिएका स्थानमा सीमा स्तम्भ गायब छन्। इलाममा १ सय १९ वटा सीमा रहेकामा ९ वटा गायब भएका छन्, जसमा दुईवटा मर्मत सम्भार गर्नुपर्ने र १ सय ८ वटा दुरुस्त छन्।

यस्तै, झापामा २० वटा स्तम्भ गायब छन्। १ सय ७५ स्तम्भमध्ये १ सय १२ वटा जीर्ण भई मर्मत गर्नुपर्ने अवस्थामा छन् भने ४३ वटा जस्ताको तस्तै छन्। झापाको तुलनामा मोरङमा दोब्बर सीमा स्तम्भ गायब छन्। मोरङका १ सय २४ स्तम्भमध्ये २२ वटा जीर्ण अवस्थामा छन्, बाँकी दुरुस्त छन्। सुनसरीमा ३९ वटा गायब भएका छन्। २ सय ८३ वटा स्तम्भमध्ये ६१ वटा जीर्ण अवस्थामा छन्। बाँकी भने जस्ताको तस्तै पाइएको छ।

सवैभन्दा वढी सप्तरीमा १ सय २१ व्ाटा सिमा स्तम्भ गायब भएका छन्। कुल ३ सय ८३ वटा सिमा स्तम्भ मध्ये ३९ वटा मर्मत सम्भार गर्नुपर्ने अवस्थामा छन्। सिमा स्तम्भ मर्मत सम्भार गर्नुपर्ने अवस्थामा सवैभन्दा वढी सिराहामा रहेका छन्। त्यहाँ १ सय २६ वटा मर्मत सम्भार गर्नुपर्ने अवस्थामा सिमा स्तम्भ रहेका छन्। मर्मत सम्भार गर्नुपर्ने वाहेक दुई वटा गायब छन् भने १ सय ५३ वटा दुरुस्त छन्। सिराहाको पछिल्लो तथ्याङ्क आउन वाँकी नै रहेकाले दुईवटा मात्र सिमा स्तम्भ गायब भएको तथ्याङ्क पूर्वी मुख्यालयसँग रहेेको उल्लेख गरिएको छ। सिराहामा अरु वढी सिमा स्तम्भ गायब भएको दावी गरिएको छ। भारतसँग सिमा जोडिएको पाँचथर जिल्लामा भने सिमा स्तम्भ गायब छैनन्। तर, यो जिल्लामा ३ वटा जीर्ण भएर मर्मत गर्नुपर्ने अबस्थामा छन्।
 एसएसपी जानकीराज भट्टराईका अनुसार पुर्वी नेपालको नौ जिल्लामा गरेको स्थलगत सर्वेक्षण मध्ये चिनसँग सिमा जोडिएको संखुवासभामा सिमा स्तम्भ दुरुस्त अवस्थामा छन्।
 ४ फिट देखि ८—१० फिट सम्म अग्ला सिमेन्ट र क्रक्रिटले बनेका सिमा स्तम्भ पुर्वी नेपालका नौ जिल्लामा कुल १ हजार ४ सयको संख्यामा रहेका छन्। यी सिमा स्तम्भ जसले पायो त्यसले सजिलै भत्काउन सक्ने अवस्था हुदैन्। यद्यपी, धमाधम गायब हुदाँ पनि सरकार मौन छ। सिमा स्तम्भ गायब भएको विषयमा सरकारी अधिकारीहरु सञ्चार माध्यममा बोल्न चाँहदैनन्। समाचार यहाँ छ


नेपाल भारतसँग सीमा छुट्याउने ११ ओटा सिमास्तम्भ हराए

२. कार्तिक २० । बाँके जिल्लामा नेपाल भारतसँग सीमा छुट्याउने ११ ओटा सिमास्तम्भ हराएका छन् ।  ४ ओटा मूख्य र ७ ओटा सहायक सिमा स्तम्भ हराएको बाँके प्रहरीले जनाएको छ ।
नेपाल र भारतको सिमा छुट्याउने सिमा स्तम्भ नै हराउँदासमेत सरकारी स्तरबाट कुनै पहल हुन सकेको छैन ।
यसबारे जानकारी पाएको सरकारी संयन्त्रले भने आफनो स्तरबाट दुबै देशको उच्च अधिकारीहरुलाई स्थलगत अनुगमनका लागि बोलाई सोही अनुरुप केन्द्रमा जानकारी दिने भनि सहमति भएको बुझिन आएको छ ।
तर सहमतिलाई कार्यान्वयन गर्न निर्देशनका लागि केन्द्रमा गरिएको पत्राचार अनुरुप कुनै जवाफ प्राप्त हुन नआएपछि उक्त मुद्दा त्यत्तिकै थन्किएर रहेको श्रोतले जनाएको छ ।
अन्य जिल्लामा सिमा स्तम्भ फालेर भारतीय पक्षले भूमि अतिक्रमण गरेको समाचारहरु आएपनि बाँकेमा त्यस्तो नभएको सीमा सुरक्षा सशस्त्र प्रहरी बलले जनाएको छ । बाँके जिल्ला अन्तर्गत पर्ने ३०७ ओटा सीमा स्तम्भमध्ये २२ ओटा सीमा स्तम्भको मर्मत तथा १२ ओटा सीमा स्तम्भको पुनर्निर्माण गर्नुपर्ने अवस्था छ । सीमा सुरक्षा सशस्त्र प्रहरी बलका अनसार ३ ओटा मुख्य र १९ ओटा सहायक सीमा स्तम्भ मर्मत तथा ४ ओटा मुख्य र ८ ओटा साहायक सीमा स्तम्भको पुनर्निर्माण गर्नुपर्ने अवस्था छ । दुबै देशका उच्च अधिकारीहरुको स्थलगत अनुगमनपछि हराएको ठाउँमा सीमा स्तम्भ राख्ने र जीर्ण रहेकाहरुलाई मर्मत गर्नुपर्ने आवश्यकता देखिएको छ । समाचार यहाँ छ

३. महेन्द्रनगर, भाद्र २१ - कञ्चनपुरको भिमदत्त नगरपालिका - १० मा पर्ने गड्डाचौकी नजिक नेपाल -भारत सीमा क्षेत्रमा रहेको एक सहायक सीमास्तम्भ  निरन्तरको बर्षाका कारण जमिन धस्सिएर ढलेकोछ । नालाको पानीले जमिन कटान गरी सहायक सिमा स्तम्भ नं . ८०६ / ३ के शनिवार ढलेको अवस्थामा भेटिएको सशस्त्र प्रहरीको सीमा सरक्षा वल गड्डाचौकीले  जनाएकोछ । गड्डाचौकी बाट जिमुवा तर्फ जाने सडक नजिक सिमा क्षेत्रको दशगजामा स्थापित उक्त सहायक स्तम्भ समयमै मरम्मत सम्भार गरी पुनः स्थापना नगरिए ढलेकै ठाउमा पुरिने अवस्थामा रहेकोछ । सहायक स्तम्भ स्थापना गरिएको ठाउ नजिकै रहेको वर्षायामको नालाले जमिन कटान गरिरहेकोले ढलेको स्तम्भ पुरिने खतरा रहेकोछ ।
ढलेको स्तम्भ पुनःस्थापना गर्ने सम्वन्धमा जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा जानकारी पठाइ सकेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी बुद्धिबहादुर खडकाले बताए । 'नेपाल - भारत बीचको द्विपक्षीय मामिला भएकोले सीमास्तम्भ ढलेको जानकारी प्राप्त हुने बित्तिकै पुनःस्थापनाका लागि आवश्यक पहल सुरु गरी सकेको' उनले बताए ।  'भारत तर्फका समकक्षीलाइ पनि यस बारे पत्र पठाउन लागेका छौ' उनले भने ।
कञ्चनपुरको ब्रह्मदेव देखि दक्षिणि भेगको परासन गाविस सम्मको नेपाल - भारत सिमा क्षेत्रमा ८६ वटा मुख्य सिमास्तम्भ रहेकाछन् । जसमध्ये ६४ वटा मात्र ठिक दुरुस्त अवस्थामा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयले संकलन गरि जिल्ला प्रशासन कार्यालयमा पेश गरेको सीमा सम्बन्धी प्रतिवेदनमा उल्लेख छ । यही अवस्था सहायक सीमास्तम्भहरुको पनि रहेको जिल्ला प्रशासन स्रोतले जनाएकोछ । 'मुख्य सीमास्तमभहरु मध्ये ७ नदी खोलाले बगाएर निशाना समेत नहरेको अवस्था छ भने, ४ जिर्ण र ११ साधारण मरम्मत गर्नु पर्ने अवस्थामा रहेको' सशस्त्रको प्रतिवेदनमा उल्लेख छ ।    सिमास्तम्भ पुनस्र्थापना, मरम्मत जस्ता कामहरु नेपाल र भारत दुवै देशको सिमा टोलीले गर्नु पर्ने भएकोले जिल्ला तह बाट आवश्यक लेखापढी भइरहेको उनले बताए । समाचार यहाँ छ

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।