2011-07-12

जय शम्भो! शिव-रात्री कहिले?


जय शम्भो! शिव-रात्री कहिले?
प्रचण्ड भन्छनलाजमर्दो भयो. झलनाथ भन्छनपातालमा सियो खोजे जस्तो भयो. अरु पार्टी भन्छनसैनिक र ब्यारेकीकृत माओवादीलाई सरकारको नेतृत्व दिन सकिन्न. माओवादी भन्छहामीलाई सरकारको नेतृत्व देउहामी सारा समस्याको छु मन्तर कि वाचा गरेर समाधान गर्छौँ.

राजनीति भनेको बैकल्पिक समाधानको दावी गर्नु हो. तर माधव नेपालको सरकारलाई हट्न बाध्य पार्दा झलनाथ र प्रचण्डको एउटै स्वर थियोयो सरकारले संबिधान लेख्दैनशान्ति प्रकृया पुरा गर्न सक्दैनयसलाई तुरुन्तै हटाउनु पर्छ. प्रचण्डयो सरकार हटेको दुई घण्टामा सारा समस्या समाधान हुन्छ भन्थे. झलनाथयो सरकार अब एक हप्ता पनि टिक्दैनजान्छ भन्थे. हामीलाई लागेको थियो यी दुई धुरन्धरपार्टीका मुखियाहरूले पक्कै बिकल्प तम्तयार राखेका होलान. एक मनले भन्थ्यो२२ दलको समर्थन यथावत छसरकारको पक्षमा बहुमत यथावत छअर्को विकल्प कहाँ बाट आउलाअर्को मनले भन्थ्योजोर अध्यक्षहरुले भनेपछि पक्कै गाँठी तयारी होला. त्यसमाथि घनघोर क्रान्तिकारी नागरिक समाजका "अगुवा" हरु लाठोछापो बोकेर दाना पानी त्याग गर्दै रिले अनशन अनि के के गर्दै र लेख्दै आकाशै थर्काउँदै थिए; - माकुने को सरकार नालायक-पापी-हरुवाको सरकारयहिहो तगारोयो हिंडेपछी नेपाल सुखमयस्वर्गिय हुन्छयसलाई लाघारौँ -. नेपालमा राजनीति चटके खेल जस्तो भएको बेलामाक्या होक्या होवा नागरिक समाजका अगुवा र जोर-अध्यक्ष हरुको बोलि लपक्कै मिलिसकेपछि कुछ चमत्कार भै पो हाल्छ कि भन्ने लाग्याथ्योसत्य.बिना बिकल्प हावादारी झल्लाहरुको देश नेपाल भैसकेको त पत्तै पाइएन गाँठे !


संसदको दुई कामसरकार बनाउनेकानून बनाउने. १० बर्ष देखिका कानूनका मस्यौदा संसदमा थन्किएका छन्,कस्ता अल्छे हरुले कानून-निर्माताको दर्जा पाउँदा रहेछन यो देशमाअहिले त हुँदा हुँदा - सरकार बनाउँदिनजा! भन्ने हरु पो पार्टीका मुखिया भएछन. काम नगरेको दिनको ज्याला पाइन्छपाइने भए सबै न्यायाधीश निर्णय गर्ने काममा तटस्थ बसिदिएकर्मचारी काममा तटस्थपाइलट उडानमा तटस्थ बसिदिए के होला मुलुकको गतिजांच दिने विद्यार्थी र परिक्षक पनि तटस्थ बसिदिनुप्रहरी-प्रशासक पनि तटस्थ बस्नु. खै के भो यो मुलुकलाइझलनाथ-प्रचण्डको उर्दी यस्तै छ र पछ्याउने दासहरु सभासद को तनखा डकारेर शानले बिराजमान छन्. प्रचन्डले त मिडियालाई यो पनि भनिसके की उनी झलनाथजीले भनेकाले उम्मेदवार बनेका हुन. त्यसमाथि प्रचण्ड भन्छनयो व्यवस्थाको कमजोरी. रामचन्द्र भन्छनमेरो पार्टीले त छानेकै छनछान्ने को पो दोष.
१२ दिन सहमतीय सरकारको निर्माण गर्ने समय थियो. नसकेपछी बहुमतियको प्रकृया आरम्भ भयो.अब झलनाथ भन्छन बहुमतीय मान्दिन.यो त रिक्सा चढ्ने अनि गुडाएर होइन उडाएरै पुय्राएको हुनु पर्छ भनेर लड्डी कस्ने जस्तो भएन रजय शम्भो! शिव-रात्री कहिले होगाईजात्राले त रौँ हल्लाउन सकेन.
SOURCE: 

September-07/2010
भदौ-२२, २०६७. काठमान्डू.

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।