2011-06-06

उफ्फ उफ्फ उफ्फ उफ्फ नेपालको एयरपोर्ट ।

वास्तवमा यो भन्सारैमा जो नी जान किन खोज्छन् भनेको त पोइसो फल्ने रूख रप्या रच सर्कारले । अब त १.५ लिटर भन्दा बढी रउसी ल्याए जम्मै जफत रे कर तिर्न नमिल्ने रे । हैन यो सरकारले अब रउसी भट्टी नी खोल्न लाग्या हो त उसो भा ? ठाडै लु घुसचारी (कर्मचारीको नयाँ नाम) अब जति गर्नुछ मोज गर भन्या त होला नी ? नत्र किन यस्तो भन्थ्यो  त ? उजुरी नी गर्न पाइने रे है तर कल्लाइ गर उजुरी गर्नु ? त्यो बसेको चैँ कत्ती न चोखो जस्तो सुन पानी छर्केको हाकिम ... सब लामखुट्टेहरू हाम्रो रगत चुस्न घुस ख्वाइ ख्वाइ भन्सारमा छिरेकाहरू ।
हुँदा हुँदा अब त गन्जी र कट्टुको नी भन्सार लाग्छ भन्दिन्छ कुन दिन यो म्यादी सरकारले । नामै म्यादी गरोस्नै पो के ?
तीन - तीन महिनाको सुइ लाउँदै बसेको छ बिचरो ६०१ को जत्था । जंगलमा अचेल डराउनु पर्देन रे तर हाम्रो एयरपोर्टका मान्छे संग डराउनु पर्छ रे । कतिका झोला त रित्तै हात पर्छन् त कतिका झिटि झाम्टामा चाल्नो नै परेको फेला नपारिएको पनि होइन । तलदेखि माथीसम्मै सबै उस्तै । कस्लाइ पो भन्नु र खै ...... उफ्फ उफ्फ उफ्फ उफ्फ उफ्फ .....

1 comment:

  1. नेपाल एयरपोर्टको भन्सार सम्बन्धी समाचारले मेरो मनमा पनि चसक्क भा'थ्यो ।एयरपोर्टका "घुशचारी" का बारेमा छोटो तर सटिक लेख लेख्नु भएको रहेछ। मज्जा लाग्यो!

    ReplyDelete


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।