2011-05-26

अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको आठौं भाग सार्वजनिक ।



विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।
यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
5, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।
6,महिनाको उत्कृष्ट प्रतियोगीको नाम पछिल्लो प्रश्न सोध्ने क्रममा उल्लेख गरिने छ ।
7, प्रत्येक अंकमा प्रायोजकहरुको नाम लेखिने छ ।
8, बर्षको एक पटक संकलन गरि सबै रेर्कडहरु समाबेस गरि एक संकलन पुस्तक निकालिने छ । उक्त प्रकाशनमा पनि प्रत्येक प्रायोजकहरुको नाम फोटो सहित प्रकाशन गरिने छ । स्मरण रहोस प्रायोजन गर्ने संघ-संस्था/व्यक्तिले ३ महिना बराबरको प्रायोजन गर्न अनिवार्य छ तर सह प्रायोजनको
लागी न्युनतम एक महिनाको लागि प्रायोजन गर्न अनिवार्य छ । प्रायोजन गर्न चाहनु हुने संघ-संगठन तथा ब्यक्तिहरुले विनेसामको ईमेल ठेगाना gfnlksa@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ ।
भाग ८ का प्रश्नहरुः गौतम बुद्व सम्बन्धी मात्र:
१ गौतम बुद्धको बाल्यकालको नाम के हो ?
२ बौद्ध धर्ममा त्रिरत्न भन्नाले के के लाई बुझाउछ ?
३ गौतम बुद्धको बुबाको नाम के हो ?
४ गौतम बुद्धको आमाको नाम के हो ?
५ गौतम बुद्वको सौतेनी आमाको नाम के हो ?
६ गौतम बुद्ध कुन कुलका थिए ?
७ गौतम बुद्धको जन्म कहिले भएको थियो ?
८ गौतम बुद्धको पत्नीको नाम के हो ?
९ गौतम बुद्धको छोराको नाम के हो ?
१० गौतम बुद्धले कहिले गृह त्याग गरेका थिए ?
११ गौतम बुद्धले गृह त्याग गर्दा उनको उमेर कति थियो ?
१२ गौतम बुद्धले प्रथम ज्ञान प्राप्त गरेको स्थानको नाम के हो ?
१३ गौतम बुद्धले कति वर्षमा ज्ञान प्राप्त गरेका थिए ?
१४ गौतम बुद्धले प्रथम उपदेश गरेका ऋषिहरुको नाम के थिए ?
१५ गौतम बुद्धले कहिले र कति वर्षमा देहत्याग गरेका थिए ?
१६ गौतम बुद्धले कुन भाषामा प्रवचन दिन्थे ?
१७ गौतम बुद्धको घोडाको नाम के हो ?
१८ चार बौद्ध तीर्थमा के-के पर्छन् ?
१९ गौतम बुद्धको पत्नी यशोधरा थिइन् तर उनको वास्तवीक नाम के थियो ?
२० नेपालको सबै भन्दा सानो स्तम्भ कुन हो ?
२१ बुद्ध धर्मको अस्तित्वमा आएका तीन सम्प्रदायहरु के-के हुन् ?
२२ गौतम बुद्धको ससुराली कहाँ थियो ?
२३ बुद्दम् शरणम गच्छामी, धर्मम् शरणम गच्छामी, संघम् शरणम गच्छामीको धार्मिक सिद्वान्त के हो ?
२४ गौतम बुद्व युवा छंदा एक राजासंग युद्व गरेको ईतिहासमा पढ्न पाईन्छ अब भन्नुहोस उक्त राजाको नाम के थियो ?
२५ लुम्बीनी विकास समितिको गठन कहिले भएको थियो?

आयोजकहरुः
विश्व नेपाली साहित्य महासंघ
साउदी अरेविया शाखा
अन्तराष्ट्रिय नेपाली साहित्य समाज
साउदी अरेविया च्याप्टर

निर्णायक मन्डलः
खगेन्द्र अधिकारी अमृत तिलक गुरुङ्ग सुर्य विक्रम याक्खा पुष्पक वली र सागर श्रेष्ठ
प्रायोजकहरुः
सागर श्रेष्ठ
खगेन्द्र अधिकारी अमृत
दुर्गा बहादुर भण्डारी
तिलक गुरुङ्ग
विष्णु बहादुर थापा

मिडिया पाट्नरहरुः
, प्रवासी नेपाली डट कम्
, नेपाल समुह डट कम्
, डि सी नेपाल डट कम्
, अभियान टाईम्स साप्ताहिक
, विश्व नेपाली साहित्य महासंघ
, मुग्लानी सौगात
, नेपाल अरब डट कम्
, पि एन एन अनलाईन रेडियो
, स्वतन्त्र नेपाल डट कम्
१०, मेरो श्रृजना ब्लग स्पोट डट कम्
११, मेरो नेपाल ब्लगसम डट कम्
१२, विनेसाम साउदी अरेविया
१३, ई लमजुङ्ग डट कम्
१४, सामाजीक साजाल फेसबुक
१५, रमाईलो चौतारी ब्लग स्पोट डट कम्
१६, नेपाली समाचार डट कम्
१७, साहित्य घर डट कम्
अन्य तंपाईले आफ्नो साईटमा अपडेट गरेर हामीलाई जानकारी दिन सक्नुहुनेछ । हामी तंपाईको साईट वा मिडियाको नाम पनि मिडिया पार्टनरमा सह-भागी गराउने छौं ।

भाग ७ मा सोधिएका प्रश्नहरुको जवाफहरु
१ अल्फ्रेड वर्नहार्ड नोवेल
२ भुपिशेरचन
३ कृति उपन्यास र लेखक लीला बहादुर क्षेत्री
४ तामाङ्ग भाषा साहित्यमा योगदान गरेबापत ।
५ ल्याम्सीकोग्राफर
६ दरबार स्कुलमा
७ शकुन्तला महाकाब्य ३ महिना सुलोचना महाकाब्य १० दिन र कुन्जीनी १ दिनमा लेखेका थिए ।
८ कविता विधा र यसका लेखक महाकवि लक्ष्मी प्रसाद देबकोटा हुन ।
९ राणा प्रधान मन्त्री जुद्दशम्शेर
१० आदिकवि भानुभक्त आचार्य
११ ३१ बर्षमा १९५३ सालमा
१२ बिष्णु कुमारी वाईबा
१३ २०२२ सालमा
१४ पाब्लो डियगो जोसे फ्रान्सीस्को दे पौला जवान
१५ Edgar Allen Poe
१६ होमनाथ सुबेदी
१७ १९९२ फाल्गुण १४ दार्जीलिङ्ग
१८ बैरागी कांइला
१९ २०२२ फागुन ७ गते
२० वि. स. १९८७ बाट
२१ म्याकवेथ
२२ महेशचन्द्र रेग्मी सन् १९७७
२३ मनु ब्राजाकी
२४ आकाश विभाजित छ
२५ दोषी चश्मा

यस साहित्यीक हाजिरी जवाफ प्रतियोगिता भाग ७ मा २१ अंक ल्याएर निरज सापकोटा अमेरीकाबाट प्रथम हुनुभएको छ वहांलाई बधाई छ । सम्पूर्ण सहभागी र प्रयासरत अन्य पाठक र यस कार्यक्रम सफल बनाउनलाई आ-आफ्नो ठाँउबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्ण महानुभाबहरु प्रति कृतज्ञता प्रकट गर्दछौं आगामी दिनहरुमा पनि यस्तै निरन्तर सहयोग र सहभागीताको अपेक्षा गर्दछौं ।
सहभागी संख्या ३७ जना सबै भन्दा बढी मिलाएको २१ र सबैभन्दा कम मिलाएको १५ ।

हाजिरी जवाफ प्रतियोगिता समुह
http://netnepal.com/signup?ref=354

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।