2011-04-04

२०६८ बैसाख -०१ गते बिहान शान्ति य्राली - भव्यरुपमा सपफल पाराै

- सुबोध राज प्याकुरेल 

२०६८ बैसाख -०१ गते बिहान शान्ति य्राली - भव्यरुपमा सपफल पाराै 

ध्वंस र हिंसाको बिरुद्ध, निर्माण र स्वतन्त्रता का लागि शान्ति.

निर्धक्क भन्न- सुनाउन, सुन्न र ग्रहण गर्न शान्ति.

माथि उल्लेखित दुइ मूल नारा र स्थानीय अन्य नाराका प्ला- कार्ड सहित ५६ जिल्लाका सदर मुकाम मा ०६८ बैसाख -०१ गते बिहान शान्ति य्राली निक्लिंदै छ. अरु पनि थपिंदै छन् ।
राजनीतिक दलका केहि नेताले हामी पनि साथ् मा हिड्छौं, साथ् दिन्छौं भन्नु भएको छ


जस्तै कांग्रेसका अर्जुन नरसिंह के.सी. र एमालेका के.पी.ओली. भाषण र मनितो हुने गर्ने छैनौं । जो जहाँ, जता आवद्ध भएपनि शान्ति र स्वतन्त्रता को पक्षधर् हरुले आफ्नो एक्यवद्धता जनाउनु पर्ने भन्ने सन्देशको सुरुवात मात्र गर्न खोजिएको हो ।
काठमान्डू मा एक लाख मानिस ले सडकमा निर्भयता पुर्वक एक्यवद्धता जनाउने छन् भन्ने अपेक्षा राखिएको छ. सबै सहभागी यसका आयोजक हुनेछन. आफ्नो नारा, प्लाकार्ड र पोशाक आदि आफै छान्ने स्वतन्त्रता छ.
यसपालिको नया बर्ष, एका बिहान सात बजे देखि ९ बजे सम्म जनताको स्वतन्त्रता, पहिचान, इज्जत र अधिकारका लागि तपाइको साथ् समर्थन ब्यक्त गर्न लगानी गर्नु हुन सबैलाई आग्रह गर्दछु.
सार्वजनिक सूचना पनि जारि गरिने छ. कृपया हेक्का रहोस, सबै सहभागी यसका आयोजक- नेता ठहरिने छन. यो नागरिक चेतनाको र उनीहरुको प्रभावको पुनर पुष्टि को सुरुवाती अभियान हो. यस पछी स्वतः: सिद्ध छ, स्व स्फुर्त: शान्ति -सम्मान र सुरक्षा अभियानको थालनी हुनेछ.
अबको संबिधान ले बहुलवादी खुला समाज, कानुनको शासन र लोक कल्याणकारी राज्य को सिर्जना गर्नु पर्छ. पार्टी -सरकार – वा बिदेशी हैकम लगायत सबै खाले थिचो मिचो बाट जनता र राष्ट्रलाई मुक्त पार्नु पर्दछ. जातीय विभाजन को बिखन्डनकारी शंकट बाट नया पुस्ता लाइ जोगाउनु पर्दछ.
सयौं थुंगा फूलका हामी – एउटै माला नेपाली.

=============
होस्टे मा हैंसे गर्ने पर्छा . सफल हुनुहोस हार्दिक शुभकामना .

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।