2010-12-26

कुरो, कुरा, कुराहरू र मः


कुरो, कुरा, कुराहरू र मः 

कतै शेरका कुरा कतै मत्ताका कुरा, कतै दर्शनका कुरा त कतै शास्त्रका कुरा, कुरै कुराका कुराहरू, गर्दा स्कूलाँ पढ्दा हाफपाइन्टमा टाँसिएको कुरोको कुरो याद आयो, उबेला त्यो कुरोले गर्नु गरेको कुरो अझै यो आधापाउको गिदीमा त्यो हाफपाइन्टमा टाँसिएको कुरो तोडले टाँसीएको छ । क्यार्नु, अब पुस लागी सक्यो धानका कुरा गरम मिलेन, तोरी का कुरा अली बेलै भा छैन होला । मुला र डुकु त्यो नी भक्तपुर खुब याद आउँछ तर यो कुरो नी यसै विट मारम् क्यार । नत्र मेरो कुरोको चूरै फुट्लाकी भन्ने डर पो लाग्यो ।

अँ साची मकै र धानका कुरामा मलाइ नेताका दल र विधानका कुरा याद आयो, साँची यो विधान र त्यो परको
संविधान उस्तै उस्तै हो की जस्तो नी लाग्ने फेरी यसो एक मनले (यो किलोको एक मन चैँ हैन हैन , त्यत्रो ४० किलो कहाँ पुग्नु यो मन ।) सोँचे फरक छ क्यारे भन्ने लाग्यो । दुइमनले हो नै पो क्यारे भन्यो । तर कता कता अर्को कुरो पनि गमे, पत्रिकाँ उबेला रदर्वार हत्याकान्ड भाथ्यो । म शनिबारको टयुशन पढाउन मेरो ठेल्वा बाइक (साइकल क्या) दुगुर्याउँदै पाटन बाट सिधै पुतली बगैँचा जाँदै थेँ विहानै ५:३० बजे नै ।

बसपार्क नेर के पुग्या थेँ लउ राजालाइ फालाँ (नामै त के भन्नु तपैलाइ थाहै छ नी ) ले गोली हानेरे राती भने । अघिल्लो दिन सुखद शुक्रवार मनार हामी तीनटाको ग्याङ त भुसुक्कै भा र छ दुनियाँले थापाको कुरो , विचरो यो भोलि पल्ट मात्रै पो, अँ साँची उबेलाँ नी पत्रकारहरू खुब लेख्थे, मानम् अब चैँ नामै किटेर लेख्छन् नै जस्तो गरी । वीरेन्द्रको समूल नष्ट गर्नेलाइ अब चै पत्रकारले लेख्छन् लेख्छन् गरी समाचार छाप्थे तर म विचरो दिनहुँ १५/२० रूपीयाँ फोकटाँ बुझाउँथे पत्रिका किनेर ।

अहिले सोच्दै छु बेकारै खर्च गरेछु भनेर, उ बेलाँ बुद्धी पुगेन के गर्नु । कम्तीआँ चुरूट तान्न त पुग्थ्यो तो पोइसोले । कि त बरू खोयो बिर्के भा नी घुट्क्याउन हुन्थ्यो । कुरो गरो फेरी अलपत्र भाका पत्रकारकै गर्नु परो, एक ताका मदन र जीवराजको पालाँ नी तेसै गरे यी पत्रकार जीउहरूले । अब नाम लेख्छन्, तब नाम लेख्छन् भन्दा भन्दै यस्ता कति घटना घटे घटे गनी साध्यै छैन ।

भर्खरै रूबेलका कुराँ नी तेसै गरे । खोजी गरे गरे अन्ताँ गर बकिलले मिसिल बन्द गरे झै कुरै बन्द गरे बा । हन पोइसै हो भने त स्मग्लिङ गर्नु नी, के पत्रकारिता गर्नु । साथीहरू रिसाउलान् तो नी मुलाइ डरै छ बा । यो काम पत्रकारको थोडी हो , तो ता पुलिसले पो गर्ने त वित्थाँ हाम्लाइ के को ट्याँस ट्याँस भन्न नी बेर छैन । हुन पनि हो । अब पुलिसा कुरा नी के गर्नु र खै (?) कुरो गरो कुरैको दुःख ।
अँ साँची मो के पो भन्दै थेँ नी मास्तिर, त्यो कुरो को कुरामा  कुरा नी कता पुगेछ पुगेछ । शास्त्र र विधानका कुरा गर्छन्, बन्द र बन्द शेषसनका कुरा गर्छन्, नेताहरू क्या । तर यो संविधानका कुरा चैँ किन नगरेका होला खै ? हन ६०१ जानाको हुद्दाले त जे नी गर्न सक्नु पर्ने जस्तो लाग्छ । कोही जंगल तिर फर्केर शेर र सवा सेरका कुरा गर्छन्, कोही उत्तर तीर फर्केर खुकुरी र भाला पो ताक्छन् हउ । अनी फेरि कोही चैँ लुन प्रभु भन्दै हार गुहार मै दिन काट्छन् । यो संविधान भवन भनेको त भेँडा चरन पो र छ की के हो । म विचरो बबुरो निरिह भेँडा झैँ ठिंग उभिएर मालिकको निर्देशन पर्खनु सिवाय केही नजान्ने भएँ बा ।
जय तथागत तिम्रै शरणम् ।
विष्णु प्याकुरेल, उदयपुर, हाल खाडी