2010-12-07

दुइ कविता - कृष्ण चन्द्र घिमिरे (निष्पाप)


कस्ती छौं तिमी
भित्री मनकी कस्ती छौ बाहिर हल्का काली
सिउँदो तिम्रो रङगीयोकी अझै खाली
माया प्रेम बाडी सक्यौ की संगालेकी छौं ?
कुर्दै छु आउँछौ भनी मनको दियो बाली
मलाई जस्तै अरुलाई नी झुलाएकी छौं की ?
सपनाहरु फुलाउँदै छु तिमिलाई बनाई माली
यता पनि तिम्रै चर्चा उता पनि तिमै
संगै जीउने प्रस्ताब हो यो नगर है गाली
मरो मनमा बसी सक्यौ खुसी बनी र्छाई सक्यो
शंका लाग्छ वोली-वचन छन कि तिम्रो जाली
आँसु आज झारे
कसै सामु नझारेको आँसु आज झारे
तिमिबाट आखाँलाई चन्द्रमामा सारे
फुल बनी सजाईरहे काडाँ बनी घोचिरहृयो
आज राती सपनीमा आफैलाई मारे
इन्द्रेनीको रङ्ग खोजे तिम्रो संसार फेर्न
जाली रैछ संसार तिम्रो माया प्रेममा हारे
बाहिर सुन्दर मुहार तिम्रो भित्री कालो मन
आफ्नै लास, आफ्नै चिता खरानी नै पारे
भन्थ्यो तिमी बन्ने हाम्रो सुन्दर संसार
सुन्दर संसार सपना त्यो सडकबाटै टारे
-कृष्ण चन्द्र घिमिरे (निष्पाप)
दिव्यनगर- चितवन

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।