2010-12-03

महिला स्वास्थ्य - सम्झना श्रेष्ठ, गोरखा

महिला स्वास्थ्य - सम्झना श्रेष्ठ, गोरखा
मानव जीवनको सफलतामा स्वास्थ्य क्षेत्रको उल्लेखनीय भूमिका रहेको छ । मानव जीवनको विकास सगसगै स्वास्थ्य क्षेत्रको समुन्नत विकास विस्तारको साथसाथै गुणस्तरीय एवं प्रभावकारी सेवा सहित मुलुकको आर्थिक अवस्था र भू-वनोटको स्थिति अनुरूप र्सवसुलभता र क्षेत्रीय अनुकूलता मूलक स्वास्थ्य सेवाको वितरण हुनु अति आवश्यक देखिएको छ । नेपालको स्वास्थ्य क्षत्रको विकास र विस्तारलाई हेर्दा विशेष गरी सरकारी तथा निजी क्षेत्रहरू समेत राजधानी सदरमुकाम केन्द्रित रहेको छ । दक्ष चिकित्सकहरू तथा स्वास्थ्यकर्मीहरु साधन सम्पन्न अस्पताल तथा अत्यावश्यक सेवाहरू जनताको आर्थिक पहुँच र अनुकुल क्षेत्रमा उपलब्ध हुन सकिरहेका छैनन् । विश्वमा भईरहेका युगान्तकारी परिवर्तनहरुले स्वास्थ्य समस्याको जटिलताको समाधानको रूपमा अत्याधुनिक प्रविधिको विकास र विस्तार भएको छ । तर  नेपालको ग्रामिण क्षेत्रको ठुलो हिस्साले अझै सम्म आधुनिक उपचार पद्दती र प्रविधिको प्रयोग र ज्ञान सम्म प्राप्त गर्न सकिरहेको छैन । शारीरिक अस्वस्थता तथा शारीरिक अगंहरु र कार्य क्षमाताको कमी हुनुको  कारण हुने शारीरिक क्षति र मृत्यु प्रति भुत, प्रेत र पिचासको कारणले भएको स्वीकार्ने परम्परा कायम रहेको छ ।
उपचार विधिको प्रयोगको रुपमा धामी, झाक्रीको खेलमा परि अकालमा मृत्यु वरण गर्दै आएका छन् । मुलुकको भौगोलिक विषमता र स्थल यातायात तथा हवाई मार्गको र्सवसुलभ सेवाको कमिका कारण समयमै उपचार नपाई घर तथा बाटोमानै जीवन गुमाउन बाध्य छन् । शारीरिक अस्वस्थता र रोगको आक्रमणको सुरु देखिनैं सजगता र उपचार सेवा नपाउँदा बाच्नु र मर्नुको दोसाँदमा परि नाजुक अवस्थामा मात्र शहरी क्षेत्रको अस्पताल सम्म आउने गरेको प्रशस्त उदाहरणहरू छन भने कतिपय उपचार खर्चको अभावकै कारण मृत्यु स्वीकार्न बाध्य छन् । मुलुकको स्रोत र साधनको समुचित परिचालन गरी स्वास्थ्य क्षेत्र जस्तो सम्वेदनशिल पक्षलाई जनचाहना र आवश्यकता अनुरुप उपयुक्त समस्याहरुको समाधान गर्दै अत्यन्त सुलभ र निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नु पर्ने राज्यको प्रमुख दायित्व हो । यद्यपि निरन्तर युद्धको चपेटा र राजनैतिक अस्थिरताबाट गुज्रेको मुलुकको संकटपूर्ण आर्थिक अवस्था र स्वास्थ्य क्षेत्रमा भएको राज्यको सिमित लगानी बाट तत्काल यस्ता सुविधाहरूको पविर्तन हुनसक्ने अवस्था देखिएको छैन । पूर्व सावधानी र प्रतिकारात्मक सेवाको अभाव वर्तमान नेपाली जनताहरुको आर्थिक अवस्था र आय आर्जनको सम्भावनाहरूको यर्थाथतामा अहिले निजी साधन र स्रोतबाट संचालनमा रहेको सुविधा युक्त अस्पताल तथा स्वास्थ्य संस्थाहरु बाट उपलब्ध गराउने सेवाहरुमा लाग्ने शुःल्क अधिकाँश ग्रामीण नेपालीहरुको पहुँच भन्दा बाहिर रहेको तीतो यर्थाथलाई मध्यनजर गरी स्वास्थ्य क्षेत्रका आम चुनौती पर्ुण्ा समस्या आर्थिक अवस्थाकै कारण मृत्युको सामना गनुपर्ने नेपालीहरूको कठोर पिडा दायी अवस्थाको केही हद सम्म भएपनि कमी गराउँदै जाने सोच अहिले नेपाल सरकारले लिएको छ ।
गाउँनै गाउँले भरिएको विविध भौगोलिक  संरचना  हिमाल, पहाड र तर्राईले ओगटेको विविधता पूर्ण जातीय तथा सास्कृतीक विभाजनले पनि हाम्रो देश नेपाल समग्र स्वास्थ्यको अवस्था अत्यन्त कमजोर र समस्याग्रस्त अवस्थामानै गुज्रिरहेको छ । विशेष गरी देशका अविकसित तथा गरिब एवं शिक्षाको क्षेत्रमा रहेको कमि कमजोरीका कारण महिलाहरुको स्वास्थ्यको अवस्था अत्यन्त कमजोरीका कारण महिलाहरूको स्वास्थ्यको अवस्था उत्पन्न चुनौती पूर्ण र गम्भीर अवस्थामै गुज्रीरहेको हामीले महसुस गरेको छौं । कुल जनसंख्याको आधाभन्दा बढी स्थान ओगट्ने महिलाहरू संग सम्बन्धी विभिन्न स्वास्थ्य समस्याहरुका मध्ये प्रजनन् अंग संग सम्बन्धीत समस्याहरुको अत्यन्त दयनीय र चुनौतीपूर्ण अवस्थामा रहेका छन् । परिवार नियोजन सम्बन्धी उपचार तथा विधिहरूको प्रयोगबाट उत्पन्न हुने समस्याहरु सुत्केरी समस्या, यौन रोग आदी लगायत उत्पन्न पिडादायक समस्यको रुपमा रहेको पाठेघर (आङ्ग) खस्ने समस्या नेपाली  महिलाहरुको प्रमुख समस्याको रुपमा रहेको छ । समय समयमा विभिन्न सघं संस्था र विभिन्न स्वास्थ्य कर्मी संग  गरिएको अनुसन्धान र अध्यनको रिर्पोट र प्रतिवेदनले देखाएको तथ्याङ्क र रिर्पोट अनुसार करिब ४०५ प्रतिशत भन्दा बढी महिलाहरु यो समस्याले ग्रसित भएका देखिन्छ । आर्थिक विपन्नता, अज्ञानताको कमि र भौगौलिक एवं समाजिक रुपमा चली आएको गलत मान्यता अन्धविश्वास र रूढिवादी परम्पराहरूको कारण पनि महिलाहरुमा यो समस्या बढि देखिएको छ । विशेष गरी परिवार नियोजनका विधिहरू अवलम्बन गर्ने ज्ञान नभई बढि बच्चाहरु जन्माउनु सुरक्षित रुपमा सुत्केरी हुने स्वास्थ्य केन्द्र तथा अस्पताल सुविधाको अभावका कारण घरमै वच्चा जन्माउने, सुत्केरी अवस्थामा नै आफ्नो शरीरले सक्ने भन्दा बढी बोक्ने, उचित स्याहार तथा सन्तुलित भोजनको कमि हुने र उपयुक्त प्रजनन स्वास्थ्य शिक्षाको कमीका साथै आर्थिक अवस्था कमजोर पनि प्रमुख कारण हो ।
सन १९९४ मा कायरोमा सम्पन्न भएको  जनसंख्या र विकास सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनले हरेक राष्ट्रको उन्नति र विकासको लागि महिलाहरूको शसक्तिकरण र सम्पन्नताको अनावश्यकतालाई मनन गरी प्रजनन स्वास्थ्य तथा अधिकार लैंङ्गकि समानता र महिला शसक्तिकरणलाई सम्पूर्ण राष्ट्रहरुले आफ्ना कार्ययोजनाहरुमा प्राथमिक कार्य नीतिको रुपमा ध्यान दिनुपर्ने प्रस्ताव नेपाल सरकारले पनि उक्त प्रस्ताव अनुमोदन गरेको छ ।

-           सम्झना श्रेष्ठ, गोरखा । (लेखक स्वास्थ्य सेवा क्षेत्रमा कार्यरत हुनुहुन्छ)