2010-11-22

उपहार - कृष्ण चन्द्र घिमिरे “ निष्पाप ”


१.
फूल फुल्ने बगैँचामा कस्ले सिउँडी सार्यो,
माया बस्ने मुटु फुटाइ जीउँदै तिम्ले मार्यो ।
दुखनु सम्म दुख्यो अब, ढुंगो भयो मन
हाँस्न खोज्ने अधर मेरा, कस्ले काढी झार्यो ।
तिम्रै लागी मर्छु भन्थ्यो, तिम्रै लागी जीउछु,
फूल जस्ती मेरी माया कस्ले जालमा पार्यो ?
भाग्य तिमी उजेलीमा, अँधेरीमा रमाइ रमाइ,
गिज्याउँदै प्रकृतीले, उपहास गरी हाँस्यो ।
पोली रह्यो साह्रै चर्को, तिम्रो उपहारले ,
मरूभूमीको प्यास मेरो, ँसुले नै टार्यो ।
 आखा भरि आँसु लुकाइ उन्कै निम्ती हाँसी दिएँ,
नयाँ खुसी उन्ले रोजीन्, विदाइ हात हल्लाइ दिएँ ।
एकी थिन् बसन्तमा, मुटु साट्न फूल बनी,
तिम्रै हुँ म भन्दा उन्ले, सासै मेरो रोकि दिएँ ।
अन्तै मन बाँडी उन्ले, दूर देश जान पुगीन्,
तरै पनि रूँदै रूदै सफलताको सन्देश दिएँ ।
जीउँनुको अर्थ के र, पीउनुको त सिमा छैन,
त्यसैले त हिजो ज, उन्कै नाममा पीइ दिएँ ।

- कृष्ण चन्द्र घिमिरे “ निष्पाप