2013-05-17

केही मुक्तकहरू

केही मुक्तकहरू
१. जता गए नी शान्ति छैन ,
मन बुझाउने ठाउँ छैन
,

हामी जनता नेपालीले

राम्रो बाँच्न पाकै हैन ।
२. ज्ञान, बुद्भी, विवेकको सागर चाहिएको छ
समानता र सम्वृद्धीको लहर चाहिएको छ 
रिस, राग, वैमनस्य, हिंसा, अहम् लत्याएर
शिक्षा, विकास, उन्नतिको नहर चाहिएको छ ।




३. मान्छे भेंडा,
भेँडे मान्छेहरू
६०१ को कुन्द्रो

भेँडा र भेँडाहरू लडिमर्दैछन् ।
४. अझै कती भुगतनाम भोग्नै बाँकी छ,
मनका कती चहना पोल्नै बाँकी छ,

लडाएर जिन्दगीलाइ संघर्षको मैदानमा
हन्डर खाइ जीन्दगीलाइ काट्नै बाँकी छ ।

५. मागीखाने एउटा मिसन चाहिन्छ,

पैसो कमाउन एउटा प्रोजेक्ट चाहिन्छ,
दलित र उत्पीडितको नाम लिनु पर्छ
यहाँ रातारात मालामाल भइन्छ ।

६. काम पनि सिद्धियो, 

घाम पनि सिद्धियो, 
जको यो दिन मेरो 
जसो तसो रित्तियो ।
७. नेता भनाउदाको बुद्भी कता-कता पसेपछि
जनतालाई जहिले दुःख,  सागर पसेपछि
पाखण्डीलाई जीताकोमा पछुतो छ सबैलाई
बुझ्छौ नेता आउँदो साल तिम्रो पाता कसेपछि

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।