2010-11-13

मादल मेरा फुटे क्यारे बज्नै पनि छाडे अचेल


गजल लेखकः विष्णु बटाला, 
मादल मेरा फुटे क्यारे बज्नै पनि छाडे अचेल
दमाहा र ट्याम्कोहरु कल्ले कता फाडे अचेल!

हाम्रो भाषा साहित्य र पन्चै बाजा जिर्ण भए
पश्चिमीको सिको गर्दे बेन्ड बाजा साँडे अचेल!

नेपालीलाई पच्नै छाड्यो सारङ्गीका धुनहरु
झ्याली,सनही,मुरचुङ्गा र लोक गित कांडे अचेल!


सानो बच्चा ड्याडी भन्छ कुरा गर्छ गड्याङ गुडुङ्ग
आमा शब्द हराएछ बाबा भन्नै छाडे अचेल!

हेर कस्तो कपाल उन्को केटा हो कि केटी हो त्यो
केटीहरु पाईन्ट लाउछन साडी ब्याउज गाडे अचेल!

लछ्मीप्रशाद अमरसिंह सम्झी राख्नु पर्छ हाम्ले
दुख्ला, बिझ्ला बिझेपनि सानो शन्देश बाँडे अचेल!

यो गजल फेसबुकमा पढ्नका लागि यहाँ क्लिक गर्नुहोला ।