2010-10-05

अव्यक्त प्रेम


अव्यक्त प्रेम – सम्झना श्रेष्ठ
आम्पीपल-८ , गोर्खा 
कहाँ कहाँ खोजुँ तिमीलाई फोटो बोकी हिडें
बगैचाका फूलहरूलाई तिमी छौ कि सोधें
लजाएर फूलले भन्यो पिरतीको कथा
साटा साट घन्टौं गर्यौ मनका सारा ब्याथा
बेरिदेऊन अंगालोमा आउन मेरी प्यारी
डर लाग्छ टाढा हुँदा यो मन हुन्छ भारी
समीपमा तिम्रो काखमा घन्टौं निदाउँदा
जतनले बोलाउथ्यौ छेउमा कोही आउँदा

कहिले भेटौं कहाँ भेटौं यो मनले भन्छ
सात समुद्र पौडिएर तिम्लाई चुम्ने मन छ
तिमी नै पो आउँदैछौ कि चन्द्रमालाई सोधें
चाँदनीको रोशनीमा तिम्रो रूप खोजें

हरेक साँझ जून बनी तिम्रो वरिपरि
छाइदिऊँ छाइदिऊँ लाग्यो
याद आउँदा अतीतको
तिमीसँगै आइदिऊँ आइदिऊँ लाग्यो.
पहिलो भेटमा तिमी भित्रै डुब्न मन लाग्यो
एक आपसका नजरहरू साटा साट भयो ।

दिनहरू त्यसै बित्दा तिमी रात याद आयो
तिम्रो कल्पनामा सिरानी भाग्येमानी भयो
सपनीमा नै आखेचार भयो अनि तिमीसंग
आपसमा पलभर गजबको कुराकानी भयो

सकिन सायद मैले तिम्रो प्रेम भाव पढ्न
न त सके हृदयको चाहलाई बुझ्न
कति खोजे मनभित्र मुटुमा पो छौ कि
तर पनि सकिन नि ढुकढुकीलाई जान्न
किन होला गार्हो पर्यो तिम्लाइ आफ्नो मान्न

तिम्रो सामु मनको गांठो खोल्न पो नसकेको,
माया गर्छु नि तिमीलाई भन्न पो नसकेको
गजल फुर्छ, शायर फुर्छ, डुल्छ मन चञ्चल,
कुरा बुझ्न लाटी मात्र उड्न पो नसकेको

माया गर्छु नि तिमीलाई भन्न पो नसकेको
दास मेरा यात्रामा साथ दिन्छु भन्छौ तिमी
सँगै जिउने सँगै मर्ने कसम खान्छौ तिमी
मत सधैं बिचलित छु, मेरो बिगत सँग
पिर सबै भुलाई तिमी पर किन लान्छौ
आम्पीपल-८ , गोर्खा

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।