2010-09-19

व्यथा - कृष्णचन्द्र घिमिरे (निष्पाप)


व्यथा
-कृष्णचन्द्र घिमिरे (निष्पाप)
दुख्नु सम्म दुख्यो मुटु अझै सहन सम्छु
आफ्नै आत्मा जलाई जलाई अझै वाँच्न सक्छु
तिमै निम्ती भत्कीए तिमै निम्ती मरे
कयैं रात रुदै काँटे अझै अझै हाँस्न सक्छु
आफ्नै आत्मा जलाई जलाई अझै वाँच्न सक्छु



सगै हाँस्दा फुल फुल्यो रुदा हिमाल रुन्थ्यो
जिउँदो लाश भए पनि अझै हिड्न सक्छु
आफ्नै आत्मा जलाई जलाई अझै वाँच्न सक्छु
झझल्को बाडुलीले झस्की हिडे पनि
मृत्यु कुर्दै आर्य घाटमा अझै बस्न सक्छु
आफ्नै आत्मा जलाई जलाई अझै वाँच्न सक्छु
तिम्रो मुहार हेरी मर्ने मेरो अन्तिमर् इच्छा
कालो रातको आँध्यारो मै प्राण त्याग्न सक्छु
आफ्नै आत्मा जलाई जलाई अझै वाँच्न सक्छु
खरानी मै भए पनि फुल चढाउ विदाईको
अतितको माया प्रिती युगौ साच्न सक्छु
आफ्नै आत्मा जलाई जलाई अझै वाँच्न सक्छु



कृष्णचन्द्र घिमिरे (निष्पाप)