2010-09-26

मेरो मन

- फुलमाया, हाल अमेरिका
मलाई जीन्दगीको उकालो काट्न
आफ्नै नेपालीहरु सँग बस्दै खेल्दै
पिर मर्का अनी खुशी बाड्न मन  ।
भुटेको मकैसंगै टन्न मोही खोज्ने यो मन
फापरको रोटी र नुन खुर्सानी खाने मन्न छ 
फर्केर अतीत केलाउँदा
एक पटक फेरि बाल्य काल सम्झन म 
सानो छँदा, त्यो सल्लोको रूखमा

खोपेर आफ्नो नाम लेखेको,
भन्ज्याङ अनी दोवाटोमा
हाते साङ्लो बनाउँदै संगीहरूसंग
मूलको पानी पातमा थापेर पिउन म ।

गुराँसे डाँडाको गुराँस चुम्न खोज्ने मेरो मन
एँसेलु र चुत्रो टिपी खाने मेरो मन
आफ्नै नेपालीहरु सँग बस्दै खेल्दै
मलाई जीन्दगीको उकालो काट्न
आफ्नै नेपालीहरु सँग बस्दै खेल्दै
पिर मर्का अनी खुशी बाड्न मन  
मलाई जीन्दगीको उकालो काट्न छ ।
- फुलमाया, हाल अमेरिका

2 comments:

  1. mero pani yestai mann chha.....kabita mann paryo...

    ReplyDelete
  2. Dherai ramro lago ? dami chha kabita malae pani kabi bann man lago



    Tika

    ReplyDelete


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।