2010-09-19

विवशता - सम्झना श्रेष्ठ, काठमाण्डु

विवशता
सम्झना श्रेष्ठ, आम्पीपल-८ , गोर्खा
फुलमाथी नपरे हुन्थयो असिनाका चोटहरु
नआईदिए हुन्थ्यो लागछ अध्याँरा ती रातहरु ।

हाँस्ने खेल्ने उमेर त्यो कसले किन खोस्यो
हाँस्दै जाँदा खस्न पुगे उनका ताता आँशुहरु ।

सौर्न्दर्य गहनाहरु उनकै लागि शत्रु भए
नआईदिए हुन्थ्यो लागछ अध्याँरा ती रातहरु ।


बेहोसी मै कराउँदै थिईन काट्दा सग्ला अंगहरु
नआईदिए हुन्थ्यो लागछ अध्याँरा ती रातहरु ।


पिउनु सम्म पिए उनको खुन एकै पलमा
भन्दै थिईन बचाई दिनुस लुटिएका फुलहरु ।

आँखा चिम्लयो समाजले उनकोर् इज्जत लुट्दा
नआईदिए हुन्थ्यो लागछ अध्याँरा ती रातहरु ।

लिलामी भो र्व्यर्थ उनका जीवनीका आशाहरु
नआईदिए हुन्थ्यो लागछ अध्याँरा ती रातहरु ।

बेहोसी मै भन्दै थिइन मलाई छिटो मार
तप्प तप्त खस्दै थिए रगतका छिटाहरु ।
नआईदिए हुन्थ्यो लागछ अध्याँरा ती रातहरु ।
सम्झना श्रेष्ठ, आम्पीपल-८ , गोर्खा