2010-09-17

उपहार - सम्झना श्रेष्ठ, काठमाण्डु

उपहार

रुने हाँस्ने मेरो लागि कोही छैनन भने हुन्छ
झुक्याएर विष दिई बरु मलाई मारे हुन्छ ।

समयलाई दोष दिन्न भाग्य मेरै खोटी रहेछ
कुहिइएको सिनो सम्झी नाक थुनी हिडे हुन्छ ।

झुक्याएर विष दिई बरु मलाई मारे हुन्छ
सगै दुइटा मुटु थिए एउटा फुटि सक्यो ।





तिमै नाममा मरिसके लाश खोज्न हिँडे हुन्छ
झुक्याएर विष दिई बरु मलाई मारे हुन्छ ।

दुःख पिडा आँशुका ती दिन सबै विताईसके
चुरा धागो सिन्दुर पोते आगो लगाई फाले हुन्छ ।

झुक्याएर विष दिई बरु मलाई मारे हुन्छ
सपना सम्झी विष दिनु माया प्रेमको हाम्रो कथा ।

जलि रहेछ मेरो चिता आगो ताप्न आए हुन्छ
झुक्याएर विष दिई बरु मलाई मारे हुन्छ ।

हिराको हार र मर्सिडिज सकिन है दिन
मेरो मृत्यस तिम्रो लागि उपहार ठाने हुन्छ ।
-सम्झना श्रेष्ठ, काठमाण्डु