2010-08-31

हाँसो


निस्तब्ध अध्यारोमा  आज मान्छे
उज्यालोको कल्पना नै गर्दैन
स्खलित भावनाका
अस्थिर खोटहरूले
ाक्त वैंशहरू
विकृत र विश



फक्रीएका विशालु काँडाहरू
अस्तीत्व विहिन उदारताहरू
पराजित दुःखको भोगाइमा
हावाको शीतल सर्सराहटले
त्यसै त्यसै भत्किन्छ जीवन
खहरे खोला जस्तै
क्षणिकको भावावेषमा
उत्रन नखोज्दा पनि
लमतन्न परेर रूखो हाँसो हाँस्छ मान्छे ।
लथालिंग भावनामा
अभावको हाँसो हाँस्छ मान्छे ।।।
अस्तु.....................
विष्णु प्याकुरेल, उदयपुर
२०५६-११-१८