2010-02-21

गजल - अविरल अधिकारी चितवन


गजल
गरीबको आत्मा बुझी बोल्ने कोही छैन!
महङ्गीले गगन चुम्दा रोक्ने कोही छैन!! 

कानून भन्दा माथि पुगे राजनीतिका नेता 
तिनी उपर कडादण्ड तोक्ने कोही छैन!! 
महङ्गीले गगन चुम्दा रोक्ने कोही छैन!! 

जुनै जोगी आएपनी कुर्सीकै छ मोह 
देशभक्तीको भावना नै बोक्ने कोही छैन !!
महङ्गीले गगन चुम्दा रोक्ने कोही छैन!! 

राजनीतिको म्याराथुनमा थाके बुढा गुरु 
युवा लागे देशबन्छ जोत्ने कोही छैन!! 
महङ्गीले गगन चुम्दा रोक्ने कोही छैन!! 

"
अविरल" जागौ हामी होस्टेहैसे गर्न 
संबिधानको नयाँ भित्तो पोत्ने कोही छैन!! 
महङ्गीले गगन चुम्दा रोक्ने कोही छैन!! 

-अविरल अधिकारी चितवन

1 comment:


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।