2010-02-21

दिगो विकास र फेयर ट्रेड


उत्पादक बजार र उपभोक्ता मिलेर बजार प्रणाली चलेको हुन्छ । यी तीनै सदस्यको दिगो विकासबिना दिगो बजार प्रणालीको कल्पना गर्न सकिँदैन । लामो समयदेखि हामीले अखबारमा पढ्दै आएका छौं कहिले किसानका दूधले मूल्य पाएनन् कहिले किसानका अदुवा कुहिए कहिले किसानका तरकारीले मूल्य पाएन आदि । अन्तर्राष्ट्रिय बजारको कुरा गर्दा नेपालका गलैंचाले बजार पाएन नेपाली गार्मेन्टको निकासी घट्यो पस्मिनाको बजार डामाडोल भयो । यी घटनाले अवश्य पनि दिगो उत्पादन प्रणाली एवं दिगो विकास प्रणालीलाई टेवा दिँदैन । यी समस्या नेपालका मात्र निजी समस्या होइनन् यी समस्याले विश्वबजार विशेष गरी युरोप पहिले नै आव्रुन्त थियो । यही पृष्ठभूमिमा फियर ट्रेडुको जन्म भएको थियो । विशेषगरी गरिब किसान जसलाई आफ्नो उत्पादन लागत थाहा हुँदैन परल मूल्यभन्दा धेरै कममा उनीहरु उत्पादन बेच्न बाध्य छन् यदि हामीले बजार व्यवस्थापन गर्न सकेनौं भने वैज्ञानिक हिसाबले दिगो विकास सम्बन्ध छैन ।
उत्पादकको यो समस्या हल गर्न सकेनौं भने उपभोक्ता एवं बजार यसबाट प्रताडित हुनुपर्ने अवश्य छ । उत्पादककॊ यो समस्या समाधान
गर्ने पूरा जिम्मेवारी उपभोक्ता एवं बजारको हो । फियर ट्रेड जसले सकेसम्म कम दूरीमा उत्पादक र उपभोक्ताको मिलन गराउँछ । इलामको अदुवा कुहिनुमा बजार नभएर होइन बजार प्रणाली ठीक नभएर हो धान उत्पादन महिनामा धानको मूल्य अत्यधिक घट्ने अनि बाँकी महिनामा अत्यधिक बढ्ने उत्पादकमाथि गरिएको बेइमानी हो । यसले कदापि दिगो उत्पादन प्रणालीलाई टेवा दिँदैन एवं किसान कहिले पनि धान बेचेर धनी बन्ने सपना देख्न सक्दैन यसकारण किसान र बजारबीच मूल्यको विषयमा सहमति हुन जरुरी छ । किसानले अदुवा रोप्नुपहिले बजार खोज्नु जरुरी छ । यो तरिका युरोप अमेरिकामा पहिलेदेखि नै फियर ट्रेडको नाममा परिचित छ ।
गरिब किसानले धान बेचेर आएको पैसा केमा खर्च गर्ने भन्ने उचित ज्ञान नहुन सक्छ यसका लागि उसलाई व्यापक चेतना जगाउनु जरुरी छ जुन कुरा फियर ट्रेडको संरचनाले गरेको छ । फियर ट्रेडको अर्को विशेषता भनेको उत्पादक खुद्रा संकलक थोक संकलक थोक  खुद्रा विव्रुता अनि उपभोक्ताको लामो बजार प्रणालीलाई सकेसम्म छोटो गर्ने हो । मानिलिऊँ लिडल युरोपको सबैभन्दा ठूलो सुपर मार्केट हो यसको करिब युरोपभरि ४० हजार शोरुम छ भने इलामको फियर ट्रेड सहकारीले सो लिडलसँग सहमति गरेर आगामी वर्ष कति अदुवा उत्पादन गर्ने र कति मूल्य पाउने भन्ने निश्चित गरेर खेती गर्न सुरु गर्छ । यदि यसरी सो´ उत्पादकले उपभोक्तासम्म पुर्यायो भने अवश्य उसले बढी मुनाफा पाउन सक्छ र युरोपका उपभोक्ताले पनि अवश्य सस्तोमा अदुवा खान पाउँछन् । यो एउटा उदाहरण हो सबै उत्पादनमा यस्तो नै गर्न सकिन्छ । ठूलो सुपर मार्केटको विकास नभएको नेपालको बजारमा पनि सरकारले कुनै अन्य संयन्त्रमार्फत फियर ट्रेडको आफ्नै प्रणाली विकास गर्न सकिन्छ ।
फियर ट्रेडको विकास कफी उत्पादनबाट सुरु भएको हो । विश्वमा यसको ठूलो बजार छ । कफी उत्पादनमा एकदम धेरै जनशक्तिको आवश्यक पर्छ । यसको उत्पादन स्थानीय साना किसानले गर्ने गर्छन् तर अन्तर्राष्ट्रिय व्यापारिक प्रतिस्पर्धाले गर्दा किसानले परल मूल्यभन्दा पनि कम मूल्यमा बेच्नुपर्ने अवस्था आयो । जसले गर्दा किसानहरु कफी उत्पादनबाट निराश भई कफी उत्पादन छोडेर वैकल्पिक खेतीमा लाग्न थाले । यसले गर्दा सन् ९० को सुरुमा ८० अमेरिकन सेन्टबाट ९० को बीचमा २।८ डलर प्रतिपाउन्डमा कफीको कारोबार भयो । किसानहरु एकैचोटि कफी खेतीमा आकर्षित हुन पगे । फेरि २००१ मा विश्वमा कफीको मूल्य एकदम घट्न पुग्यो र ४५ अमेरिकन सेन्टमा कारोबार भयो । अर्कातर्फ भियतनामको कफीखेतीमा अन्तर्राष्ट्रिय मुद्राकोषको सहयोगमा सरकारले अनुदान प्रदान गरेको थियो जुन कफी पेरु तथा मध्यअमेरिकाको कफीको तुलनामा कमजोर गुणस्तरको मानिन्छ । यसले गर्दा कम गुणस्तरको कफी बजारमा हाबी भयो उच्च गुणस्तरको कफीले बजार पाएन र विस्थापित भयो । जसले गर्दा कैयौं राष्ट्रको अर्थतन्त्र धराशायी भयो र भोकमरीको अवस्थासमेत सिर्जना भया ।
यो किसिमको बजार विशेषतालाई ध्यान दिएर नै फियर ट्रेडको विकास भयो अहिले धेरै उत्पादनमा फियर ट्रेडको अवधारणा आएको छ जसको उद्देश्य दिगो उत्पादन बजार सहजीकरण र गरिबी निवारण नै हो । फियर ट्रेडको चर्चा गर्दा यसका विशेषताबारे थाहा पाउन आवश्यक हुन्छ । फियर ट्रेडसंरचनाअन्तर्गत उत्पादन गरेको कफी बजारमा तहगत फाइदाको प्रणाली विकास गरिएको छ जसमा उत्पादक सहकारीहरुले न्यूनतम प्रतिपाउन्ड १ सय २५ अमेरिकन सेन्ट पाउँछन् भने फियर ट्रेडका लोगो लागेका जैविक अर्गानिक कफीले थप २० अमेरिकन सेन्ट पाउँछन् । यस्तै यो लोगो लागेका कफीमा थप १० अमेरिकन सेन्ट लिइन्छ र त्यो रकम छुट्टै संकलन गरेर कफी उत्पादक समुदायको सामाजिक आर्थिक विकासमा लगानी गरिन्छ ।
तर यो सुविधा सबैले भने पाउँदैनन् ।
फियर ट्रेड लोगो तल्लो तप्काका किसानहरुलाई मात्र दिइन्छ ठूला कृषि फारम साचालन गर्नेहरुले यो सुविधा प्राप्त गर्न सक्दैनन् । उक्त समुदायले प्रजातान्त्रिक हिसाबबाट हरेक निर्णय गरिएको हुनुपर्ने व्यवस्था गरिएको हुन्छ भने ६० प्रतिशतसम्मको रकम किसानहरुलाई पहिले नै उत्पादन खर्चबापत दिइन्छ । यी भए कफी उत्पादक र उपभोक्ताबीच भएको सहमति जसले गर्दा दिगो उत्पादनमा सहयोग पुग्छ । यदि यो व्यवस्था बुटवलका गोलभेडा उत्पादन गर्ने किसानमा लागू गर्ने हो भने उनीहरुले ४ रुपैयाँमा गोलभेडा फलाएर १ रुपैयाँमा बेच्न नपर्ला यो व्यवस्था लागू गर्ने भने इलामका अदुवाले कुहिएर जार्ने दिन न आउला । यो किसिमको सहमति कार्पेट गलैंचा गार्मेन्ट पस्मिना आदिमा नेपालका व्यापारिक साझेदार देशसँग गर्न सकियो भने अवश्य पनि दिगो उत्पादन र राष्ट्रिय अर्थतन्त्र जोगाउन सकिन्छ ।
नेपालमा लागू गर्ने नमुना
नेपालको स्थानीय बजारमा फियर ट्रेड विभिन्न तरिकाबाट लागू गर्न सकिन्छ जसका लागि दिगो उत्पादन र किसानको हितलाई केन्द्रमा राख्न सकिन्छ । यसका लागि न्यूनतम पूर्वा्रधार भनेको बजारको अध्ययन आफूसँग उत्पादन भएको वस्तुलाई विदेशबाट आयात गर्न रोक उपभोक्ता जनचेतना सहकारीकरण सशक्तीकरण आदि नै हुन् साथै हामीसँग त्यससम्बन्धी केही मौलिकपन छन् जस्तो त्रिशूलीको बास्मती चामलको आफ्नै बजार छ । वास्तवमा नेपालमा कृषि सहकारीहरुमार्फत फियर ट्रेडको अवधारणालाई मूर्तरुप दिन सकिन्छ ।
नेपाली किसानको सबैभन्दा ठूलो समस्या भनेको अवैध रुपमा आयात हुने भारतीय उत्पादन नै हो उदाहरणका लागि केही वर्षअघि माटोसराबर धानको मोल झरेको खबर आएको थियो । अहिले पनि नेपालका सीमावर्ती क्षेत्रमा भारतीय उत्पादनले नेपाली किसानलाई ठूलो नोक्सानीमा पारिरहेको अवस्था छ । आन्तरिक उत्पादनलाई संरक्षणको नीति सरकारले बनाउन सकेको छैन । नेपालका आफ्ना विशेषता भएका उत्पादनको पहिचान नै गरिएको छैन यस्ता समस्याको समाधानका लागि फियर ट्रेड संरचना उपयुक्त माध्यम हुनसक्छ ।
अर्को कुरा भनेको उपभोक्तको मनोविज्ञानको पहिचान पनि हो । मेरा एक जना जर्मन प्राध्यापक सुपर मार्केटमा भेटिन्छन् २ डलरमा पाइने मसाला छोडेर ४ डलरको मसाला किन्छन् र भन्छन्- यसमा दिगो उत्पादनको प्रतिज्ञा गरिएको छ । १।४५ डलर प्रतिलिटरमा आउने साबुन छोडेर ७ डलरको साबन किन्छन् उनी अनि भन्छन्- यो बायो डिग्रादेबलु हो । धेरै अघि सुनेकी थिएँ नेपाली गलैंचाले बालश्रम प्रयोग गरेकाले जर्मनीमा आफ्नो बजार गुमायो जर्मन प्राध्यापक त्यसैका एक प्रतिनिधि पात्र हुन् । वास्तवमा युरोपका उपभोक्ता उत्पादन प्रणालीप्रति सजग छन् र यो किसिमको उपभोक्ताको मनोविज्ञान हामीले बुझेनां र आफ्नो हिसाबले उत्पादन गर्न सकेनौं भने नेपाली सामानले विदेशी बजार पाउना सक्दैन र नेपाली उत्पादकले फाइदा पनि लिन सक्दैन ।
लेखिका - सुजाता कोइराला (कोइराला अमेरिकाको फ्लोरिडा स्टेट युनिभसर्िटीमा स्नातकोत्तर अध्ययनरत छिन् ।)